Skip to main content

Posts

Showing posts from October 20, 2024

लघु कथा : ब्यापार संघर्ष

सन्जय सिंजाली मगर कृष्ण थापा, सानो गाउँमा जन्मिएका एक युवक, आफ्नो परिवारको आर्थिक अवस्थाले पिरोलिएका थिए। उनी किसान परिवारमा जन्मिएका थिए र सानैदेखि खेतबारीमा काम गर्नु उनको दिनचर्या थियो। तर, उनका आँखा धेरै टाढा थिए। उनलाई ठूला शहरको चहलपहल र जीवनमा केही ठूला कुरा गर्नुपर्ने सपनाहरू थिए। विद्यालयमा पढ्नका लागि पर्याप्त साधन थिएनन्, तर कृष्णले आफ्नो अध्ययनलाई कहिल्यै कमजोर बन्न दिएनन्। उनी साँझ खेतमा काम गर्थे र बिहान बिहान सबेरै उठेर विद्यालय जान्थे। साथीहरूले उनीमाथि हाँसे, गाउँलेहरूले उनलाई तिमीले के नै गर्न सक्छौ र भनेर खिसी गरे। तर, कृष्णको मनमा केही फरक योजना थियो। विद्यालय सकिएपछि उनी काठमाडौं जाने निर्णय गरे। घरमा कसैले उनलाई रोक्न चाहेनन्, तर सहयोग गर्ने कोही पनि थिएन। उनले आफ्नो सानो कोठरीमा रहेका केही सामानहरू बेचेर काठमाडौंका लागि यात्रा सुरु गरे। शहरमा उनले संघर्षको नयाँ आयाम भेटे रातभर जागिर, बिहान कलेज। कहिलेकाहीं खान नपाएर सुत्नुपर्थ्यो, तर उनले कहिल्यै हार मानेनन्। उनी हरेक सानोतिनो अवसरको खोजीमा रहन्थे। कहिलेकाहीं पैसाको अभावले गर्दा पुस्तक किन्न नसक्दा सार्वजनिक पुस्...

कथा : लक्ष्य

ऊ लेख्न थाल्यो कथा, कविता, र जीवनका अनुभवहरू। लेख्नाले उसलाई शान्ति र सन्तोष दियो। मगर गाउँमा सन्जय नामको एक युवक थियो। सन्जयले सधैं नयाँ सपना देख्न रुचाउँथ्यो। ऊ एक सामान्य किसानको छोरा थियो, तर उसका सपना भने सामान्य थिएनन्। उसले सोच्दथ्यो, म ठूलो शहरमा जान्छु र त्यहाँको जीवन अनुभव गर्छु। एकदिन, सन्जयले आफ्नो सपनालाई पछ्याउने निर्णय गर्‍यो। ऊ त्यही रात एक झोला र केही पैसासहित गाउँबाट निस्क्यो। उसका मनमा हर्ष र चिन्ता दुबै थियो। जुनसुकै अवस्थामा, ऊ नयाँ अनुभवको खोजीमा लागेको थियो। ऊ ठूलो शहर पुग्दा, त्यहाँको चहलपहलले उसलाई आकर्षित गर्‍यो। ऊ त्यहाँका बत्तिहरू, भीड, र हरियालीका बीचमा हराउन चाहन्थ्यो। तर, चाँडै उसले थाहा पायो कि शहरको जीवन सजिलो थिएन। काम खोज्न गएका दिनहरूमा ऊ निराश हुँदै गयो। एकदिन, सन्जयले एउटा पुरानो पुस्तकालयमा काम पायो। त्यहाँका पुस्तकहरूले उसलाई नयाँ ज्ञान र प्रेरणा दिन थाले। ऊ पुस्तकहरूको संसारमा हराउन थाल्यो। प्रत्येक पुस्तकमा नयाँ विचार, सपना र संस्कृति बाँच्ने गर्दथ्यो। सन्जयले महसुस गर्‍यो जीवनको हर एक पल एक नयाँ अध्याय हो। पुस्तकालयमा काम गरिरहँदा, उसले आफ्ना ...

कविता : तिम्रो पर्खाईमा

- सन्जय सिंजाली मगर तिमीलाई पर्खेर बसेँ, यो साँझको शीतल छायाँमा, सपना बुन्दै मुटुमा, तिमी नै मेरो बासना। चन्द्रमा नि थाकिसक्यो, तारा पनि अस्ताउन लाग्यो, तर यो मन कहिल्यै थाक्दैन, तिमी आउने आशामा रमाउँदैछ। शब्दहरू सधैं अधुरा, तर भावनाहरू गहिरा छन्, तिम्रो एउटा झलकको लागि, यो जीवन सारा पर्खाइमा।

कविता : हिमाल पारीको प्रेम

- सन्जय सिंजाली मगर हिमाल पारीको प्रेम चिसो हावामा लुकेको गुनासो जस्तो,  सेता हिउँका फाँटमा हराएको सपना जस्तो,  शान्त नदीको छालमा बिलाएको भावना जस्तो,  अनि रातको शितल चन्द्रमा अँकुराएको आशा जस्तो। तिमीलाई त्यही हिमाल पारीको देशमा भेट्न मन छ,  जहाँ शब्दहरू मौन हुन्छन्,  र स्पर्शले बताउँछ प्रेमको गहिराई,  हिउँ पग्लिएर बनेका ती ससाना धाराहरू जस्तै  हाम्रो प्रेम पनि झर्छ हृदयको गहिराइमा। कहिले केही शब्द,  कहिले केही संकेत न भाषा न बोली,  केवल धडकनको संवाद,  हिमालको टुप्पाबाट देखिने त्यो क्षितिज,  जहाँ हाम्रो प्रेमले गहिराइमा अङ्कुराउन पाउँछ। यो हिमाल पारीको प्रेम, शीतल छ,  तर तातो आत्मीयता बोकेको छ,  चिसो हावामा एकअर्काको अङ्गालोमा हराउने  यो हिमाल पारीको प्रेम।

कविता : जिन्दगीलाई अर्थ दिंदै

                                           - सन्जय सिंजाली मगर फेरी भेटा हूला, कुनै दिन फेरी यो जीवनको भुलभुलैयामा तिमी र म फेरी सामना गर्दै, हाम्रो पाइला मिल्दै, जिन्दगीलाई अर्थ दिंदै। अझै सम्झनामा छ तिम्रो मुस्कान, छिन भरको त्यो नजर खेलाइ, यो मन अझै पनि सपना देख्दै छ, तिमी फेरी आउँछौ भनेर। फेरी भेटा हूला, हाम्रा सपना फेरि जोडिंदै मनका कथा सँगै गाउँदै, सुख-दुख बाड्दै, हाँस्दै अनि रुँदै, यो जिन्दगीलाई फेरि सजाउँदा भेटा हूला। फेरी भेटा हूला, जहाँ हाम्रो बाटो छुटेको थियो, त्यसै बाटोमा म तिम्रो पर्खाइमा छु, कुनै दिन, कुनै समय, तिमी र म फेरी भेटा हूला।