Skip to main content

हेल्लो " जुगजाने माया " भन्छन्

आज हामीसंग एकजन चर्चित मगर्नी गायिका गेष्टको रुपमा सामेल हुनुहुन्छ । उहाँ संग छोटो कुराकानी गर्न गहिरहेका छौं । उहाँको घर गण्डीकी प्रदेश, पर्वत जिल्लामा अवस्थितमा पर्दछ । पर्वत जिल्ला बिगतमा असुबिधायुक्त ठाउँ मानिन्छ, जहाँ शिक्षा, स्रोत साधन, बिजुली एकदम न्यून रुपमा उपलब्ध हुनेगर्दथ्यो । आज पर्वत जिल्ला उच्चगतिमा बिकास हुने क्रममा छ । हो पर्वत जिल्ला बाट एकजना गायिका पार्वती थापा मगर संग संर्घष अनि सांगितिक यात्राको बिषय बस्तुमा केन्द्रित रहेर कुराकानी गर्नगईरहेको छौ । आउनुहोस् सरल समधुर र आत्मिय शैलि स्वभाव भएका पार्वती थापा संग जीवनका सफलता, असफलता र संघर्षका पाना पल्टाउ ।

हामी मानिसहरु जन्मन्छौ हुर्कन्छौ र हुर्कदै जाँदा अनेककौ सपनाहरु देख्छौ । गायिका पार्वती थापाले पनि बचपनदेखी ठुलो हुँदासम्ममा आफुले कयौ सपनाहरु देखको बताउछिन् ।

पर्वतको मोदी गाउपालिका ४ हलहलेमा जन्मीनु भएको पार्वती, उनि घरकि कान्छि छोरी हुन् । बचपनदेखी पढाईमा धेरै रुचि राख्ने उनि कक्षामा सधै पहिलो हुन्थिन् ।

राम्रो पढाइकै कारण गाउँमा उनलाई धेरैले पछि गएर शिक्षीका बन्नुपर्छ है भनेर भन्थे । तर पार्वतीलाई स्कुले जिवनमा साईन्टिस बन्ने सपना थियो ।

फेरी जब उनि ठुलो हुँदै गईन्, उनलाई नृत्यले आकर्षण गर्न थाल्यो र नृत्यङ्गना बन्छु भन्ने उनको सोच थियो । २०७० सालमा एस एल सी उत्तिर्ण गरेपछि उनि कलेज पढ्न भनेर पोखरा आईन् र पोखरामा ११ र १२ पढिन् । १२ पढ्दै गर्दा उनलाई फेरी रेडियो जकी बन्ने रहर जाग्यो र त्यस सम्बन्धि तालिम लिएर काम गर्न थालिन् ।

उनि भन्छिन् तालिम लिने २२ र २५ जनामध्य रेडियोमा काम गर्ने उनिमात्र थिईन् । रेडियोमा केहि वर्ष काम गर्दैगर्दा उनलाई फेरी थिएटरमा अभिनय गर्ने मोह बढ्यो ।

उनि फेरी रेडियोमा काम गर्दै नाटक सिक्न थालिन् पोखरामै । उनले अभिनय गरेको पहिलो नाटक हो ( बार्दलीको छेउबाट ) । नाटक गर्दा निकै समय दिनुपर्ने हुनाले उनले रेडियोको काम छोडेर अभिनय तिर लागेको बताउछिन् । उनले पोखरामा रहदा ६ र ७ वटा नाटक अनि निकै छोटो फिल्म, वेब श्रृंखला, नाटक  अनि २ र ३ ओटा चलचित्रमा पनि काम गरेको बताउछिन् । केहि समय अभिनयमा रहेर काम गर्दै गर्दा उनले बिभिन्न अभाबहरु झेलेको पनि बताउछिन्। यसरी नृत्य पत्रकारीता र अभिनयमा रुचि राखेकी उनले गीत गाउछु र गीत गाएर कमाउछु भन्ने कल्पना पनि गरेकि थिईनन् । तर अन्त्यमा आएर अहिले उनको जिउने आधार, रहर, सपना, चाहना खुसी सबै गायकि नै बनेको छ । अब गित गाउँन छोडेर अरु केही गर्ने त सोच नै आउदैन उनि भन्छिन् । साथिको लहैलहैमा गायनमा आएको उनि भन्छिन् । करिब ९ वर्ष जति पोखरामा बसेर बिभिन्न क्षेत्रमा उनले धेरै कुरा सिकेको र गायनमा आफुलाई अगाडि बढाउन काठमाडौ जानुपर्छ भन्ने सबैको सल्लाह र आफै पनि सोच बनाएर उनि २०७९ मा राजधानि आएकि हुन् । 

काठमाडौ आएपछि उनले आफुलाई गायनमा अघि बढाउन थालिन् । उनले अहिले आफुले गीत लेख्न थालेको पनि बताउछिन् । उनले लेखेको पहिलो गीत हो ( जुगजाने माया ) ( सालैजो ) जसलाई अहिलेसम्म ५५ लाख भन्दा धेरैले युटुब मा हेरेका छन् भने ६० र ६५ हजार भन्दा धेरैले टिकटक, रिल्स बनाएका छन् । उनलाई धेरैले हेल्लो जुगजाने माया भनेर बोलाएको पनि उनले हास्दै सुनाईन् । यो गीतको सफलतापछि आफुलाई काम गर्न अझ हौसला मिलेको उनले बताईन् । यसपछि उनले अर्को गित लेखिन् "ए साली" ( कौडा ) । यो गीत उनि आफैलाई मन परेको गीत रहेको बताउछिन् । उनले आफु लेख्दै गाउदै गरिरहेकि छिन् र अरुको पनि ८ र ९ ओटा गीतमा आवाज भरेको बताउछिन् । सपना देख्दै- देख्दै ठुलि भएकी पार्वतीले आफु जे बने पनि जुन क्षेत्रमा काम गरे पनि त्यसलाई निरन्तरता दिनुपर्ने बताउछिन् ।

बिभिन्न दुस्खसुख भोग्दै यहाँसम्म आएकि उनले आफ्नो परिवारमा कसैले पनि आफ्नो काम र सपनामा रोक तोक नलाएकोमा आफुलाई भाग्यमानि ठान्दछिन् । अबका दिनहरुमा नयाँनयाँ मौलिक गीत संगीतहरु बजारमा ल्याउने उनको सोच रहेको उनि बताउछिन् । अन्त्यमा उनको यो सांगितिक यात्राको दौरानमा उनलाई साथ सहयोग गर्ने व्यक्तिहरु सबैलाई भगवानले खुसी राखुन् भन्दै भाबुक बनिन्,र सबैको गुनको पैचो तिर्ने धोको रहेको पनि बताउछिन् ।

Comments

Popular posts from this blog

धर्म होइन पहिचान संकट हो: मगर बौद्ध बनाउने प्रयासको रोचक प्रपञ्च

-संजय सिन्जाली मगर नेपालका आदिवासी जनजातिहरूमध्ये मगर समुदाय ऐतिहासिक, भाषिक, सांस्कृतिक र धार्मिक दृष्टिले विशिष्ट पहिचान बोकेको समूह हो। आफ्नै खाम ( शामानिक ) धर्म, प्रकृति र पूर्वजपूजामा आधारित जीवनशैली, मौलिक संस्कार, लोपोन्मुख भाषा, लिपि र परम्परागत ज्ञान बोकेको यो समुदायलाई पछिल्ला केही वर्षदेखि जबर्जस्ती बौद्ध धर्ममा सीमित गर्न खोजिने चलन देखा परेको छ। मगर धर्म भनेकै बौद्ध हो भन्ने एकपक्षीय र तथ्यविहीन दावीहरू विभिन्न संघ–संस्था, सामाजिक सञ्जाल, राजनीतिक अभिव्यक्तिहरू हुँदै आम जनमानसमा विस्तार गर्न खोजिँदैछ। यो प्रवृत्तिले मगर समुदायको मौलिक धार्मिक सांस्कृतिक संरचनामाथि गम्भीर हस्तक्षेप गर्दै आएको छ, जसले दीर्घकालमा सांस्कृतिक पहिचानको संकट निम्त्याउन सक्ने देखिन्छ। इतिहासको पुनर्लेखन होइन, यथार्थको सम्मान गरौं : मगरहरूको धार्मिक जीवनशैली प्राचीन कालदेखि नै कुनै संस्थागत धर्मको अनुकरणमा आधारित नभई प्रकृति, पुर्खा र आत्मिक विश्वाससँग सम्बन्धित स्वतन्त्र प्रणालीमा विकसित भएको हो। देवीदेवता, कुलपूजा, साम्दो, भुतपुर्वज, देउराली, ल्हो पद्धति, खाम र सामी संस्कारहरू मगर समुदायका आफ्नै...

पुस्तक समिक्षा ' आयो गोर्खाली '

- सञ्जय सिञ्जली मगर  टिम गुरुङ लेखकद्वारा लिखित 'आयो गोर्खाली' नेपालबाट जन्मिएका प्रख्यात योद्धा गोर्खाहरूको इतिहास, विरासत र प्रभावबारे विस्तृत जानकारीमूलक पुस्तक हो । यस विस्तृत आख्यानको माध्यमबाट गुरुङले गोर्खा पहिचानको सामाजिक राजनीतिक, सांस्कृतिक र ऐतिहासिक आयामहरूको अन्वेषण गरेका छन् र विश्वव्यापी सैन्य बलहरूमा विशेष गरी ब्रिटिश र भारतीय सेनामा उनीहरूको अद्वितीय योगदानमा जोड दिएका छन्। यस पुस्तकमा व्यक्तिगत कथा, ऐतिहासिक विश्लेषण र आज गोर्खा हुनुको अर्थ के हो भन्ने प्रतिबिम्बप्रस्तुत गरिएको छ । - ऐतिहासिक सन्दर्भ र उत्पत्ति गोर्खाहरूले आफ्नो जड हिमालयको भूपरिवेष्टित देश नेपालमा फेला पारेका छन्, जुन आफ्नो दुर्गम भूभाग र समृद्ध संस्कृतिको लागि चिनिन्छ। "गोर्खा" शब्दको उत्पत्ति गोरखा राज्यसँग जोडिएको छ, जुन १८ औं शताब्दीमा राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरणको सुरुवात गर्ने एक सानो राज्य हो। गोर्खाहरूले एङ्ग्लो-नेपाली युद्ध (१८१४-१८१६) को समयमा उनीहरूको उग्र युद्ध क्षमता र अदम्य भावनाको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरे, जहाँ उनीहरूले ब्रिटिश इस्ट...

मगरको प्राचीन ईतिहास

सन्जय सिंजाली मगर मगर समुदाय नेपालको एक प्रमुख आदिवासी जनजाति हो, जसको आफ्नै समृद्ध संस्कृति, भाषा, र परम्परा छ। मगर संस्कृति विशेषतः पहाडी क्षेत्रहरूमा बसोबास गर्ने मगर समुदायको सामाजिक, धार्मिक, र सांस्कृतिक जीवनसँग सम्बन्धित छ। यो संस्कृति प्राकृतिक जीवनशैली, सरल जीवन र धार्मिक विश्वासमा आधारित छ। यहाँ मगर संस्कृतिबारे केही महत्वपूर्ण पक्षहरू उल्लेख गरिएका छन् । - भाषा र लिपि  मगरहरूको आफ्नै मगर भाषा छ, जसले तिब्बती/बर्मेली भाषासँग सम्बन्ध राख्छ। यद्यपि मगर भाषा विभिन्न क्षेत्रमा भिन्नतामा बोलिन्छ, प्रमुख तीन बोलीहरू  ढुट, खाम, काईके  हुन्। मगर भाषामा लेखनका लागि देवनागरी लिपिको प्रयोग गरिन्छ। - धार्मिक विश्वास । मगरहरूको धार्मिक जीवन मुख्य रूपमा प्राकृतिक पूजा र आफ्ना पूर्वजहरूको आदरमा आधारित छ। उनीहरू प्राचीन समयदेखि प्रकृतिको पूजा गर्ने  "बनज्यो " ( बनदेवी ) र " भूम्याले " ( पृथ्वी देवता ) जस्ता देवताहरूलाई मान्दै आएका छन्। मगर समुदायमा बुद्ध धर्म प्रति आस्था बढ्ने क्रम छ भने, हिन्दू धर्मको प्रभाव  कमै रहेको पाईन्छ । मगरहरू विभिन्न चाडपर्व मनाउँछन्, जसमध्य...