- लाङ्घाली लाफा ( सन्जय )
म मौन छु, निःशब्द बनेर,
मुकुम्लुङको शिर झुकाउँदै,
तिम्रा स्मृतिहरू सँगाल्दै,
मनको कुना-चौतारा समेट्दै।
अतितका ती गन्धहरूले भरिएको,
यही मौन, तिम्रो प्रतीक्षामा छ,
नयाँ सपनाहरू बोक्दै,
नवीन आशाका उज्यालाहरू खोज्दै।
सम्झनाको धुवाँलो बिचमा,
हिँडिरहेछु तिम्रा पाइला खोज्दै,
भाषाहीन प्रेमको स्वर बनेर,
सुनाइरहेछु मौनतामा गीतहरू।
म मौन छु आज,
तर शब्दहरू बहिरहेछन् मबाट,
मुकुम्लुङको शिर झुक्दा,
तिम्रो माया सँगै, मेरो अस्तित्व हराउँदै। मलाई बचाउँ ! मेरा अस्तित्वहरु बचाउँ, नत्र म हराएर जाने छु ।
Comments