Skip to main content

रामेछाप मगर होटलको च्वास्स स्वादिलो पोर्क सेकुवा



बिगत २ बर्ष अघि सञ्चालनमा आएको रामेछाप मगर होटल निरन्तर चालु अवस्थामा छ । सुरुमा सानो लगानी बाट थालनी भएको रामेछाप होटल को २ वर्षको यात्रा पूरा गरिसकेको छ, अब छिट्टै ३ बर्षे यात्रा तय गर्दैछ । यो अवधिमा होटलले हजारौं नेपाली पाहुनाको न्यानो घर’ को भूमिका निर्वाह गरिसकेको छ । प्राय सबै खाले होटलको वर्गीकरण पर्यटन विभाग द्धारा हुने गर्दछ। तर रामेछाप होटल सञ्चालनमा आउँदा उद्योग विभागमा दर्ता भएको थियो,’ कम्पनीका सञ्चालकले बताउँनु हुन्छ,  पछि ‘नेपाल होटल संघसंस्थामा आबद्ध भएको पनि जानकारी दिनुभयो।’

खास गरि नेपाली समुदायको मौलिक पहिचान बोकेको परिकार पाक्ने यस होटलमा तारे होटल सरह स्वच्छ छरितो खाना, खाजा पस्किने गर्दछ । यस होटल सानो कटेज सरह देखिए पनि भित्रि आकार भने ठुलो र बिभिन्न किसिम्का बिरुवाको सझावटले स्वाच्छ बातवरणले आकर्षित गरिरहेकै हुन्छ, जहाँ हामीले सहज रुपमा खाना सँगै आनन्द लिन सकिन्छ । यो होटलको मुख्य बिशेषता भनेको सबै बर्गले खाना सकुन भनेर खोलिएको बताउँछन् सञ्चालक । यहाँ दैनिक जसो सयौं को हारहारीमा खानाखाजा खानेको घुईचो हुने गर्दछ । यस होटलमा आफ्नै समय तालिका छ जस्ले गर्दा तालिका अनुसार खानाखाजा पस्किरहेको हुन्छ । बिहान ८ देखि दिउँसो २ बजे सम्म खानाखाजा दुबै पस्किने गर्दछ भने २ बजे पश्चिात खाजामा जस्तै मोमो, पोर्क सेकुवा साथमा हरेक किसिमका पेय पर्दाथ १० बजे सम्म ग्राहक बर्ग माझ निर्धक्क सँग सेवा प्रभाह गरिरहेकै हुन्छ ।


आर्को मुख्य बिशेषता भनेको पोर्क सेकुवा हो, जस्ले गर्दा सांझपख धेरै मानिसहरु पोर्क सेकुवा अर्डर गर्न भिडभाड लाग्ने गर्दछन् । अन्य ठाउँ भन्दा हाईजिनिक, छिटोछरितो अर्डर तयार हुने भएकोले दिनभरको थकै मेटाउँन प्राय युवायुवति देखि बृद्धिहरु पोर्क सेकुवाको स्वाँद लिन रामेछाप होटलको प्राङ्गणमा भरिभराउ हुने गर्दछन् । यसरी सोकुवा खादैँ रमाईरहेको दृश्यले लाईनमा पालो कुरिरहेका ग्राहकबर्ग माझ स्वादको राम्रै छाप बसेको छ, जस्ले गर्दा रामेछाप होटलले पस्कने गुणस्तरीय स्वादमा अन्य भन्दा नौलोपन ल्याएको महशुस भने पक्कै हुन्छ ।

बिक्रम संवत् द्दण्ठठ सालमा रामेछाप होटल सञ्चालनमा आएको यसको प्रायम लोकेशन भने ठयक्क महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज को बिपरित उत्तर दिशामा अवस्थित छ । यस होटलको सञ्चालक भने प्रदीप आले मगर हुन् । 


Comments

Popular posts from this blog

धर्म होइन पहिचान संकट हो: मगर बौद्ध बनाउने प्रयासको रोचक प्रपञ्च

-संजय सिन्जाली मगर नेपालका आदिवासी जनजातिहरूमध्ये मगर समुदाय ऐतिहासिक, भाषिक, सांस्कृतिक र धार्मिक दृष्टिले विशिष्ट पहिचान बोकेको समूह हो। आफ्नै खाम ( शामानिक ) धर्म, प्रकृति र पूर्वजपूजामा आधारित जीवनशैली, मौलिक संस्कार, लोपोन्मुख भाषा, लिपि र परम्परागत ज्ञान बोकेको यो समुदायलाई पछिल्ला केही वर्षदेखि जबर्जस्ती बौद्ध धर्ममा सीमित गर्न खोजिने चलन देखा परेको छ। मगर धर्म भनेकै बौद्ध हो भन्ने एकपक्षीय र तथ्यविहीन दावीहरू विभिन्न संघ–संस्था, सामाजिक सञ्जाल, राजनीतिक अभिव्यक्तिहरू हुँदै आम जनमानसमा विस्तार गर्न खोजिँदैछ। यो प्रवृत्तिले मगर समुदायको मौलिक धार्मिक सांस्कृतिक संरचनामाथि गम्भीर हस्तक्षेप गर्दै आएको छ, जसले दीर्घकालमा सांस्कृतिक पहिचानको संकट निम्त्याउन सक्ने देखिन्छ। इतिहासको पुनर्लेखन होइन, यथार्थको सम्मान गरौं : मगरहरूको धार्मिक जीवनशैली प्राचीन कालदेखि नै कुनै संस्थागत धर्मको अनुकरणमा आधारित नभई प्रकृति, पुर्खा र आत्मिक विश्वाससँग सम्बन्धित स्वतन्त्र प्रणालीमा विकसित भएको हो। देवीदेवता, कुलपूजा, साम्दो, भुतपुर्वज, देउराली, ल्हो पद्धति, खाम र सामी संस्कारहरू मगर समुदायका आफ्नै...

पुस्तक समिक्षा ' आयो गोर्खाली '

- सञ्जय सिञ्जली मगर  टिम गुरुङ लेखकद्वारा लिखित 'आयो गोर्खाली' नेपालबाट जन्मिएका प्रख्यात योद्धा गोर्खाहरूको इतिहास, विरासत र प्रभावबारे विस्तृत जानकारीमूलक पुस्तक हो । यस विस्तृत आख्यानको माध्यमबाट गुरुङले गोर्खा पहिचानको सामाजिक राजनीतिक, सांस्कृतिक र ऐतिहासिक आयामहरूको अन्वेषण गरेका छन् र विश्वव्यापी सैन्य बलहरूमा विशेष गरी ब्रिटिश र भारतीय सेनामा उनीहरूको अद्वितीय योगदानमा जोड दिएका छन्। यस पुस्तकमा व्यक्तिगत कथा, ऐतिहासिक विश्लेषण र आज गोर्खा हुनुको अर्थ के हो भन्ने प्रतिबिम्बप्रस्तुत गरिएको छ । - ऐतिहासिक सन्दर्भ र उत्पत्ति गोर्खाहरूले आफ्नो जड हिमालयको भूपरिवेष्टित देश नेपालमा फेला पारेका छन्, जुन आफ्नो दुर्गम भूभाग र समृद्ध संस्कृतिको लागि चिनिन्छ। "गोर्खा" शब्दको उत्पत्ति गोरखा राज्यसँग जोडिएको छ, जुन १८ औं शताब्दीमा राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरणको सुरुवात गर्ने एक सानो राज्य हो। गोर्खाहरूले एङ्ग्लो-नेपाली युद्ध (१८१४-१८१६) को समयमा उनीहरूको उग्र युद्ध क्षमता र अदम्य भावनाको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरे, जहाँ उनीहरूले ब्रिटिश इस्ट...

मगरको प्राचीन ईतिहास

सन्जय सिंजाली मगर मगर समुदाय नेपालको एक प्रमुख आदिवासी जनजाति हो, जसको आफ्नै समृद्ध संस्कृति, भाषा, र परम्परा छ। मगर संस्कृति विशेषतः पहाडी क्षेत्रहरूमा बसोबास गर्ने मगर समुदायको सामाजिक, धार्मिक, र सांस्कृतिक जीवनसँग सम्बन्धित छ। यो संस्कृति प्राकृतिक जीवनशैली, सरल जीवन र धार्मिक विश्वासमा आधारित छ। यहाँ मगर संस्कृतिबारे केही महत्वपूर्ण पक्षहरू उल्लेख गरिएका छन् । - भाषा र लिपि  मगरहरूको आफ्नै मगर भाषा छ, जसले तिब्बती/बर्मेली भाषासँग सम्बन्ध राख्छ। यद्यपि मगर भाषा विभिन्न क्षेत्रमा भिन्नतामा बोलिन्छ, प्रमुख तीन बोलीहरू  ढुट, खाम, काईके  हुन्। मगर भाषामा लेखनका लागि देवनागरी लिपिको प्रयोग गरिन्छ। - धार्मिक विश्वास । मगरहरूको धार्मिक जीवन मुख्य रूपमा प्राकृतिक पूजा र आफ्ना पूर्वजहरूको आदरमा आधारित छ। उनीहरू प्राचीन समयदेखि प्रकृतिको पूजा गर्ने  "बनज्यो " ( बनदेवी ) र " भूम्याले " ( पृथ्वी देवता ) जस्ता देवताहरूलाई मान्दै आएका छन्। मगर समुदायमा बुद्ध धर्म प्रति आस्था बढ्ने क्रम छ भने, हिन्दू धर्मको प्रभाव  कमै रहेको पाईन्छ । मगरहरू विभिन्न चाडपर्व मनाउँछन्, जसमध्य...