Skip to main content

जनजाति र खपाङ्गीको सम्बन्ध : एकचर्चा

- सन्जय सिन्जाली मगर

सन् २०१३/०४/२५ मा काठमाडौंमा भएको मोटरसाइकल दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेपछि अचेत गोरेबहादुर खपाङ्गी सन् २०१६/८/२७ मा खपाङ्गीको उपचारको क्रममा राजधानीको न्यूरो अस्पतालमा निधन भएको हो ।

२०५९ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भएका बेला राजाको हातबाट टीका थाप्नुलाई धेरैले खपाङ्गीको ‘टर्निङ पोइन्ट’ को रुपमा हेरे ।

शाही सरकारमा मन्त्री बनेका बेला खपाङ्गी राष्ट्रिय जनमुक्ति पार्टी ९ राजमुपा ० का महासचिव र मगर संघका अध्यक्ष थिए । तर मन्त्री भएयता भने दुवै संस्थासँग उनको सम्बन्ध चिसियो ।

लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकारमा मंन्त्री रहेकै बेला खपाङ्गी को नेतृत्वमा प्रजातान्त्रिक जनमुक्ति पार्टी जन्मभएको तर यो पार्टी ६ बर्ष पछि बिनासर्त राष्ट्रिय जनमुक्ति पार्टीमा बिलय गराइयो । अनि खपाङ्गी उक्त्त एकिकृत पार्टीको बरिष्ठ नेता हुनुभयो । राष्ट्रिय जनमुक्ति पार्टीको चौथो राष्ट्रिय महाधिबेशन २०६७ नवलपरासी मा खपाङ्गीले नेतृत्व लिन खोज्नु भयो । तर झिनो मतले एम।एस थापा संग पराजित हुनुभयो । त्यसपछि उहाँ फेरि पार्टी बाट क्रमश टाढा हुन खोजेको देखिन्छ । पार्टीबाट टाढिन खोजेको खपाङ्गीलाई पार्टीमा राखीराख्न कुनै पदीय जिम्मेवारी को ब्यवस्था पनि पार्टी नेतृत्वले नगरेको वा नचाहेको देखिन्छ । फलस्वरुप नेता खपाङ्गीले राष्ट्रिय जनमुक्ति पार्टी ९ चौथो महाधिबेशन समूह ० बनाएर नयाँ पार्टी खोल्ने कसरतमा लाग्नु भयो । यसैबीच उँहा दुर्घटना मा परि अचेत अवस्थामा पुग्नुभयो । उहाँ अचेत रहेको अवस्थामा उहाँको सहयोगीहरु द्धारा उहाँलाई अध्यक्ष राखी ” लिवरल डेमोक्रेटिक पार्टी – नेपाल ” खोल्ने काम भएको हो । पार्टीले संबिधानसभा दोस्रो २०७० को निर्वाचनमा भाग लिएर ३,७२१ मत ल्याएको थियो ।

उनी महासचिव हुँदा राजमुपाले २०४८ मा ३४ हजार ५०९, २०५१ मा ७९ हजार ९९६ र २०५६ को आमनिर्वाचनमा ९४ हजार ८६० मत पाएको थियो । राज्यका हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, संघीयता, धर्मनिरपेक्षतालाई मूल मुद्दा बनाएको राजमुपाबाट २०५१ मा सुनसरी–१ र २०५६ मा पाल्पा–१ बाट संसदीय निर्वाचन लडेर खपाङ्गी तेस्रो स्थानमा आएका थिए ।

रामनगर, महोत्तरीमा जन्मेका खपाङ्गी शिक्षाशास्त्रमा स्नातकोत्तर गरेसँगै रामेछापको गौरीशंकर माविमा प्रधानाध्यापक बनेका थिए । कुनै समय जनकपुरको सूर्ती विकास कम्पनीका जागिरे उनी कम्युनिष्ट राजनीतितर्फ आकर्षित भएपछि राष्ट्रिय पञ्चायत सदस्य पृथ्वीमानसिंह भण्डारी ९ राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीका बुबाुले तत्कालीन उद्योग वाणिज्य मन्त्री नवराज सुवेदीलाई भनी खपाङ्गीलाई शिक्षक बनाएर रामेछाप पठाएको अध्यानमा थाहा पाए।

२०४६ सालको राजनीतिक परिवर्तनपछि भने खपाङ्गी एमएस थापा अध्यक्ष रहेको राजमुपाको संस्थापक महासचिव बन्न पुगे । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहको पोलिटब्यूरो सदस्य रहेका थापा कम्युनिष्ट राजनीतिबाट जातीय मुक्ति संभव नदेखेर राजमुपा गठन गरेको देखिन्छ। यद्यपि, उनी खपाङ्गीलाई राजनीतिकभन्दा सामाजिक नेता भन्न रुचाउँछन् ।

रोचक कुरा चाहिं राजमुपाले स्थापनाकालदेखि नै संघीयताको वकालत गर्दै आए पनि खपाङ्गीले भने संघीयतालाई जातीय मुक्तिको बाटो मान्दैनथे । उनले ,“संघीयता जातीय मुक्तिका लागि नभई विकासका लागि हो भन्ने गर्दथे ।”

राजमुपाको संस्थापक केन्द्रीय सदस्यसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता गोपाल किराती पार्टीसँग गणतन्त्र र जातीय मुक्तिका लागि सशस्त्र युद्ध गर्ने विषयमा कुरा नमिलेपछि किरात वर्कर्स पार्टी निर्माण गर्ने ढिपि कसे । पछि उनि माओबादी दोन्द्धमा सक्रिय रुपमा होमीए । तर युद्ध बिराम पश्चत पहिचानको मुलमुद्धालाई माओबादी पन्छीन अवस्था आएपछि किराँती अलग्नि पुगेका हुन् । जुन राष्ट्रिय जनमुक्ति पार्टी ले उठाएको मुद्धा, माओवादी ले १० बर्ष जनयुद्ध सञ्चालन गरेर सत्तामा पुग्ने भरेङ्ग मात्र बनाएनन् आदिबासी जनजातिको बलिदानलाई सत्तामा पुग्न साथ पहिचानको मुलमुद्धालाई ओझेलो पार्न माओबादी झन आहाम भूमिका खेल्दै गयो ।

आदिवासी जनजातिहरूमा जातीय चेत फैलाउनु खपाङ्गीको सबैभन्दा आहाम भूमिका मानिन्छ । तर, यसलाई बाहुनविरोधी द्वेषको अभिव्यक्तिको अर्थमा हेर्नेहरूको पनि कमी थिएन ।

तर, पूर्व सभासद् र श्रममन्त्री समेत रहेका एमएस थापा भने शान्तिपूर्ण मार्गबाटै उत्पीडित समुदायको अधिकार स्थापित गराउन सकिन्छ भन्ने पुष्टि गर्न खपाङ्गीले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्छन् । “यस्तो विश्वास दिलाउन नसकेको भए अझ धेरै आदिवासी जनजाति माओवादी हिंसामा लाग्नेथिए”, र जातिय सवाल ओझेलोमा पर्दथ्यो ।

यस सामग्री खोज र अध्यान स्रोत बाट तयार परिएको बिचार हो ।

Comments

Popular posts from this blog

पाल्पा रम्भा गाउँपालीकाको मगर यूवाहरु मगरात जोङ संस्थामा संगठित भए

मगरको भाषा, धर्म, संस्कार, रितिरिवाज संरक्षण प्रबद्धन र एकताबद्ध गर्दै पुस्ताहस्तान्तरण गर्ने लक्ष्य सहित औपचारिक कार्यक्रम आयोजना गरिएको संस्थाका बिरष्ठि उपाध्यक्ष सुदिप काम्मु मगरले जानकारी दिनुभयो । मगरको आफ्नै बिशेष पहिचान छ, जुन नयाँ पुस्ताले यसको अनुभव गर्न नपाउँने हुन् की भन्ने उनको बढो गुनासो थियो । हाम्रो संस्था मगरात जोङ दर्ता प्रकिृयामा रहेको र, संस्था दर्ता पश्चात अझ नयाँ योजना थप गर्दै लैजाने छौ । उनले थपे बिशेष गरि यहाँका मगरका बच्चाहरु लाई बिधालय जाने बातवरण गराउँने र रम्भा गाउँपालीकाको स्कुलमा मगर भाषालाई पठनपाठनको रुपमा लागु गराउँनाका निम्ति पनि यस संस्था जुटोको हो । यस औपचारिक कार्यक्रममा रम्भा गाउँपालीका भित्र पर्ने पाँच वटै वडा बाट मगरहरु सहभागी जनाएका थिए । यसरी आयोजना गरिएको कार्यक्रम रम्भा गाउँपालिका वडा ५, ताहुँ स्थित रेडक्रस भवनमा सम्पन्न भएको थियो । सो भेला बाट थप गर्ने गरि ११ जनाको नयाँ कार्यसमिति निर्माण गरिएको छ । साथै संस्थाका निर्वाचित नाम यस प्रकारका छन् । अध्यक्ष : दिपक काम्मु मगर बरिष्ठ : उपाध्यक्ष सुदिप काम्मु मगर उपाध्यक्ष : गंगा मंश्राङ्गी मगर सचिव...

लघु कथा : ब्यापार संघर्ष

सन्जय सिंजाली मगर कृष्ण थापा, सानो गाउँमा जन्मिएका एक युवक, आफ्नो परिवारको आर्थिक अवस्थाले पिरोलिएका थिए। उनी किसान परिवारमा जन्मिएका थिए र सानैदेखि खेतबारीमा काम गर्नु उनको दिनचर्या थियो। तर, उनका आँखा धेरै टाढा थिए। उनलाई ठूला शहरको चहलपहल र जीवनमा केही ठूला कुरा गर्नुपर्ने सपनाहरू थिए। विद्यालयमा पढ्नका लागि पर्याप्त साधन थिएनन्, तर कृष्णले आफ्नो अध्ययनलाई कहिल्यै कमजोर बन्न दिएनन्। उनी साँझ खेतमा काम गर्थे र बिहान बिहान सबेरै उठेर विद्यालय जान्थे। साथीहरूले उनीमाथि हाँसे, गाउँलेहरूले उनलाई तिमीले के नै गर्न सक्छौ र भनेर खिसी गरे। तर, कृष्णको मनमा केही फरक योजना थियो। विद्यालय सकिएपछि उनी काठमाडौं जाने निर्णय गरे। घरमा कसैले उनलाई रोक्न चाहेनन्, तर सहयोग गर्ने कोही पनि थिएन। उनले आफ्नो सानो कोठरीमा रहेका केही सामानहरू बेचेर काठमाडौंका लागि यात्रा सुरु गरे। शहरमा उनले संघर्षको नयाँ आयाम भेटे रातभर जागिर, बिहान कलेज। कहिलेकाहीं खान नपाएर सुत्नुपर्थ्यो, तर उनले कहिल्यै हार मानेनन्। उनी हरेक सानोतिनो अवसरको खोजीमा रहन्थे। कहिलेकाहीं पैसाको अभावले गर्दा पुस्तक किन्न नसक्दा सार्वजनिक पुस्...

धर्म होइन पहिचान संकट हो: मगर बौद्ध बनाउने प्रयासको रोचक प्रपञ्च

-संजय सिन्जाली मगर नेपालका आदिवासी जनजातिहरूमध्ये मगर समुदाय ऐतिहासिक, भाषिक, सांस्कृतिक र धार्मिक दृष्टिले विशिष्ट पहिचान बोकेको समूह हो। आफ्नै खाम ( शामानिक ) धर्म, प्रकृति र पूर्वजपूजामा आधारित जीवनशैली, मौलिक संस्कार, लोपोन्मुख भाषा, लिपि र परम्परागत ज्ञान बोकेको यो समुदायलाई पछिल्ला केही वर्षदेखि जबर्जस्ती बौद्ध धर्ममा सीमित गर्न खोजिने चलन देखा परेको छ। मगर धर्म भनेकै बौद्ध हो भन्ने एकपक्षीय र तथ्यविहीन दावीहरू विभिन्न संघ–संस्था, सामाजिक सञ्जाल, राजनीतिक अभिव्यक्तिहरू हुँदै आम जनमानसमा विस्तार गर्न खोजिँदैछ। यो प्रवृत्तिले मगर समुदायको मौलिक धार्मिक सांस्कृतिक संरचनामाथि गम्भीर हस्तक्षेप गर्दै आएको छ, जसले दीर्घकालमा सांस्कृतिक पहिचानको संकट निम्त्याउन सक्ने देखिन्छ। इतिहासको पुनर्लेखन होइन, यथार्थको सम्मान गरौं : मगरहरूको धार्मिक जीवनशैली प्राचीन कालदेखि नै कुनै संस्थागत धर्मको अनुकरणमा आधारित नभई प्रकृति, पुर्खा र आत्मिक विश्वाससँग सम्बन्धित स्वतन्त्र प्रणालीमा विकसित भएको हो। देवीदेवता, कुलपूजा, साम्दो, भुतपुर्वज, देउराली, ल्हो पद्धति, खाम र सामी संस्कारहरू मगर समुदायका आफ्नै...