- सन्जय सिन्जाली मगर नेपालको राजनीतिक इतिहासमा जब जब परिवर्तनका छालहरू उठे, मगर समुदाय सधैं अग्रपंक्तिमा थियो राणा शासनको अन्त्य, प्रजातान्त्रिक आन्दोलन, दश वर्षे सशस्त्र द्वन्द्व वा गणतन्त्र स्थापनासम्मका प्रत्येक मोडमा उनको भूमिका उल्लेखनीय रह्यो; तर ती योगदानका बाबजुद पनि मगरहरू राजनीतिक रूपमा आजसम्म एकजुट हुन नसक्नु विडम्बनापूर्ण तथ्य हो, जसको मूल कारण राजनीतिक बिखण्डन, साझा दृष्टिकोणको अभाव र नेतृत्वको दिशाहीनता हो, विभिन्न दलमा मगर नेताहरू भए पनि उनीहरू पार्टी सीमाभन्दा माथि उठेर समुदायको साझा हितका मुद्दा उठाउन असमर्थ छन्, जसका कारण भाषा, संस्कृति, शिक्षा, रोजगारी र प्रतिनिधित्वजस्ता मौलिक सवालहरू निरन्तर ओझेलमा परिरहेका छन्। हजारौं मगर युवायुवती आज वैदेशिक रोजगारमा पलायन हुनुको कारण केवल आर्थिक हैन, स्वदेशमा सम्भावनाको संरचना नहुनु र राजनीतिक प्रतिनिधित्वको असक्षमता पनि हो। जबसम्म नीति निर्माण तहमा समुदायको आवाज पुग्दैन, तबसम्म राज्यका कार्यक्रम र योजनामा उनीहरूको सहभागिता सुनिश्चित हुँदैन। थारू समुदायले राजनीतिक एकता प्रदर्शन गर्दै संविधानमा ‘थारुहट प्रदेश’को मागसहि...
Ink Nepal empowers underprivileged communities by helping them share their stories and experiences through media. We prioritize ethical storytelling, ensuring that their voices are heard authentically and respectfully. Our goal is to foster understanding and connection, amplifying narratives that might otherwise go unnoticed.