Skip to main content

Posts

Showing posts from May 9, 2025

रम्भा गाउँपालिका–५ ताहुमा तीन दिने अख्खालिपी प्रशिक्षण

  संजय सिञ्जाली मगर पाल्पा जिल्लाको रम्भा गाउँपालिका–५ ताहुमा २१, २२ र २३ गते मगर भाषा अख्खालिपी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। रम्भा गाउँपालिकाको आर्थिक सहयोगमा मगरात जोङ संस्थाद्वारा आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रममा मगर भाषा तथा लिपिको प्रयोग र संरक्षणबारे प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रमको समापनपछि मगर ढुट भाषा सिकाइसम्बन्धी अन्तरक्रिया पनि आयोजित गरिएको थियो। अन्तरक्रियाका क्रममा वक्ताहरूले मगर समुदायको संस्कार, संस्कृति र परम्परा जोगाउनुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूले मगर जनसंख्या उल्लेखनीय भए तापनि सामुदायिक चेतना कमजोर रहेको टिप्पणी गरे। गाउँपालिका उपाध्यक्ष राधा कुमारी श्रेष्ठले मगर भाषा संरक्षण आवश्यक रहेको उल्लेख गर्दै विद्यालयहरूमा मगर भाषाको पाठ्यक्रम पुर्‍याउने र भाषा सिकाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, मगरात जोङ संस्थाका अध्यक्षले मगर समुदाय व्यक्तिगत स्वार्थमा लागेको र समष्टिगत हितप्रति बेवास्ता गरेको आरोप लगाउँदै, अब राजनीतिक दलको पछाडि नलागी आफ्नो भाषा, संस्कार र संस्कृति जोगाउन जुट्नुपर्ने विचार राख्नुभयो...