-संजय सिन्जाली मगर नेपालका आदिवासी जनजातिहरूमध्ये मगर समुदाय ऐतिहासिक, भाषिक, सांस्कृतिक र धार्मिक दृष्टिले विशिष्ट पहिचान बोकेको समूह हो। आफ्नै खाम ( शामानिक ) धर्म, प्रकृति र पूर्वजपूजामा आधारित जीवनशैली, मौलिक संस्कार, लोपोन्मुख भाषा, लिपि र परम्परागत ज्ञान बोकेको यो समुदायलाई पछिल्ला केही वर्षदेखि जबर्जस्ती बौद्ध धर्ममा सीमित गर्न खोजिने चलन देखा परेको छ। मगर धर्म भनेकै बौद्ध हो भन्ने एकपक्षीय र तथ्यविहीन दावीहरू विभिन्न संघ–संस्था, सामाजिक सञ्जाल, राजनीतिक अभिव्यक्तिहरू हुँदै आम जनमानसमा विस्तार गर्न खोजिँदैछ। यो प्रवृत्तिले मगर समुदायको मौलिक धार्मिक सांस्कृतिक संरचनामाथि गम्भीर हस्तक्षेप गर्दै आएको छ, जसले दीर्घकालमा सांस्कृतिक पहिचानको संकट निम्त्याउन सक्ने देखिन्छ। इतिहासको पुनर्लेखन होइन, यथार्थको सम्मान गरौं : मगरहरूको धार्मिक जीवनशैली प्राचीन कालदेखि नै कुनै संस्थागत धर्मको अनुकरणमा आधारित नभई प्रकृति, पुर्खा र आत्मिक विश्वाससँग सम्बन्धित स्वतन्त्र प्रणालीमा विकसित भएको हो। देवीदेवता, कुलपूजा, साम्दो, भुतपुर्वज, देउराली, ल्हो पद्धति, खाम र सामी संस्कारहरू मगर समुदायका आफ्नै...
- सन्जय सिन्जाली मगर नेपालको राजनीतिक इतिहासमा जब जब परिवर्तनका छालहरू उठे, मगर समुदाय सधैं अग्रपंक्तिमा थियो राणा शासनको अन्त्य, प्रजातान्त्रिक आन्दोलन, दश वर्षे सशस्त्र द्वन्द्व वा गणतन्त्र स्थापनासम्मका प्रत्येक मोडमा उनको भूमिका उल्लेखनीय रह्यो; तर ती योगदानका बाबजुद पनि मगरहरू राजनीतिक रूपमा आजसम्म एकजुट हुन नसक्नु विडम्बनापूर्ण तथ्य हो, जसको मूल कारण राजनीतिक बिखण्डन, साझा दृष्टिकोणको अभाव र नेतृत्वको दिशाहीनता हो, विभिन्न दलमा मगर नेताहरू भए पनि उनीहरू पार्टी सीमाभन्दा माथि उठेर समुदायको साझा हितका मुद्दा उठाउन असमर्थ छन्, जसका कारण भाषा, संस्कृति, शिक्षा, रोजगारी र प्रतिनिधित्वजस्ता मौलिक सवालहरू निरन्तर ओझेलमा परिरहेका छन्। हजारौं मगर युवायुवती आज वैदेशिक रोजगारमा पलायन हुनुको कारण केवल आर्थिक हैन, स्वदेशमा सम्भावनाको संरचना नहुनु र राजनीतिक प्रतिनिधित्वको असक्षमता पनि हो। जबसम्म नीति निर्माण तहमा समुदायको आवाज पुग्दैन, तबसम्म राज्यका कार्यक्रम र योजनामा उनीहरूको सहभागिता सुनिश्चित हुँदैन। थारू समुदायले राजनीतिक एकता प्रदर्शन गर्दै संविधानमा ‘थारुहट प्रदेश’को मागसहि...