-समर शर्मा घिमिरे
सम्झना छ भन भन भाई हो भैलीनिको
याद आउँछ बत्ती र त्यो झिलिमिलीको
अरु पर्व त त्यस्तै हो, बत्तीको यो पर्व
रातो र चिप्लो बाटो भन्दै लाग्छ गर्व ।
विचित्रको चाडपर्व हाम्रो भाइलाई बाँध्ने दिदीबहिनीबाट
चरा, चौपायलाई पुज्ने हामी, बुझ्ने हामी रक्षा उनीबाट
खेल्दै नखेल्ने पनि पुग्छन् कौडा र पासाको जुवामा
मेटाउँछन् पिर चिन्ता द्वेष , जोड्ने भाइचारा आशामा ।
अझ धेरै आउँछ याद बालापनको देउसुरेको
जम्मा गरेका ती दान हामीले, जान्थ्यो वनभोजको
सम्झना छ भन भन भाइ हो भैलेनीको
याद आउँछ बत्ती र त्यो झिलिमिलीको ।
Comments