Skip to main content

Posts

कविता : जिन्दगीलाई अर्थ दिंदै

                                           - सन्जय सिंजाली मगर फेरी भेटा हूला, कुनै दिन फेरी यो जीवनको भुलभुलैयामा तिमी र म फेरी सामना गर्दै, हाम्रो पाइला मिल्दै, जिन्दगीलाई अर्थ दिंदै। अझै सम्झनामा छ तिम्रो मुस्कान, छिन भरको त्यो नजर खेलाइ, यो मन अझै पनि सपना देख्दै छ, तिमी फेरी आउँछौ भनेर। फेरी भेटा हूला, हाम्रा सपना फेरि जोडिंदै मनका कथा सँगै गाउँदै, सुख-दुख बाड्दै, हाँस्दै अनि रुँदै, यो जिन्दगीलाई फेरि सजाउँदा भेटा हूला। फेरी भेटा हूला, जहाँ हाम्रो बाटो छुटेको थियो, त्यसै बाटोमा म तिम्रो पर्खाइमा छु, कुनै दिन, कुनै समय, तिमी र म फेरी भेटा हूला।