Skip to main content

कविता : सिक्किमको सुन्दर प्रेमी

-सन्जय सिंजाली मगर

सिक्किमको त्यो सुन्दर परी,

हिमाल र बोटबिरुवा बीच बसेकी,

सक्छिन त्यो हरियालीमा रम्न,

हावामा छरिन्छ उनको मादक मुस्कान।

छालहरू बग्छन्, नदीले गीत गाऊँछ,

सिक्किमको त्यो सुरम्य फूलहरू सँग नाच्छिन्।

घामको किरणले उनलाई झल्काउँछ,

र उनले सिक्किमलाई सुन्दरता थप्छिन्।

वर्षा, हिमपात, र बदलिँदो मौसमसँग,

सधैं मुस्कुराउँछिन्, त्यो हिमालकी रानी।

हरेक मुटुमा बस्छिन् उनी,

सिक्किमकी अप्सरा, हाम्रो सिक्किमकी परी।

Comments