काठमाडौं, असार १ - चार वर्षअघि सामान्य सेकुवा पसलको रूपमा सुरु गरिएको “ नाङ्लो सेकुवा घर ” आज काठमाडौं उपत्यकामा स्वाद र सेवाको उत्कृष्ट संयोजनका कारण ब्राण्डको रूपमा स्थापित भइसकेको छ । नेपाली स्वादप्रेमीहरूको रोजाइमा पर्न सफल यस रेष्टुरेन्टले अब बफ, चिकेन, पोर्कदेखि ग्रिल फिस, ग्रिल चिकेन फिससम्मका विविध परिकार सहज मूल्यमा उपलब्ध गराउँदै आएको छ ।
सिर्फ सेकुवा मात्र होइन, यहाँ पिज्जा, बर्गर, सेन्डविच, बिर्यानीजस्ता आधुनिक खानाका विकल्प पनि छन्, जुन “कम्बो सेट” मार्फत ग्राहकले बढी स्वाद, कम मूल्यको अनुभव गर्न सक्नेछन् ।
नेपाली सांस्कृतिक स्वाद मन पराउने ग्राहकहरूका लागि भने “नेवारी खाजा सेट” विशेष आकर्षण बनेको छ । बारा, चटामुरी, सापु मिचा, गेडागुडी, अचार लगायतका परिकारहरू यहाँ अत्यन्तै सस्तो मूल्यमा पाइन्छन्, जसले परम्परागत स्वादलाई नयाँ पुस्तामा पुर्याउने उत्कृष्ट प्रयास गरिरहेको छ ।
ग्राहकमैत्री सेवा विस्तारका क्रममै नाङ्लो सेकुवा घरले हाल २ किलोमिटर भित्रका ग्राहकलाई निःशुल्क होम डेलिभरी सेवा पनि सुरु गरेको छ, जसले घरमै बसी उच्च गुणस्तरको खाना स्वाद लिन सक्ने वातावरण तयार पारेको छ ।
Comments