- सन्जय सिंजाली मगर
तिमीले रुवाए पछि,
यो मनले शान्ति छाएन,
तिम्रो सम्झनाले मात्रै ,
यो आँखा रसाईदिन्छ।
तिमीले बिर्सिए पछि,
जीवनले नयाँ मोड लियो,
तर हरेक पाइलामा तिम्रो यादहरु,
संगै हिड्ने साथी बनिरहयो।
तिम्रो मुस्कानले सजिएको त्यो दिन,
अझै पनि सपनाजस्तो लाग्छ,
तिमी नहुँदा यो मन औशिको रात झै लाग्छ
तिम्रै उपस्थितिको आसामा
म उही लाम कुरिरहेको हुन्छु ।

Comments