बिगत २ बर्ष अघि सञ्चालनमा आएको रामेछाप मगर होटल निरन्तर चालु अवस्थामा छ । सुरुमा सानो लगानी बाट थालनी भएको रामेछाप होटल को २ वर्षको यात्रा पूरा गरिसकेको छ, अब छिट्टै ३ बर्षे यात्रा तय गर्दैछ । यो अवधिमा होटलले हजारौं नेपाली पाहुनाको न्यानो घर’ को भूमिका निर्वाह गरिसकेको छ । प्राय सबै खाले होटलको वर्गीकरण पर्यटन विभाग द्धारा हुने गर्दछ। तर रामेछाप होटल सञ्चालनमा आउँदा उद्योग विभागमा दर्ता भएको थियो,’ कम्पनीका सञ्चालकले बताउँनु हुन्छ, पछि ‘नेपाल होटल संघसंस्थामा आबद्ध भएको पनि जानकारी दिनुभयो।’
खास गरि नेपाली समुदायको मौलिक पहिचान बोकेको परिकार पाक्ने यस होटलमा तारे होटल सरह स्वच्छ छरितो खाना, खाजा पस्किने गर्दछ । यस होटल सानो कटेज सरह देखिए पनि भित्रि आकार भने ठुलो र बिभिन्न किसिम्का बिरुवाको सझावटले स्वाच्छ बातवरणले आकर्षित गरिरहेकै हुन्छ, जहाँ हामीले सहज रुपमा खाना सँगै आनन्द लिन सकिन्छ । यो होटलको मुख्य बिशेषता भनेको सबै बर्गले खाना सकुन भनेर खोलिएको बताउँछन् सञ्चालक । यहाँ दैनिक जसो सयौं को हारहारीमा खानाखाजा खानेको घुईचो हुने गर्दछ । यस होटलमा आफ्नै समय तालिका छ जस्ले गर्दा तालिका अनुसार खानाखाजा पस्किरहेको हुन्छ । बिहान ८ देखि दिउँसो २ बजे सम्म खानाखाजा दुबै पस्किने गर्दछ भने २ बजे पश्चिात खाजामा जस्तै मोमो, पोर्क सेकुवा साथमा हरेक किसिमका पेय पर्दाथ १० बजे सम्म ग्राहक बर्ग माझ निर्धक्क सँग सेवा प्रभाह गरिरहेकै हुन्छ ।
आर्को मुख्य बिशेषता भनेको पोर्क सेकुवा हो, जस्ले गर्दा सांझपख धेरै मानिसहरु पोर्क सेकुवा अर्डर गर्न भिडभाड लाग्ने गर्दछन् । अन्य ठाउँ भन्दा हाईजिनिक, छिटोछरितो अर्डर तयार हुने भएकोले दिनभरको थकै मेटाउँन प्राय युवायुवति देखि बृद्धिहरु पोर्क सेकुवाको स्वाँद लिन रामेछाप होटलको प्राङ्गणमा भरिभराउ हुने गर्दछन् । यसरी सोकुवा खादैँ रमाईरहेको दृश्यले लाईनमा पालो कुरिरहेका ग्राहकबर्ग माझ स्वादको राम्रै छाप बसेको छ, जस्ले गर्दा रामेछाप होटलले पस्कने गुणस्तरीय स्वादमा अन्य भन्दा नौलोपन ल्याएको महशुस भने पक्कै हुन्छ ।
बिक्रम संवत् द्दण्ठठ सालमा रामेछाप होटल सञ्चालनमा आएको यसको प्रायम लोकेशन भने ठयक्क महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज को बिपरित उत्तर दिशामा अवस्थित छ । यस होटलको सञ्चालक भने प्रदीप आले मगर हुन् ।
Comments