Skip to main content

एकदिने मगर कला, तथा चलचित्रकर्मीहरुको भेला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।


मगर चलचित्र संघको आयोजनमा भेटघाट तथा समिक्षा कार्यक्रम नेपाल मगर संघ केन्द्रिय समितिको प्राङ्गणमा सम्पन्न भएको छ । बिगत , बर्तमान र भबिष्य हुने चलचित्र भित्रका गतिबिधीलाई नियालेर चौथो महाधिबेशनको पुर्व सन्ध्यामा कार्यक्रम आयोजन गरिएको हो। 

बिशेष गरि अहिेले बजारमा मगर विषय वस्तुको फिल्म, नाटक र साहित्यको जस्ता मगर विषयवस्तुमा आधारित फिल्म, साहित्य र नाटकको स्थिति सुखद यात्रा गरिरहेको छ । घरज्वाईले ५१ दिन मनाइसक्दा, खुश्मा प्रर्दशनको तयार छ, दिलसरा सामुदायिक हलहरुमा प्रदर्शन भइरहेको छ, नाटक सोरठीले दर्शकको न्यानो माया पाइरहेको अवस्थामा, नविन घर्तिमगरले भर्खर सर्वोत्तम म्युजिक भिडियो सम्पादक अवार्ड प्राप्त गर्नुभएको छ । यस्तै साहित्यमा पनि मदन पुरस्कार छनोटमा भावेश भूमरीजीको भावलिपि उत्कृष्ट पाँचमा छनोट भएको थियो । 

यसरी मगर चलचित्र संघलाई अझै अध्ययन, अनुसन्धान र मेहनत प्रशस्त गर्नुपर्ने जिम्मेवारी थपिएको अवस्था छ । मगर चलचित्रकर्मी संघ र मगर चलचित्रकर्मीहरु ले अझै संगठित भएर योगदान दिनुको बिकल्प छैन । मगर भित्रका बौद्धिक सृष्टाहरु को प्रगति र चुनौति बारे बिशेष चर्चा र उनीहरु प्राप्त गरेको सफलतालाई सकरात्मक बहस गरिएको थियो । 

सो कार्यक्रममा मगर चलचित्र संघका संस्थापक अध्यक्ष यूवराज मास्की, संस्थापक सचिव प्रतिमाया पुन र बर्तमान अध्यक्ष भिम राना मगरको मुख्य भूमिका रहेको थियो । त्यस्तै गरि मगर कलाकारकर्मीहरु मा घरज्वाईका लेखक निर्देशक अनिल बुढा मगर, बुध्या मगर, पत्रकार श्याम राना मगर, उपाध्यक्ष बिश्वास मगर लगायत अन्य कलाकारकर्मीहरु उपस्थित हुनुहुन्थ्यो । 

यस औपचारीक कार्यक्रम संघको अध्यक्ष भिम राना मगरको अध्यक्षतामा भएको थियो भने सञ्चालन पत्रकार श्याम राना मगर र समापन संघका उपाध्यक्ष बिश्वास मगरले गर्नु भएको थियो ।


Comments

Popular posts from this blog

धर्म होइन पहिचान संकट हो: मगर बौद्ध बनाउने प्रयासको रोचक प्रपञ्च

-संजय सिन्जाली मगर नेपालका आदिवासी जनजातिहरूमध्ये मगर समुदाय ऐतिहासिक, भाषिक, सांस्कृतिक र धार्मिक दृष्टिले विशिष्ट पहिचान बोकेको समूह हो। आफ्नै खाम ( शामानिक ) धर्म, प्रकृति र पूर्वजपूजामा आधारित जीवनशैली, मौलिक संस्कार, लोपोन्मुख भाषा, लिपि र परम्परागत ज्ञान बोकेको यो समुदायलाई पछिल्ला केही वर्षदेखि जबर्जस्ती बौद्ध धर्ममा सीमित गर्न खोजिने चलन देखा परेको छ। मगर धर्म भनेकै बौद्ध हो भन्ने एकपक्षीय र तथ्यविहीन दावीहरू विभिन्न संघ–संस्था, सामाजिक सञ्जाल, राजनीतिक अभिव्यक्तिहरू हुँदै आम जनमानसमा विस्तार गर्न खोजिँदैछ। यो प्रवृत्तिले मगर समुदायको मौलिक धार्मिक सांस्कृतिक संरचनामाथि गम्भीर हस्तक्षेप गर्दै आएको छ, जसले दीर्घकालमा सांस्कृतिक पहिचानको संकट निम्त्याउन सक्ने देखिन्छ। इतिहासको पुनर्लेखन होइन, यथार्थको सम्मान गरौं : मगरहरूको धार्मिक जीवनशैली प्राचीन कालदेखि नै कुनै संस्थागत धर्मको अनुकरणमा आधारित नभई प्रकृति, पुर्खा र आत्मिक विश्वाससँग सम्बन्धित स्वतन्त्र प्रणालीमा विकसित भएको हो। देवीदेवता, कुलपूजा, साम्दो, भुतपुर्वज, देउराली, ल्हो पद्धति, खाम र सामी संस्कारहरू मगर समुदायका आफ्नै...

पुस्तक समिक्षा ' आयो गोर्खाली '

- सञ्जय सिञ्जली मगर  टिम गुरुङ लेखकद्वारा लिखित 'आयो गोर्खाली' नेपालबाट जन्मिएका प्रख्यात योद्धा गोर्खाहरूको इतिहास, विरासत र प्रभावबारे विस्तृत जानकारीमूलक पुस्तक हो । यस विस्तृत आख्यानको माध्यमबाट गुरुङले गोर्खा पहिचानको सामाजिक राजनीतिक, सांस्कृतिक र ऐतिहासिक आयामहरूको अन्वेषण गरेका छन् र विश्वव्यापी सैन्य बलहरूमा विशेष गरी ब्रिटिश र भारतीय सेनामा उनीहरूको अद्वितीय योगदानमा जोड दिएका छन्। यस पुस्तकमा व्यक्तिगत कथा, ऐतिहासिक विश्लेषण र आज गोर्खा हुनुको अर्थ के हो भन्ने प्रतिबिम्बप्रस्तुत गरिएको छ । - ऐतिहासिक सन्दर्भ र उत्पत्ति गोर्खाहरूले आफ्नो जड हिमालयको भूपरिवेष्टित देश नेपालमा फेला पारेका छन्, जुन आफ्नो दुर्गम भूभाग र समृद्ध संस्कृतिको लागि चिनिन्छ। "गोर्खा" शब्दको उत्पत्ति गोरखा राज्यसँग जोडिएको छ, जुन १८ औं शताब्दीमा राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरणको सुरुवात गर्ने एक सानो राज्य हो। गोर्खाहरूले एङ्ग्लो-नेपाली युद्ध (१८१४-१८१६) को समयमा उनीहरूको उग्र युद्ध क्षमता र अदम्य भावनाको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरे, जहाँ उनीहरूले ब्रिटिश इस्ट...

मगरको प्राचीन ईतिहास

सन्जय सिंजाली मगर मगर समुदाय नेपालको एक प्रमुख आदिवासी जनजाति हो, जसको आफ्नै समृद्ध संस्कृति, भाषा, र परम्परा छ। मगर संस्कृति विशेषतः पहाडी क्षेत्रहरूमा बसोबास गर्ने मगर समुदायको सामाजिक, धार्मिक, र सांस्कृतिक जीवनसँग सम्बन्धित छ। यो संस्कृति प्राकृतिक जीवनशैली, सरल जीवन र धार्मिक विश्वासमा आधारित छ। यहाँ मगर संस्कृतिबारे केही महत्वपूर्ण पक्षहरू उल्लेख गरिएका छन् । - भाषा र लिपि  मगरहरूको आफ्नै मगर भाषा छ, जसले तिब्बती/बर्मेली भाषासँग सम्बन्ध राख्छ। यद्यपि मगर भाषा विभिन्न क्षेत्रमा भिन्नतामा बोलिन्छ, प्रमुख तीन बोलीहरू  ढुट, खाम, काईके  हुन्। मगर भाषामा लेखनका लागि देवनागरी लिपिको प्रयोग गरिन्छ। - धार्मिक विश्वास । मगरहरूको धार्मिक जीवन मुख्य रूपमा प्राकृतिक पूजा र आफ्ना पूर्वजहरूको आदरमा आधारित छ। उनीहरू प्राचीन समयदेखि प्रकृतिको पूजा गर्ने  "बनज्यो " ( बनदेवी ) र " भूम्याले " ( पृथ्वी देवता ) जस्ता देवताहरूलाई मान्दै आएका छन्। मगर समुदायमा बुद्ध धर्म प्रति आस्था बढ्ने क्रम छ भने, हिन्दू धर्मको प्रभाव  कमै रहेको पाईन्छ । मगरहरू विभिन्न चाडपर्व मनाउँछन्, जसमध्य...