बिचरा को कुरा गर मसँग,जसले जीवनको बोझ बोक्यो,
जिन्दगीभर सपनाहरू खोज्यो,
तर साँच्चै कहिल्यै बाँच्न सकेन।
उसको आँखाले देखेका थुप्रै सपना,
जसले कहिल्यै आकार पाएनन्,
उसका पाइला जहिल्यै रोकिने,
जसले कहिल्यै आकार पाएनन्,
उसका पाइला जहिल्यै रोकिने,
र आकाशमा उड्न चाहने पखेटा थाकिए।
उसको घर जर्जर,
तर मन गहिरो थियो,
उसको हातले रगत बगायो,
तर जिन्दगीमा खुशी कहिल्यै चुम्न पाएन।
बिचरा को कुरा गर मसँग,
जसले युद्धको मैदानमा शान्ति खोज्यो,
जसले बाँच्नका लागि लडाइँ गर्यो,
तर सधैं मृत्यु उसको साथी बन्यो।
उसको कथा बिर्सिएको छ दुनियाँले,
तर उसको चिहानले सधैं चिच्याउँछ,
म पनि थिएँ यहाँ,
म पनि बाँच्न चाहन्थेँ।
अब भन्नू छ भने के ?
कि बिचरा को कुरा गर मसँग।
- सन्जय सिंजाली मगर
Comments