Skip to main content

ऐतिहासिक राष्ट्रिय दलित गोलमेच सम्मेलन, समावेशीताको खोजी र धार्मिक विद्रोहको चेतना

सन्जय सिंजाली मगर
काठमाण्डौं - नेपालको समावेशी लोकतन्त्र, संघीयता र सामाजिक न्यायको अभ्यासको वास्तविक परीक्षण दलित समुदायको जीवनस्तरमा आएको परिवर्तनबाट मात्र सम्भव हुन्छ । यही यथार्थलाई आत्मसात् गर्दै आयोजित ऐतिहासिक राष्ट्रिय दलित गोलमेच सम्मेलनको मूल उद्देश्य भनेको राज्यसत्ता, समाज र नीति निर्माण प्रक्रियामा दलित समुदायको दिगो, समान र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै जातीय विभेद, सामाजिक बहिष्कार र शोषणको अन्त्य गर्ने स्पष्ट खाका तयार गर्नु हो । सम्मेलनले दलित समुदायले भोगिरहेको ऐतिहासिक उत्पीडन, अवसरबाट बहिष्कार र गरिबीको चक्रव्यूहको औपचारिक पहिचान गर्दै संवैधानिक, कानुनी र नीतिगत संरचनामा दलितको अधिकार आधारित उपस्थिति सुनिश्चित गर्न रणनीतिक संवादको थालनी मात्र होइन, सामाजिक न्यायप्रति राज्यको नैतिक उत्तरदायित्वसमेत जगाउने प्रयास गरेको छ । राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम र सरोकारवाला पक्षबीच ऐक्यबद्धता र साझा कार्यदिशा तय गर्दै दलित समुदायका माग, सपना र संकल्पलाई समग्र राष्ट्रिय एजेन्डाको केन्द्रमा स्थापित गर्ने यो सम्मेलन बौद्धिक, राजनीतिक र नैतिक प्रयासको प्रतीक हो । साथै, सम्मेलनले दलित सवाललाई दया वा चन्दाको होइन, अधिकार, आत्मसम्मान र अवसरको प्रश्नका रूपमा प्रस्तुत गर्दै सामाजिक रूपान्तरणको चेतनात्मक अभियानको थालनी गरेको छ । यसले नेपालको लोकतन्त्र, संघीयता र समावेशीताको परीक्षण दलित समुदायको जीवनस्तरमा आएको परिवर्तनबाट मात्र सम्भव हुने गम्भीर सन्देश दिएको छ ।

दलित समुदायले राजनीतिक सत्तामा पुग्नका लागि सबैभन्दा पहिले सामाजिक चेतनाको नयाँ उचाइमा पुग्न आवश्यक छ, जसले आत्मसम्मान, अधिकारबोध र समावेशी राजनीतिप्रतिको सशक्त दृष्टिकोण विकास गर्छ। लामो समयदेखि दलितहरू मुलधारको राजनीतिमा केवल संख्यात्मक प्रयोगका रूपमा सीमित रहँदै आएका छन्, जसबाट मुक्ति पाउनका लागि तीन प्रमुख रूपान्तरणका बाटो अँगाल्न जरुरी छ । पहिलो, राजनीतिक संगठन र शक्ति निर्माण दोस्रो, वैचारिक स्पष्टता र नीतिगत अग्रता र तेस्रो, अन्तर्सामाजिक गठबन्धन। राजनीतिक संगठन भन्नाले छुट्टै दल खोल्नुभन्दा पनि दलित नेताहरू मूलधारको पार्टीभित्रै सशक्त भूमिका निर्वाह गरी नीति आधारित नेतृत्व निर्माण गर्नु हो । वैचारिक स्पष्टतासाथ दलित आन्दोलनलाई सामाजिक न्यायका नाराबाट अगाडि बढाउँदै आर्थिक स्रोत, शिक्षा, रोजगारी र भूमिमा आधारित व्यावहारिक कार्यक्रम ल्याउन जरुरी छ । अन्तर्सामाजिक गठबन्धनमार्फत अन्य उत्पीडित वर्गहरूसँग मिलेर साझा एजेन्डा तय गर्न सक्दा व्यापक राजनीतिक प्रभाव स्थापित गर्न सकिन्छ ।

यस सन्दर्भमा, हिन्दू वर्ण–व्यवस्थाबाट मुक्त भई बुद्ध धर्मको समता र करुणा आधारित मार्ग अँगाल्नु दलित समुदायको सामाजिक मुक्ति र आत्मसम्मानको मार्ग बन्न सक्छ । हिन्दू धर्मले शूद्र अर्थात् दलितलाई जन्मसिद्ध अपवित्र, सेवा गर्न मात्र योग्य र समाजको सीमान्तमा राखिने वर्गका रूपमा स्थापित गरेको छ । यसले आत्महीनता, परनिर्भरता र श्रमको अवमूल्यनलाई संस्थागत गरेको छ। बुद्ध धर्मले जन्म, जात वा कुल होइन, चेतना, करुणा र कर्मका आधारमा मानवीय मूल्य निर्धारण गर्छ। बुद्धको ‘न जातिं न गोत्रं’ भन्ने शिक्षाले जातिविहीन समाजको बाटो देखाउँछ । अतः दलित समुदायले आफ्नै भूगोल गाउँ, टोल, समुदाय बाट हिन्दू वर्ण संस्कारको बहिष्कार गर्दै बुद्ध धर्मको समता र स्वतन्त्रतामा आधारित जीवनदर्शन अँगाल्नु भनेको आत्ममुक्तिको दार्शनिक र व्यावहारिक क्रान्तिको थालनी हो । यो सोचलाई संगठनको विधानमा स्थापित गर्दै समुदायको आधारबाटै कार्यान्वयन गर्न सकियो भने, क्रान्तिका नाराहरू केवल नारामा सीमित नरही, व्यवहारिक जितका माध्यम बन्न सक्छन् ।

Comments

Popular posts from this blog

धर्म होइन पहिचान संकट हो: मगर बौद्ध बनाउने प्रयासको रोचक प्रपञ्च

-संजय सिन्जाली मगर नेपालका आदिवासी जनजातिहरूमध्ये मगर समुदाय ऐतिहासिक, भाषिक, सांस्कृतिक र धार्मिक दृष्टिले विशिष्ट पहिचान बोकेको समूह हो। आफ्नै खाम ( शामानिक ) धर्म, प्रकृति र पूर्वजपूजामा आधारित जीवनशैली, मौलिक संस्कार, लोपोन्मुख भाषा, लिपि र परम्परागत ज्ञान बोकेको यो समुदायलाई पछिल्ला केही वर्षदेखि जबर्जस्ती बौद्ध धर्ममा सीमित गर्न खोजिने चलन देखा परेको छ। मगर धर्म भनेकै बौद्ध हो भन्ने एकपक्षीय र तथ्यविहीन दावीहरू विभिन्न संघ–संस्था, सामाजिक सञ्जाल, राजनीतिक अभिव्यक्तिहरू हुँदै आम जनमानसमा विस्तार गर्न खोजिँदैछ। यो प्रवृत्तिले मगर समुदायको मौलिक धार्मिक सांस्कृतिक संरचनामाथि गम्भीर हस्तक्षेप गर्दै आएको छ, जसले दीर्घकालमा सांस्कृतिक पहिचानको संकट निम्त्याउन सक्ने देखिन्छ। इतिहासको पुनर्लेखन होइन, यथार्थको सम्मान गरौं : मगरहरूको धार्मिक जीवनशैली प्राचीन कालदेखि नै कुनै संस्थागत धर्मको अनुकरणमा आधारित नभई प्रकृति, पुर्खा र आत्मिक विश्वाससँग सम्बन्धित स्वतन्त्र प्रणालीमा विकसित भएको हो। देवीदेवता, कुलपूजा, साम्दो, भुतपुर्वज, देउराली, ल्हो पद्धति, खाम र सामी संस्कारहरू मगर समुदायका आफ्नै...

पुस्तक समिक्षा ' आयो गोर्खाली '

- सञ्जय सिञ्जली मगर  टिम गुरुङ लेखकद्वारा लिखित 'आयो गोर्खाली' नेपालबाट जन्मिएका प्रख्यात योद्धा गोर्खाहरूको इतिहास, विरासत र प्रभावबारे विस्तृत जानकारीमूलक पुस्तक हो । यस विस्तृत आख्यानको माध्यमबाट गुरुङले गोर्खा पहिचानको सामाजिक राजनीतिक, सांस्कृतिक र ऐतिहासिक आयामहरूको अन्वेषण गरेका छन् र विश्वव्यापी सैन्य बलहरूमा विशेष गरी ब्रिटिश र भारतीय सेनामा उनीहरूको अद्वितीय योगदानमा जोड दिएका छन्। यस पुस्तकमा व्यक्तिगत कथा, ऐतिहासिक विश्लेषण र आज गोर्खा हुनुको अर्थ के हो भन्ने प्रतिबिम्बप्रस्तुत गरिएको छ । - ऐतिहासिक सन्दर्भ र उत्पत्ति गोर्खाहरूले आफ्नो जड हिमालयको भूपरिवेष्टित देश नेपालमा फेला पारेका छन्, जुन आफ्नो दुर्गम भूभाग र समृद्ध संस्कृतिको लागि चिनिन्छ। "गोर्खा" शब्दको उत्पत्ति गोरखा राज्यसँग जोडिएको छ, जुन १८ औं शताब्दीमा राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरणको सुरुवात गर्ने एक सानो राज्य हो। गोर्खाहरूले एङ्ग्लो-नेपाली युद्ध (१८१४-१८१६) को समयमा उनीहरूको उग्र युद्ध क्षमता र अदम्य भावनाको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरे, जहाँ उनीहरूले ब्रिटिश इस्ट...

मगरको प्राचीन ईतिहास

सन्जय सिंजाली मगर मगर समुदाय नेपालको एक प्रमुख आदिवासी जनजाति हो, जसको आफ्नै समृद्ध संस्कृति, भाषा, र परम्परा छ। मगर संस्कृति विशेषतः पहाडी क्षेत्रहरूमा बसोबास गर्ने मगर समुदायको सामाजिक, धार्मिक, र सांस्कृतिक जीवनसँग सम्बन्धित छ। यो संस्कृति प्राकृतिक जीवनशैली, सरल जीवन र धार्मिक विश्वासमा आधारित छ। यहाँ मगर संस्कृतिबारे केही महत्वपूर्ण पक्षहरू उल्लेख गरिएका छन् । - भाषा र लिपि  मगरहरूको आफ्नै मगर भाषा छ, जसले तिब्बती/बर्मेली भाषासँग सम्बन्ध राख्छ। यद्यपि मगर भाषा विभिन्न क्षेत्रमा भिन्नतामा बोलिन्छ, प्रमुख तीन बोलीहरू  ढुट, खाम, काईके  हुन्। मगर भाषामा लेखनका लागि देवनागरी लिपिको प्रयोग गरिन्छ। - धार्मिक विश्वास । मगरहरूको धार्मिक जीवन मुख्य रूपमा प्राकृतिक पूजा र आफ्ना पूर्वजहरूको आदरमा आधारित छ। उनीहरू प्राचीन समयदेखि प्रकृतिको पूजा गर्ने  "बनज्यो " ( बनदेवी ) र " भूम्याले " ( पृथ्वी देवता ) जस्ता देवताहरूलाई मान्दै आएका छन्। मगर समुदायमा बुद्ध धर्म प्रति आस्था बढ्ने क्रम छ भने, हिन्दू धर्मको प्रभाव  कमै रहेको पाईन्छ । मगरहरू विभिन्न चाडपर्व मनाउँछन्, जसमध्य...