हिजो सिन्धुबाट आएका
हिन्दु मनुस्मृतिवादीहरू हो,
जातजातिभित्र पर्ने मगर सभ्यतामा छिरेर
मगरातको प्राकृत संगमस्थल ‘रिडी’लाई
‘रुरु’ भनी अपभ्रंश नगरिदेऊ।
मगर जातिको आस्था रहेको सत्यवती थानलाई
नाम मेटेर अन्याय नगरिदेऊ।
किराँतीहरूको आस्थाको धरोहर मुकुम्लुङमाथि
एकल जातिले निरन्तर प्रहार गरिरहेछ।
त्यसैको फलस्वरूप हिजो–अस्ति
काल्पनिक नाम ‘पाथिभरा’ राखिएको छ।
बिचार गर है, नश्लीय चिन्तन हो!
विकासका नारा लगाएर
राजनीति र छलछामको आडमा
आज फेरि कुनै व्यापारीले
मुकुम्लुङमा केबलकार परियोजना बनाउँदैछ रे!
तर यसको प्रतिकारमा
मटेयाग्रो खेलाएर विश्वयुद्ध लडेका किराँत जातिमाथि नबाझ।
किराँती राई-लिम्बु जातिले नचाहेको दाबले
छिनाएको भनेपछि छिनाइदिन्छन् रे!
Comments