- सन्जय सिंजाली मगर
हिमाल पारीको प्रेम चिसो हावामा लुकेको गुनासो जस्तो,
सेता हिउँका फाँटमा हराएको सपना जस्तो,
शान्त नदीको छालमा बिलाएको भावना जस्तो,
अनि रातको शितल चन्द्रमा अँकुराएको आशा जस्तो।
तिमीलाई त्यही हिमाल पारीको देशमा भेट्न मन छ,
जहाँ शब्दहरू मौन हुन्छन्,
र स्पर्शले बताउँछ प्रेमको गहिराई,
हिउँ पग्लिएर बनेका ती ससाना धाराहरू जस्तै
हाम्रो प्रेम पनि झर्छ हृदयको गहिराइमा।
कहिले केही शब्द,
कहिले केही संकेत न भाषा न बोली,
केवल धडकनको संवाद,
हिमालको टुप्पाबाट देखिने त्यो क्षितिज,
जहाँ हाम्रो प्रेमले गहिराइमा अङ्कुराउन पाउँछ।
यो हिमाल पारीको प्रेम, शीतल छ,
तर तातो आत्मीयता बोकेको छ,
चिसो हावामा एकअर्काको अङ्गालोमा हराउने
यो हिमाल पारीको प्रेम।
Comments