Skip to main content

सचिनको संगितीक यात्रा

आज एक बहु-चर्चित आर्टिस्ट संग संबाद गरेका छौं । उहाँको नाम सचिन थापा मगर हो । सचिन थापा मगर भैरहवाको बासिन्दा हुनुहुन्छ । जन्मथलो भारत शहरको  कलकत्ता भएपनि, बिगत लामो समय देखि काठमाण्डौंलाई कर्मथलो बनाउँदै आउँनु भएको छ । आज म उहाँको बिषयमा चर्चा गर्दैछु ।

कुनै बेला गित संगीतको पाटोमा लाग्ने कमै हुन्थे । त्यस समयमा  उहाले कठिन परिबन्धको बाबजुद पनि शब्द कोरी शब्दमा संगीत  भरी राम्रो गीतहरुको सृजना गर्नुहुन्थ्यो । उहा कुनै बेला गित संगितमा लाग्दै गर्दा बिभिन्न समस्याहरु झेल्नु परेपनी आफ्नो जिवनको संगितको यात्रामै निरन्तरता दिने योजना बनाई निरन्तर यात्रा अघी बढाउनु भयो यो नै सचिन थापाको सफलता अनी सन्तुष्टी थियो, त्यस समयमा निकै कठिनाई अवस्था हुने गर्दथ्यो । गित संगित लेख्न रेर्कड गर्न भने त्यति सजिलो पाटो भने होईन । तर समयक्रमसंगै चल्न सक्ने एक खुबी सचिन थापा मगरसंग थियो । त्यसै क्रममा उहाले आफ्नै प्रड्क्सन हाउस खोल्ने हुटहुटी जागेको बताउनु हुन्छ । त्यस समयमा प्रड्क्सन हाउस खोल्न धेरै झनझटिलो थियो । यस्तो काममा हात लाग्न ठूलै मान्छेको संगत गर्नुपर्ने हुँदा सचिनले लामो संघर्ष झेल्नु परेको कुरा बताउनु हुन्छ । 

यसरी लामो संकल्प, प्रयास र कर्मशिलता पछि उहाको नयाँ परिकल्पना जुर्ने अवस्थामा थियो । तर म्यूजीक प्रड्क्सन हाउस त खोल्ने तर नाम जुराउन भने धेरै सकस भएको अनुभव बताउनु हुन्छ । सुरु सुरु मा प्रड्क्सन हाउस खोल्न पैसा भए पनि उहालाई सुझाउने कोही थिएन, सबै आफ्नो साथिहरुको संगतले फिल्डमा जाने, अनुभव लिने र अभ्यास गर्दै यहाँ सम्म आएको बताउनु हुन्छ । सचिन थापा मगर घर परिवारको कान्छो छोरा अर्थात एक दिदी, दाई पछिको सौखिन परिवारमा जन्मेका कान्छ छोरा हुनुहुन्छ । त्यस समयमा उहाको बाबा भारतीय लाहुरे हुनुहुन्थ्यो । यसरी परिवारको साथ सर्पोट पाएको हुनुपर्छ, गितसंगितमा लाग्नुको एउटा प्रेरणा ।

सचिनसंग यूवा अवस्था देखिनै फेसन शो, आधुनीक गित सुन्ने, साथै पढाईमा उत्तिकै कर्मठ भएको भएर होला गित रचना गर्न,  गिटारबजाउन अदभूत कला छ । 

उहाँको लगभग दुई दर्जन भन्दा बढि गितमा शब्द संगित भरिसकेको राम्रो अनुभव रहेको पाउँछौ । उहा संग चर्चित नेपाली आर्टिस्ट तथा सेलिब्रेटीहरु काम गरिसकेका छन् । उहाले दुई दर्जन भन्दा बढि आफ्नै शब्द संगितमा रेकडिंग गराई स्वंय आफै छायाकन तथा निर्देशन पनि गर्दे आउनु भएको छ । सो भिडियोहरु हेर्न आश म्यूजिक कम्पनी मार्फत युटुब च्यानलमा खोज्न सक्छौ । उहाको दर्जनौ उत्कृष्ट भिडियोहरु युटुब मार्फत प्रसारणमा राखिएको छ । यसरी लामो प्रयास पछि आश म्यूजिक कम्पनी प्रा.लि. ले निरन्तर चर्चा बदुलेको छ।

Comments

Popular posts from this blog

धर्म होइन पहिचान संकट हो: मगर बौद्ध बनाउने प्रयासको रोचक प्रपञ्च

-संजय सिन्जाली मगर नेपालका आदिवासी जनजातिहरूमध्ये मगर समुदाय ऐतिहासिक, भाषिक, सांस्कृतिक र धार्मिक दृष्टिले विशिष्ट पहिचान बोकेको समूह हो। आफ्नै खाम ( शामानिक ) धर्म, प्रकृति र पूर्वजपूजामा आधारित जीवनशैली, मौलिक संस्कार, लोपोन्मुख भाषा, लिपि र परम्परागत ज्ञान बोकेको यो समुदायलाई पछिल्ला केही वर्षदेखि जबर्जस्ती बौद्ध धर्ममा सीमित गर्न खोजिने चलन देखा परेको छ। मगर धर्म भनेकै बौद्ध हो भन्ने एकपक्षीय र तथ्यविहीन दावीहरू विभिन्न संघ–संस्था, सामाजिक सञ्जाल, राजनीतिक अभिव्यक्तिहरू हुँदै आम जनमानसमा विस्तार गर्न खोजिँदैछ। यो प्रवृत्तिले मगर समुदायको मौलिक धार्मिक सांस्कृतिक संरचनामाथि गम्भीर हस्तक्षेप गर्दै आएको छ, जसले दीर्घकालमा सांस्कृतिक पहिचानको संकट निम्त्याउन सक्ने देखिन्छ। इतिहासको पुनर्लेखन होइन, यथार्थको सम्मान गरौं : मगरहरूको धार्मिक जीवनशैली प्राचीन कालदेखि नै कुनै संस्थागत धर्मको अनुकरणमा आधारित नभई प्रकृति, पुर्खा र आत्मिक विश्वाससँग सम्बन्धित स्वतन्त्र प्रणालीमा विकसित भएको हो। देवीदेवता, कुलपूजा, साम्दो, भुतपुर्वज, देउराली, ल्हो पद्धति, खाम र सामी संस्कारहरू मगर समुदायका आफ्नै...

पुस्तक समिक्षा ' आयो गोर्खाली '

- सञ्जय सिञ्जली मगर  टिम गुरुङ लेखकद्वारा लिखित 'आयो गोर्खाली' नेपालबाट जन्मिएका प्रख्यात योद्धा गोर्खाहरूको इतिहास, विरासत र प्रभावबारे विस्तृत जानकारीमूलक पुस्तक हो । यस विस्तृत आख्यानको माध्यमबाट गुरुङले गोर्खा पहिचानको सामाजिक राजनीतिक, सांस्कृतिक र ऐतिहासिक आयामहरूको अन्वेषण गरेका छन् र विश्वव्यापी सैन्य बलहरूमा विशेष गरी ब्रिटिश र भारतीय सेनामा उनीहरूको अद्वितीय योगदानमा जोड दिएका छन्। यस पुस्तकमा व्यक्तिगत कथा, ऐतिहासिक विश्लेषण र आज गोर्खा हुनुको अर्थ के हो भन्ने प्रतिबिम्बप्रस्तुत गरिएको छ । - ऐतिहासिक सन्दर्भ र उत्पत्ति गोर्खाहरूले आफ्नो जड हिमालयको भूपरिवेष्टित देश नेपालमा फेला पारेका छन्, जुन आफ्नो दुर्गम भूभाग र समृद्ध संस्कृतिको लागि चिनिन्छ। "गोर्खा" शब्दको उत्पत्ति गोरखा राज्यसँग जोडिएको छ, जुन १८ औं शताब्दीमा राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरणको सुरुवात गर्ने एक सानो राज्य हो। गोर्खाहरूले एङ्ग्लो-नेपाली युद्ध (१८१४-१८१६) को समयमा उनीहरूको उग्र युद्ध क्षमता र अदम्य भावनाको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरे, जहाँ उनीहरूले ब्रिटिश इस्ट...

मगरको प्राचीन ईतिहास

सन्जय सिंजाली मगर मगर समुदाय नेपालको एक प्रमुख आदिवासी जनजाति हो, जसको आफ्नै समृद्ध संस्कृति, भाषा, र परम्परा छ। मगर संस्कृति विशेषतः पहाडी क्षेत्रहरूमा बसोबास गर्ने मगर समुदायको सामाजिक, धार्मिक, र सांस्कृतिक जीवनसँग सम्बन्धित छ। यो संस्कृति प्राकृतिक जीवनशैली, सरल जीवन र धार्मिक विश्वासमा आधारित छ। यहाँ मगर संस्कृतिबारे केही महत्वपूर्ण पक्षहरू उल्लेख गरिएका छन् । - भाषा र लिपि  मगरहरूको आफ्नै मगर भाषा छ, जसले तिब्बती/बर्मेली भाषासँग सम्बन्ध राख्छ। यद्यपि मगर भाषा विभिन्न क्षेत्रमा भिन्नतामा बोलिन्छ, प्रमुख तीन बोलीहरू  ढुट, खाम, काईके  हुन्। मगर भाषामा लेखनका लागि देवनागरी लिपिको प्रयोग गरिन्छ। - धार्मिक विश्वास । मगरहरूको धार्मिक जीवन मुख्य रूपमा प्राकृतिक पूजा र आफ्ना पूर्वजहरूको आदरमा आधारित छ। उनीहरू प्राचीन समयदेखि प्रकृतिको पूजा गर्ने  "बनज्यो " ( बनदेवी ) र " भूम्याले " ( पृथ्वी देवता ) जस्ता देवताहरूलाई मान्दै आएका छन्। मगर समुदायमा बुद्ध धर्म प्रति आस्था बढ्ने क्रम छ भने, हिन्दू धर्मको प्रभाव  कमै रहेको पाईन्छ । मगरहरू विभिन्न चाडपर्व मनाउँछन्, जसमध्य...