Skip to main content

जनजाति र खपाङ्गीको सम्बन्ध : एकचर्चा

- सन्जय सिन्जाली मगर

सन् २०१३/०४/२५ मा काठमाडौंमा भएको मोटरसाइकल दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेपछि अचेत गोरेबहादुर खपाङ्गी सन् २०१६/८/२७ मा खपाङ्गीको उपचारको क्रममा राजधानीको न्यूरो अस्पतालमा निधन भएको हो ।

२०५९ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भएका बेला राजाको हातबाट टीका थाप्नुलाई धेरैले खपाङ्गीको ‘टर्निङ पोइन्ट’ को रुपमा हेरे ।

शाही सरकारमा मन्त्री बनेका बेला खपाङ्गी राष्ट्रिय जनमुक्ति पार्टी ९ राजमुपा ० का महासचिव र मगर संघका अध्यक्ष थिए । तर मन्त्री भएयता भने दुवै संस्थासँग उनको सम्बन्ध चिसियो ।

लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकारमा मंन्त्री रहेकै बेला खपाङ्गी को नेतृत्वमा प्रजातान्त्रिक जनमुक्ति पार्टी जन्मभएको तर यो पार्टी ६ बर्ष पछि बिनासर्त राष्ट्रिय जनमुक्ति पार्टीमा बिलय गराइयो । अनि खपाङ्गी उक्त्त एकिकृत पार्टीको बरिष्ठ नेता हुनुभयो । राष्ट्रिय जनमुक्ति पार्टीको चौथो राष्ट्रिय महाधिबेशन २०६७ नवलपरासी मा खपाङ्गीले नेतृत्व लिन खोज्नु भयो । तर झिनो मतले एम।एस थापा संग पराजित हुनुभयो । त्यसपछि उहाँ फेरि पार्टी बाट क्रमश टाढा हुन खोजेको देखिन्छ । पार्टीबाट टाढिन खोजेको खपाङ्गीलाई पार्टीमा राखीराख्न कुनै पदीय जिम्मेवारी को ब्यवस्था पनि पार्टी नेतृत्वले नगरेको वा नचाहेको देखिन्छ । फलस्वरुप नेता खपाङ्गीले राष्ट्रिय जनमुक्ति पार्टी ९ चौथो महाधिबेशन समूह ० बनाएर नयाँ पार्टी खोल्ने कसरतमा लाग्नु भयो । यसैबीच उँहा दुर्घटना मा परि अचेत अवस्थामा पुग्नुभयो । उहाँ अचेत रहेको अवस्थामा उहाँको सहयोगीहरु द्धारा उहाँलाई अध्यक्ष राखी ” लिवरल डेमोक्रेटिक पार्टी – नेपाल ” खोल्ने काम भएको हो । पार्टीले संबिधानसभा दोस्रो २०७० को निर्वाचनमा भाग लिएर ३,७२१ मत ल्याएको थियो ।

उनी महासचिव हुँदा राजमुपाले २०४८ मा ३४ हजार ५०९, २०५१ मा ७९ हजार ९९६ र २०५६ को आमनिर्वाचनमा ९४ हजार ८६० मत पाएको थियो । राज्यका हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, संघीयता, धर्मनिरपेक्षतालाई मूल मुद्दा बनाएको राजमुपाबाट २०५१ मा सुनसरी–१ र २०५६ मा पाल्पा–१ बाट संसदीय निर्वाचन लडेर खपाङ्गी तेस्रो स्थानमा आएका थिए ।

रामनगर, महोत्तरीमा जन्मेका खपाङ्गी शिक्षाशास्त्रमा स्नातकोत्तर गरेसँगै रामेछापको गौरीशंकर माविमा प्रधानाध्यापक बनेका थिए । कुनै समय जनकपुरको सूर्ती विकास कम्पनीका जागिरे उनी कम्युनिष्ट राजनीतितर्फ आकर्षित भएपछि राष्ट्रिय पञ्चायत सदस्य पृथ्वीमानसिंह भण्डारी ९ राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीका बुबाुले तत्कालीन उद्योग वाणिज्य मन्त्री नवराज सुवेदीलाई भनी खपाङ्गीलाई शिक्षक बनाएर रामेछाप पठाएको अध्यानमा थाहा पाए।

२०४६ सालको राजनीतिक परिवर्तनपछि भने खपाङ्गी एमएस थापा अध्यक्ष रहेको राजमुपाको संस्थापक महासचिव बन्न पुगे । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहको पोलिटब्यूरो सदस्य रहेका थापा कम्युनिष्ट राजनीतिबाट जातीय मुक्ति संभव नदेखेर राजमुपा गठन गरेको देखिन्छ। यद्यपि, उनी खपाङ्गीलाई राजनीतिकभन्दा सामाजिक नेता भन्न रुचाउँछन् ।

रोचक कुरा चाहिं राजमुपाले स्थापनाकालदेखि नै संघीयताको वकालत गर्दै आए पनि खपाङ्गीले भने संघीयतालाई जातीय मुक्तिको बाटो मान्दैनथे । उनले ,“संघीयता जातीय मुक्तिका लागि नभई विकासका लागि हो भन्ने गर्दथे ।”

राजमुपाको संस्थापक केन्द्रीय सदस्यसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता गोपाल किराती पार्टीसँग गणतन्त्र र जातीय मुक्तिका लागि सशस्त्र युद्ध गर्ने विषयमा कुरा नमिलेपछि किरात वर्कर्स पार्टी निर्माण गर्ने ढिपि कसे । पछि उनि माओबादी दोन्द्धमा सक्रिय रुपमा होमीए । तर युद्ध बिराम पश्चत पहिचानको मुलमुद्धालाई माओबादी पन्छीन अवस्था आएपछि किराँती अलग्नि पुगेका हुन् । जुन राष्ट्रिय जनमुक्ति पार्टी ले उठाएको मुद्धा, माओवादी ले १० बर्ष जनयुद्ध सञ्चालन गरेर सत्तामा पुग्ने भरेङ्ग मात्र बनाएनन् आदिबासी जनजातिको बलिदानलाई सत्तामा पुग्न साथ पहिचानको मुलमुद्धालाई ओझेलो पार्न माओबादी झन आहाम भूमिका खेल्दै गयो ।

आदिवासी जनजातिहरूमा जातीय चेत फैलाउनु खपाङ्गीको सबैभन्दा आहाम भूमिका मानिन्छ । तर, यसलाई बाहुनविरोधी द्वेषको अभिव्यक्तिको अर्थमा हेर्नेहरूको पनि कमी थिएन ।

तर, पूर्व सभासद् र श्रममन्त्री समेत रहेका एमएस थापा भने शान्तिपूर्ण मार्गबाटै उत्पीडित समुदायको अधिकार स्थापित गराउन सकिन्छ भन्ने पुष्टि गर्न खपाङ्गीले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्छन् । “यस्तो विश्वास दिलाउन नसकेको भए अझ धेरै आदिवासी जनजाति माओवादी हिंसामा लाग्नेथिए”, र जातिय सवाल ओझेलोमा पर्दथ्यो ।

यस सामग्री खोज र अध्यान स्रोत बाट तयार परिएको बिचार हो ।

Comments

Popular posts from this blog

धर्म होइन पहिचान संकट हो: मगर बौद्ध बनाउने प्रयासको रोचक प्रपञ्च

-संजय सिन्जाली मगर नेपालका आदिवासी जनजातिहरूमध्ये मगर समुदाय ऐतिहासिक, भाषिक, सांस्कृतिक र धार्मिक दृष्टिले विशिष्ट पहिचान बोकेको समूह हो। आफ्नै खाम ( शामानिक ) धर्म, प्रकृति र पूर्वजपूजामा आधारित जीवनशैली, मौलिक संस्कार, लोपोन्मुख भाषा, लिपि र परम्परागत ज्ञान बोकेको यो समुदायलाई पछिल्ला केही वर्षदेखि जबर्जस्ती बौद्ध धर्ममा सीमित गर्न खोजिने चलन देखा परेको छ। मगर धर्म भनेकै बौद्ध हो भन्ने एकपक्षीय र तथ्यविहीन दावीहरू विभिन्न संघ–संस्था, सामाजिक सञ्जाल, राजनीतिक अभिव्यक्तिहरू हुँदै आम जनमानसमा विस्तार गर्न खोजिँदैछ। यो प्रवृत्तिले मगर समुदायको मौलिक धार्मिक सांस्कृतिक संरचनामाथि गम्भीर हस्तक्षेप गर्दै आएको छ, जसले दीर्घकालमा सांस्कृतिक पहिचानको संकट निम्त्याउन सक्ने देखिन्छ। इतिहासको पुनर्लेखन होइन, यथार्थको सम्मान गरौं : मगरहरूको धार्मिक जीवनशैली प्राचीन कालदेखि नै कुनै संस्थागत धर्मको अनुकरणमा आधारित नभई प्रकृति, पुर्खा र आत्मिक विश्वाससँग सम्बन्धित स्वतन्त्र प्रणालीमा विकसित भएको हो। देवीदेवता, कुलपूजा, साम्दो, भुतपुर्वज, देउराली, ल्हो पद्धति, खाम र सामी संस्कारहरू मगर समुदायका आफ्नै...

पुस्तक समिक्षा ' आयो गोर्खाली '

- सञ्जय सिञ्जली मगर  टिम गुरुङ लेखकद्वारा लिखित 'आयो गोर्खाली' नेपालबाट जन्मिएका प्रख्यात योद्धा गोर्खाहरूको इतिहास, विरासत र प्रभावबारे विस्तृत जानकारीमूलक पुस्तक हो । यस विस्तृत आख्यानको माध्यमबाट गुरुङले गोर्खा पहिचानको सामाजिक राजनीतिक, सांस्कृतिक र ऐतिहासिक आयामहरूको अन्वेषण गरेका छन् र विश्वव्यापी सैन्य बलहरूमा विशेष गरी ब्रिटिश र भारतीय सेनामा उनीहरूको अद्वितीय योगदानमा जोड दिएका छन्। यस पुस्तकमा व्यक्तिगत कथा, ऐतिहासिक विश्लेषण र आज गोर्खा हुनुको अर्थ के हो भन्ने प्रतिबिम्बप्रस्तुत गरिएको छ । - ऐतिहासिक सन्दर्भ र उत्पत्ति गोर्खाहरूले आफ्नो जड हिमालयको भूपरिवेष्टित देश नेपालमा फेला पारेका छन्, जुन आफ्नो दुर्गम भूभाग र समृद्ध संस्कृतिको लागि चिनिन्छ। "गोर्खा" शब्दको उत्पत्ति गोरखा राज्यसँग जोडिएको छ, जुन १८ औं शताब्दीमा राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरणको सुरुवात गर्ने एक सानो राज्य हो। गोर्खाहरूले एङ्ग्लो-नेपाली युद्ध (१८१४-१८१६) को समयमा उनीहरूको उग्र युद्ध क्षमता र अदम्य भावनाको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरे, जहाँ उनीहरूले ब्रिटिश इस्ट...

मगरको प्राचीन ईतिहास

सन्जय सिंजाली मगर मगर समुदाय नेपालको एक प्रमुख आदिवासी जनजाति हो, जसको आफ्नै समृद्ध संस्कृति, भाषा, र परम्परा छ। मगर संस्कृति विशेषतः पहाडी क्षेत्रहरूमा बसोबास गर्ने मगर समुदायको सामाजिक, धार्मिक, र सांस्कृतिक जीवनसँग सम्बन्धित छ। यो संस्कृति प्राकृतिक जीवनशैली, सरल जीवन र धार्मिक विश्वासमा आधारित छ। यहाँ मगर संस्कृतिबारे केही महत्वपूर्ण पक्षहरू उल्लेख गरिएका छन् । - भाषा र लिपि  मगरहरूको आफ्नै मगर भाषा छ, जसले तिब्बती/बर्मेली भाषासँग सम्बन्ध राख्छ। यद्यपि मगर भाषा विभिन्न क्षेत्रमा भिन्नतामा बोलिन्छ, प्रमुख तीन बोलीहरू  ढुट, खाम, काईके  हुन्। मगर भाषामा लेखनका लागि देवनागरी लिपिको प्रयोग गरिन्छ। - धार्मिक विश्वास । मगरहरूको धार्मिक जीवन मुख्य रूपमा प्राकृतिक पूजा र आफ्ना पूर्वजहरूको आदरमा आधारित छ। उनीहरू प्राचीन समयदेखि प्रकृतिको पूजा गर्ने  "बनज्यो " ( बनदेवी ) र " भूम्याले " ( पृथ्वी देवता ) जस्ता देवताहरूलाई मान्दै आएका छन्। मगर समुदायमा बुद्ध धर्म प्रति आस्था बढ्ने क्रम छ भने, हिन्दू धर्मको प्रभाव  कमै रहेको पाईन्छ । मगरहरू विभिन्न चाडपर्व मनाउँछन्, जसमध्य...