Skip to main content

हेल्लो " जुगजाने माया " भन्छन्

आज हामीसंग एकजन चर्चित मगर्नी गायिका गेष्टको रुपमा सामेल हुनुहुन्छ । उहाँ संग छोटो कुराकानी गर्न गहिरहेका छौं । उहाँको घर गण्डीकी प्रदेश, पर्वत जिल्लामा अवस्थितमा पर्दछ । पर्वत जिल्ला बिगतमा असुबिधायुक्त ठाउँ मानिन्छ, जहाँ शिक्षा, स्रोत साधन, बिजुली एकदम न्यून रुपमा उपलब्ध हुनेगर्दथ्यो । आज पर्वत जिल्ला उच्चगतिमा बिकास हुने क्रममा छ । हो पर्वत जिल्ला बाट एकजना गायिका पार्वती थापा मगर संग संर्घष अनि सांगितिक यात्राको बिषय बस्तुमा केन्द्रित रहेर कुराकानी गर्नगईरहेको छौ । आउनुहोस् सरल समधुर र आत्मिय शैलि स्वभाव भएका पार्वती थापा संग जीवनका सफलता, असफलता र संघर्षका पाना पल्टाउ ।

हामी मानिसहरु जन्मन्छौ हुर्कन्छौ र हुर्कदै जाँदा अनेककौ सपनाहरु देख्छौ । गायिका पार्वती थापाले पनि बचपनदेखी ठुलो हुँदासम्ममा आफुले कयौ सपनाहरु देखको बताउछिन् ।

पर्वतको मोदी गाउपालिका ४ हलहलेमा जन्मीनु भएको पार्वती, उनि घरकि कान्छि छोरी हुन् । बचपनदेखी पढाईमा धेरै रुचि राख्ने उनि कक्षामा सधै पहिलो हुन्थिन् ।

राम्रो पढाइकै कारण गाउँमा उनलाई धेरैले पछि गएर शिक्षीका बन्नुपर्छ है भनेर भन्थे । तर पार्वतीलाई स्कुले जिवनमा साईन्टिस बन्ने सपना थियो ।

फेरी जब उनि ठुलो हुँदै गईन्, उनलाई नृत्यले आकर्षण गर्न थाल्यो र नृत्यङ्गना बन्छु भन्ने उनको सोच थियो । २०७० सालमा एस एल सी उत्तिर्ण गरेपछि उनि कलेज पढ्न भनेर पोखरा आईन् र पोखरामा ११ र १२ पढिन् । १२ पढ्दै गर्दा उनलाई फेरी रेडियो जकी बन्ने रहर जाग्यो र त्यस सम्बन्धि तालिम लिएर काम गर्न थालिन् ।

उनि भन्छिन् तालिम लिने २२ र २५ जनामध्य रेडियोमा काम गर्ने उनिमात्र थिईन् । रेडियोमा केहि वर्ष काम गर्दैगर्दा उनलाई फेरी थिएटरमा अभिनय गर्ने मोह बढ्यो ।

उनि फेरी रेडियोमा काम गर्दै नाटक सिक्न थालिन् पोखरामै । उनले अभिनय गरेको पहिलो नाटक हो ( बार्दलीको छेउबाट ) । नाटक गर्दा निकै समय दिनुपर्ने हुनाले उनले रेडियोको काम छोडेर अभिनय तिर लागेको बताउछिन् । उनले पोखरामा रहदा ६ र ७ वटा नाटक अनि निकै छोटो फिल्म, वेब श्रृंखला, नाटक  अनि २ र ३ ओटा चलचित्रमा पनि काम गरेको बताउछिन् । केहि समय अभिनयमा रहेर काम गर्दै गर्दा उनले बिभिन्न अभाबहरु झेलेको पनि बताउछिन्। यसरी नृत्य पत्रकारीता र अभिनयमा रुचि राखेकी उनले गीत गाउछु र गीत गाएर कमाउछु भन्ने कल्पना पनि गरेकि थिईनन् । तर अन्त्यमा आएर अहिले उनको जिउने आधार, रहर, सपना, चाहना खुसी सबै गायकि नै बनेको छ । अब गित गाउँन छोडेर अरु केही गर्ने त सोच नै आउदैन उनि भन्छिन् । साथिको लहैलहैमा गायनमा आएको उनि भन्छिन् । करिब ९ वर्ष जति पोखरामा बसेर बिभिन्न क्षेत्रमा उनले धेरै कुरा सिकेको र गायनमा आफुलाई अगाडि बढाउन काठमाडौ जानुपर्छ भन्ने सबैको सल्लाह र आफै पनि सोच बनाएर उनि २०७९ मा राजधानि आएकि हुन् । 

काठमाडौ आएपछि उनले आफुलाई गायनमा अघि बढाउन थालिन् । उनले अहिले आफुले गीत लेख्न थालेको पनि बताउछिन् । उनले लेखेको पहिलो गीत हो ( जुगजाने माया ) ( सालैजो ) जसलाई अहिलेसम्म ५५ लाख भन्दा धेरैले युटुब मा हेरेका छन् भने ६० र ६५ हजार भन्दा धेरैले टिकटक, रिल्स बनाएका छन् । उनलाई धेरैले हेल्लो जुगजाने माया भनेर बोलाएको पनि उनले हास्दै सुनाईन् । यो गीतको सफलतापछि आफुलाई काम गर्न अझ हौसला मिलेको उनले बताईन् । यसपछि उनले अर्को गित लेखिन् "ए साली" ( कौडा ) । यो गीत उनि आफैलाई मन परेको गीत रहेको बताउछिन् । उनले आफु लेख्दै गाउदै गरिरहेकि छिन् र अरुको पनि ८ र ९ ओटा गीतमा आवाज भरेको बताउछिन् । सपना देख्दै- देख्दै ठुलि भएकी पार्वतीले आफु जे बने पनि जुन क्षेत्रमा काम गरे पनि त्यसलाई निरन्तरता दिनुपर्ने बताउछिन् ।

बिभिन्न दुस्खसुख भोग्दै यहाँसम्म आएकि उनले आफ्नो परिवारमा कसैले पनि आफ्नो काम र सपनामा रोक तोक नलाएकोमा आफुलाई भाग्यमानि ठान्दछिन् । अबका दिनहरुमा नयाँनयाँ मौलिक गीत संगीतहरु बजारमा ल्याउने उनको सोच रहेको उनि बताउछिन् । अन्त्यमा उनको यो सांगितिक यात्राको दौरानमा उनलाई साथ सहयोग गर्ने व्यक्तिहरु सबैलाई भगवानले खुसी राखुन् भन्दै भाबुक बनिन्,र सबैको गुनको पैचो तिर्ने धोको रहेको पनि बताउछिन् ।

Comments

Popular posts from this blog

पाल्पा रम्भा गाउँपालीकाको मगर यूवाहरु मगरात जोङ संस्थामा संगठित भए

मगरको भाषा, धर्म, संस्कार, रितिरिवाज संरक्षण प्रबद्धन र एकताबद्ध गर्दै पुस्ताहस्तान्तरण गर्ने लक्ष्य सहित औपचारिक कार्यक्रम आयोजना गरिएको संस्थाका बिरष्ठि उपाध्यक्ष सुदिप काम्मु मगरले जानकारी दिनुभयो । मगरको आफ्नै बिशेष पहिचान छ, जुन नयाँ पुस्ताले यसको अनुभव गर्न नपाउँने हुन् की भन्ने उनको बढो गुनासो थियो । हाम्रो संस्था मगरात जोङ दर्ता प्रकिृयामा रहेको र, संस्था दर्ता पश्चात अझ नयाँ योजना थप गर्दै लैजाने छौ । उनले थपे बिशेष गरि यहाँका मगरका बच्चाहरु लाई बिधालय जाने बातवरण गराउँने र रम्भा गाउँपालीकाको स्कुलमा मगर भाषालाई पठनपाठनको रुपमा लागु गराउँनाका निम्ति पनि यस संस्था जुटोको हो । यस औपचारिक कार्यक्रममा रम्भा गाउँपालीका भित्र पर्ने पाँच वटै वडा बाट मगरहरु सहभागी जनाएका थिए । यसरी आयोजना गरिएको कार्यक्रम रम्भा गाउँपालिका वडा ५, ताहुँ स्थित रेडक्रस भवनमा सम्पन्न भएको थियो । सो भेला बाट थप गर्ने गरि ११ जनाको नयाँ कार्यसमिति निर्माण गरिएको छ । साथै संस्थाका निर्वाचित नाम यस प्रकारका छन् । अध्यक्ष : दिपक काम्मु मगर बरिष्ठ : उपाध्यक्ष सुदिप काम्मु मगर उपाध्यक्ष : गंगा मंश्राङ्गी मगर सचिव...

लघु कथा : ब्यापार संघर्ष

सन्जय सिंजाली मगर कृष्ण थापा, सानो गाउँमा जन्मिएका एक युवक, आफ्नो परिवारको आर्थिक अवस्थाले पिरोलिएका थिए। उनी किसान परिवारमा जन्मिएका थिए र सानैदेखि खेतबारीमा काम गर्नु उनको दिनचर्या थियो। तर, उनका आँखा धेरै टाढा थिए। उनलाई ठूला शहरको चहलपहल र जीवनमा केही ठूला कुरा गर्नुपर्ने सपनाहरू थिए। विद्यालयमा पढ्नका लागि पर्याप्त साधन थिएनन्, तर कृष्णले आफ्नो अध्ययनलाई कहिल्यै कमजोर बन्न दिएनन्। उनी साँझ खेतमा काम गर्थे र बिहान बिहान सबेरै उठेर विद्यालय जान्थे। साथीहरूले उनीमाथि हाँसे, गाउँलेहरूले उनलाई तिमीले के नै गर्न सक्छौ र भनेर खिसी गरे। तर, कृष्णको मनमा केही फरक योजना थियो। विद्यालय सकिएपछि उनी काठमाडौं जाने निर्णय गरे। घरमा कसैले उनलाई रोक्न चाहेनन्, तर सहयोग गर्ने कोही पनि थिएन। उनले आफ्नो सानो कोठरीमा रहेका केही सामानहरू बेचेर काठमाडौंका लागि यात्रा सुरु गरे। शहरमा उनले संघर्षको नयाँ आयाम भेटे रातभर जागिर, बिहान कलेज। कहिलेकाहीं खान नपाएर सुत्नुपर्थ्यो, तर उनले कहिल्यै हार मानेनन्। उनी हरेक सानोतिनो अवसरको खोजीमा रहन्थे। कहिलेकाहीं पैसाको अभावले गर्दा पुस्तक किन्न नसक्दा सार्वजनिक पुस्...

धर्म होइन पहिचान संकट हो: मगर बौद्ध बनाउने प्रयासको रोचक प्रपञ्च

-संजय सिन्जाली मगर नेपालका आदिवासी जनजातिहरूमध्ये मगर समुदाय ऐतिहासिक, भाषिक, सांस्कृतिक र धार्मिक दृष्टिले विशिष्ट पहिचान बोकेको समूह हो। आफ्नै खाम ( शामानिक ) धर्म, प्रकृति र पूर्वजपूजामा आधारित जीवनशैली, मौलिक संस्कार, लोपोन्मुख भाषा, लिपि र परम्परागत ज्ञान बोकेको यो समुदायलाई पछिल्ला केही वर्षदेखि जबर्जस्ती बौद्ध धर्ममा सीमित गर्न खोजिने चलन देखा परेको छ। मगर धर्म भनेकै बौद्ध हो भन्ने एकपक्षीय र तथ्यविहीन दावीहरू विभिन्न संघ–संस्था, सामाजिक सञ्जाल, राजनीतिक अभिव्यक्तिहरू हुँदै आम जनमानसमा विस्तार गर्न खोजिँदैछ। यो प्रवृत्तिले मगर समुदायको मौलिक धार्मिक सांस्कृतिक संरचनामाथि गम्भीर हस्तक्षेप गर्दै आएको छ, जसले दीर्घकालमा सांस्कृतिक पहिचानको संकट निम्त्याउन सक्ने देखिन्छ। इतिहासको पुनर्लेखन होइन, यथार्थको सम्मान गरौं : मगरहरूको धार्मिक जीवनशैली प्राचीन कालदेखि नै कुनै संस्थागत धर्मको अनुकरणमा आधारित नभई प्रकृति, पुर्खा र आत्मिक विश्वाससँग सम्बन्धित स्वतन्त्र प्रणालीमा विकसित भएको हो। देवीदेवता, कुलपूजा, साम्दो, भुतपुर्वज, देउराली, ल्हो पद्धति, खाम र सामी संस्कारहरू मगर समुदायका आफ्नै...