- सन्जय सिंजाली मगर
फेरी भेटा हूला, कुनै दिन फेरी
यो जीवनको भुलभुलैयामा
तिमी र म फेरी सामना गर्दै,
हाम्रो पाइला मिल्दै, जिन्दगीलाई अर्थ दिंदै।
अझै सम्झनामा छ तिम्रो मुस्कान,
छिन भरको त्यो नजर खेलाइ,
यो मन अझै पनि सपना देख्दै छ,
तिमी फेरी आउँछौ भनेर।
फेरी भेटा हूला, हाम्रा सपना फेरि जोडिंदै
मनका कथा सँगै गाउँदै,
सुख-दुख बाड्दै, हाँस्दै अनि रुँदै,
यो जिन्दगीलाई फेरि सजाउँदा भेटा हूला।
फेरी भेटा हूला, जहाँ हाम्रो बाटो छुटेको थियो,
त्यसै बाटोमा म तिम्रो पर्खाइमा छु,
कुनै दिन, कुनै समय,तिमी र म फेरी भेटा हूला।
Comments