-सन्जय सिंजाली मगर
उठ उठ मगरजन हो
अब त उठ
आफ्नो भाषा, सँस्कृति, पहिचानलाई जोगाउँन
रितिरिवाज सँस्कृति, खन्की को छ धनी ।
लडे हिजो पुर्खाले अरुको साम्राज्य जोगाउँन
बिरता र शाहसले बिश्व राष्ट्र हल्लाए
हिजो मगर सोझा थिए युद्धमोर्चमा होमीए
आज मगर शिक्षित छ पूर्खाको निष्ठा जोगाउँन ।
यसरी हुन्न अब मगर दुई फ्याक भएर
मगरको प्रतिष्ठा जोगाउन एकतामा बाधिएर
जस्तो सुकै परिस्थितमा संगठित भई डट्नु छ,
मिल्नु पर्छ अब मगर संगठित भएर ।
उठ उठ मगरजन हो
अब त उठ
शिक्षितहरु कलम लिएर
बौद्धिकहरु राजनीतिक बिचार लिएर उठ ।

Comments