Skip to main content

Posts

Showing posts from November 9, 2024

कविता : मुकुम्लुङको शिर झुक्दा निःशब्द छु

- लाङ्घाली लाफा ( सन्जय ) म मौन छु, निःशब्द बनेर, मुकुम्लुङको शिर झुकाउँदै, तिम्रा स्मृतिहरू सँगाल्दै, मनको कुना-चौतारा समेट्दै। अतितका ती गन्धहरूले भरिएको, यही मौन, तिम्रो प्रतीक्षामा छ, नयाँ सपनाहरू बोक्दै, नवीन आशाका उज्यालाहरू खोज्दै। सम्झनाको धुवाँलो बिचमा, हिँडिरहेछु तिम्रा पाइला खोज्दै, भाषाहीन प्रेमको स्वर बनेर, सुनाइरहेछु मौनतामा गीतहरू। म मौन छु आज, तर शब्दहरू बहिरहेछन् मबाट, मुकुम्लुङको शिर झुक्दा, तिम्रो माया सँगै, मेरो अस्तित्व हराउँदै। मलाई बचाउँ ! मेरा अस्तित्वहरु बचाउँ, नत्र म हराएर जाने छु ।

कविता : टुटेको दिल

-सन्जय सिंजाली मगर खोजेर कहाँ ल्याउँ हराएको माया बिगतका अथाह प्रसाब कहाँ समेटु  प्रिय, तिमी ढड्किने मुटुको डिलमा फेरी अडिन आउँनु त्यो घायल मुटलाई पुनारंगमन गर्नु छ । तिमी नै थियौ मेरो उज्यालो बिहानी, तर आज छायामा डुबेको छु म भुल्न खोज्छु झन् पूराना याद तर भावनाले सकिन । सपना पनि अब त केवल दु:खका साक्षी भए, टुटेको यो दिल कहिले जुड्ला, थाहा छैन् ।

कविता : चखेवाको प्रेम

 -सन्जय सिंजाली मगर चखेवाको प्रेममा न छ दूरी न त छ कुनै डर, सानो तालमा डुबेर रम्ने, जस्तो आशक्ति, त्यस्तै असर। चाखेरको जोडी सधैँ संगै, बिस्तारै भेटी हेराउँछन् नजर, संसारले देखोस् नदेखोस्, सिर्जिन्छ उनीहरूकै नयाँ सफर।

कविता : बैगुनीको माया

-सन्जय सिंजाली मगर बैगुनीको माया, तीता मिठा याद , बिर्सन खोज्दा पनि, आउँछ त्यो मोरीको झझल्को , मनको कुनामा अझै बाँकी छ ती पुराना सम्झनाको झरीमा निथ्रुक्क रुझेको । थाहा थियो, उसको माया बैगुनी थियो, तर कति सपनाहरु, उसैसँगै हरायो, सम्झनाको डोरीले तानिरहन्छ, अल्झिएको यो मन, उसैको बाटो खोजिरहन्छ।