Skip to main content

कविता : लेकै चरि

- सन्जय सिंजाली मगर

लालीगुराँस फुल्यो ढकमक्क लेकै भरि मन हरायो डाँडाकाँडो हेर्दै, एकान्त शून्यतासँग चौरी रमायो देउराली भिरपाखामा अचानक आयो याद, मनको गहिराइ सरी । देउरालीमा भेटिएका ती थोरै क्षणहरू अझै पनि ओसिला छन्, आहा कति मिठा ती दृष्टि क्षण मन भन्छ यहीँ बसौं, यो सौन्दर्यको हृदयभरि । सुँगुरेका ती फुलहरूजस्तै हाम्रा सपनाहरू पहाडी हावामा फर्फराउँछन्, अग्ला बाँसघारीभित्र कतै गुम्सिएका तिमीले भनेका शब्दहरू अझै गुञ्जिरहेझैँ लाग्छ । टाढै देउरालीको कुना कुना तिम्रो हाँसोले भरिएको अनुभव हुन्छ, त्यही हाँसोले मन रित्तिएको क्षणमा म फेरि बाँच्न थाल्छु स्मृतिका फूल टिप्दै । घामले छोएको हरियो पाखोमा तिमी र म, अनि त्यो मौनता ती पलहरूमा समय पनि रोकिएजस्तो थियो, जसले प्रेम, पीडा र सुन्दरतालाई एकसाथ पस्केको थियो । यहीँ कतै मन हरायो फेरि, चुपचाप हेर्दै लालीगुराँसको खिलखिलाहट, र सम्झँदैछु तिमी बिना पनि, तिमी सँगसँगै भएकाजस्तो ।




Comments

Popular posts from this blog

धर्म होइन पहिचान संकट हो: मगर बौद्ध बनाउने प्रयासको रोचक प्रपञ्च

-संजय सिन्जाली मगर नेपालका आदिवासी जनजातिहरूमध्ये मगर समुदाय ऐतिहासिक, भाषिक, सांस्कृतिक र धार्मिक दृष्टिले विशिष्ट पहिचान बोकेको समूह हो। आफ्नै खाम ( शामानिक ) धर्म, प्रकृति र पूर्वजपूजामा आधारित जीवनशैली, मौलिक संस्कार, लोपोन्मुख भाषा, लिपि र परम्परागत ज्ञान बोकेको यो समुदायलाई पछिल्ला केही वर्षदेखि जबर्जस्ती बौद्ध धर्ममा सीमित गर्न खोजिने चलन देखा परेको छ। मगर धर्म भनेकै बौद्ध हो भन्ने एकपक्षीय र तथ्यविहीन दावीहरू विभिन्न संघ–संस्था, सामाजिक सञ्जाल, राजनीतिक अभिव्यक्तिहरू हुँदै आम जनमानसमा विस्तार गर्न खोजिँदैछ। यो प्रवृत्तिले मगर समुदायको मौलिक धार्मिक सांस्कृतिक संरचनामाथि गम्भीर हस्तक्षेप गर्दै आएको छ, जसले दीर्घकालमा सांस्कृतिक पहिचानको संकट निम्त्याउन सक्ने देखिन्छ। इतिहासको पुनर्लेखन होइन, यथार्थको सम्मान गरौं : मगरहरूको धार्मिक जीवनशैली प्राचीन कालदेखि नै कुनै संस्थागत धर्मको अनुकरणमा आधारित नभई प्रकृति, पुर्खा र आत्मिक विश्वाससँग सम्बन्धित स्वतन्त्र प्रणालीमा विकसित भएको हो। देवीदेवता, कुलपूजा, साम्दो, भुतपुर्वज, देउराली, ल्हो पद्धति, खाम र सामी संस्कारहरू मगर समुदायका आफ्नै...

सम्पादकीय : मगरातको सपना र नेतृत्वको चुनौती

- सन्जय सिन्जाली मगर नेपालको राजनीतिक इतिहासमा जब जब परिवर्तनका छालहरू उठे, मगर समुदाय सधैं अग्रपंक्तिमा थियो राणा शासनको अन्त्य, प्रजातान्त्रिक आन्दोलन, दश वर्षे सशस्त्र द्वन्द्व वा गणतन्त्र स्थापनासम्मका प्रत्येक मोडमा उनको भूमिका उल्लेखनीय रह्यो; तर ती योगदानका बाबजुद पनि मगरहरू राजनीतिक रूपमा आजसम्म एकजुट हुन नसक्नु विडम्बनापूर्ण तथ्य हो, जसको मूल कारण राजनीतिक बिखण्डन, साझा दृष्टिकोणको अभाव र नेतृत्वको दिशाहीनता हो, विभिन्न दलमा मगर नेताहरू भए पनि उनीहरू पार्टी सीमाभन्दा माथि उठेर समुदायको साझा हितका मुद्दा उठाउन असमर्थ छन्, जसका कारण भाषा, संस्कृति, शिक्षा, रोजगारी र प्रतिनिधित्वजस्ता मौलिक सवालहरू निरन्तर ओझेलमा परिरहेका छन्।  हजारौं मगर युवायुवती आज वैदेशिक रोजगारमा पलायन हुनुको कारण केवल आर्थिक हैन, स्वदेशमा सम्भावनाको संरचना नहुनु र राजनीतिक प्रतिनिधित्वको असक्षमता पनि हो। जबसम्म नीति निर्माण तहमा समुदायको आवाज पुग्दैन, तबसम्म राज्यका कार्यक्रम र योजनामा उनीहरूको सहभागिता सुनिश्चित हुँदैन।  थारू समुदायले राजनीतिक एकता प्रदर्शन गर्दै संविधानमा ‘थारुहट प्रदेश’को मागसहि...

पुस्तक समिक्षा ' आयो गोर्खाली '

- सञ्जय सिञ्जली मगर  टिम गुरुङ लेखकद्वारा लिखित 'आयो गोर्खाली' नेपालबाट जन्मिएका प्रख्यात योद्धा गोर्खाहरूको इतिहास, विरासत र प्रभावबारे विस्तृत जानकारीमूलक पुस्तक हो । यस विस्तृत आख्यानको माध्यमबाट गुरुङले गोर्खा पहिचानको सामाजिक राजनीतिक, सांस्कृतिक र ऐतिहासिक आयामहरूको अन्वेषण गरेका छन् र विश्वव्यापी सैन्य बलहरूमा विशेष गरी ब्रिटिश र भारतीय सेनामा उनीहरूको अद्वितीय योगदानमा जोड दिएका छन्। यस पुस्तकमा व्यक्तिगत कथा, ऐतिहासिक विश्लेषण र आज गोर्खा हुनुको अर्थ के हो भन्ने प्रतिबिम्बप्रस्तुत गरिएको छ । - ऐतिहासिक सन्दर्भ र उत्पत्ति गोर्खाहरूले आफ्नो जड हिमालयको भूपरिवेष्टित देश नेपालमा फेला पारेका छन्, जुन आफ्नो दुर्गम भूभाग र समृद्ध संस्कृतिको लागि चिनिन्छ। "गोर्खा" शब्दको उत्पत्ति गोरखा राज्यसँग जोडिएको छ, जुन १८ औं शताब्दीमा राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरणको सुरुवात गर्ने एक सानो राज्य हो। गोर्खाहरूले एङ्ग्लो-नेपाली युद्ध (१८१४-१८१६) को समयमा उनीहरूको उग्र युद्ध क्षमता र अदम्य भावनाको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरे, जहाँ उनीहरूले ब्रिटिश इस्ट...