Skip to main content

Posts

Showing posts from May 31, 2025

कविता : दिलसरा ( Call of Love )

सन्जय सिंजाली मगर ए दिलसरा, कता हो बाटो–बाटो ? भेना यता छ, तिमी उता, आउ न, गफ गरौँ पिरटीको । दिलसरा मुसुक्क हाँस्छे, भुतुक्क हुँदै पछौरीले मुख छोप्छे, लट्पटिँदै भेनाको छायाँमा आउँछे "छि ! यो भेना त, कति जानेको गम्न !" "हौ झोर्लाङ साली, भेना त अलिअलि जिस्केको पो त ! साली देखेपछि त मन नै च्याटच्याट हुन्छ । यो कुरकुर बैँसा त्यसै जाने भो, के र सालीज्यू ? मन गम्छ भने - आउ है !" "जान्न हो जान्न, भेना - म त डाक्टर बनेर मात्रै जान्छु !" "हैन नि साली, डाक्टर बनेर के गर्छेस् ? तँलाई त चिया पाउरोटी बेचेरै धाउँ दिन्छ !" "भेना, म त डाक्टर बन्ने हो फुपूको बुढेसकालको साहारा पो त !" भेना खित्का हाँस्दै भन्छ "कति जाँटी छ मेरी साली ! अर्को साल तँलाई लिन आम्छु है, छिट्टै !" पर्खि बस् ।