Skip to main content

Posts

कविता : लेकै चरि

- सन्जय सिंजाली मगर लालीगुराँस फुल्यो ढकमक्क लेकै भरि मन हरायो डाँडाकाँडो हेर्दै, एकान्त शून्यतासँग चौरी रमायो देउराली भिरपाखामा अचानक आयो याद, मनको गहिराइ सरी । देउरालीमा भेटिएका ती थोरै क्षणहरू अझै पनि ओसिला छन्, आहा कति मिठा ती दृष्टि क्षण मन भन्छ यहीँ बसौं, यो सौन्दर्यको हृदयभरि । सुँगुरेका ती फुलहरूजस्तै हाम्रा सपनाहरू पहाडी हावामा फर्फराउँछन्, अग्ला बाँसघारीभित्र कतै गुम्सिएका तिमीले भनेका शब्दहरू अझै गुञ्जिरहेझैँ लाग्छ । टाढै देउरालीको कुना कुना तिम्रो हाँसोले भरिएको अनुभव हुन्छ, त्यही हाँसोले मन रित्तिएको क्षणमा म फेरि बाँच्न थाल्छु स्मृतिका फूल टिप्दै । घामले छोएको हरियो पाखोमा तिमी र म, अनि त्यो मौनता ती पलहरूमा समय पनि रोकिएजस्तो थियो, जसले प्रेम, पीडा र सुन्दरतालाई एकसाथ पस्केको थियो । यहीँ कतै मन हरायो फेरि, चुपचाप हेर्दै लालीगुराँसको खिलखिलाहट, र सम्झँदैछु तिमी बिना पनि, तिमी सँगसँगै भएकाजस्तो ।

गित : जाले रुमाल

सन्जय सिंजाली मगर जाले रुमाल मायाको पिरती लायौ माया अन्जानमा के साह्रो जाले रुमाल लाउँछौ भने लगाउँ है माया जुग जाने पिरती  जाले रुमाल लाउँन माया भो जुगजाने पिरती छोड्यौ भने रुन पर्ला एकहोरी जाले रुमाल पाईन मैले तिमी भित्र त्यो माया के गरूँ हौ, छोडुँ कि अँगालुँ तिमीलाई साँचो माया गरेर जाले रुमाल लाजै लाग्यो यो लाफाको कुरा सुनेर लान्छौ भने आउँन है लिन रित पुराएर जाले रुमाल म आउनेछु है हिउँदे बिदामा यसपाली त रित पुर्याई चढाउछु डोलीमा जाले रुमाल

मूलकी एन् र सत्ताको राजनीति : ‘जार’

 सन्जय सिंजाली मगर चलचित्र जार एक सशक्त आयमूलक र ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र हो, जसले नेपाली समाजमा जातीय विभाजन र सत्ताको खेल कसरी चलाइएको थियो भन्ने कुरा  दर्साउँछ । जाहानीय राणा शासनको बेला राज्यले शक्ति र प्रभुत्व जोगाउन जातीय समुदायहरू  विशेषगरी (  मगर र गुरुङ )   भरदारको रूपमा प्रयोग गरेर आपसमा लडाउने रणनीति अपनाएको देखिन्छ। चलचित्रले यो सत्ता  नीतिका परिणाम स्वरूप जातीय समुदायहरूमा विश्वासको संकट, पहिचानको मेटामेट, र ऐक्यबद्धताको क्षय कसरी भयो भन्ने कुरालाई गहिरो रूपमा चित्रण गर्छ। ' मुलकी एन्' को भूमिकाले देखाउँछ कि सत्ता कसरी जनताको मनोविज्ञानमा प्रभाव पार्दै उनीहरूलाई प्रयोग  गरिरहेका छन् । यसैले जार केवल एउटा ऐतिहासिक कथा होइन, यो जातीय चेतना, पहिचान र सामाजिक न्यायको सवाल उठाउने महत्वपूर्ण चलचित्र हो।  यसलाई सशक्त रूपमा उजागर गर्न इन्दु बहादुर राईले महत्वपूर्ण योगदान दिएका छन्।

रम्भा गाउँपालिका–५ ताहुमा तीन दिने अख्खालिपी प्रशिक्षण

  संजय सिञ्जाली मगर पाल्पा जिल्लाको रम्भा गाउँपालिका–५ ताहुमा २१, २२ र २३ गते मगर भाषा अख्खालिपी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। रम्भा गाउँपालिकाको आर्थिक सहयोगमा मगरात जोङ संस्थाद्वारा आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रममा मगर भाषा तथा लिपिको प्रयोग र संरक्षणबारे प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रमको समापनपछि मगर ढुट भाषा सिकाइसम्बन्धी अन्तरक्रिया पनि आयोजित गरिएको थियो। अन्तरक्रियाका क्रममा वक्ताहरूले मगर समुदायको संस्कार, संस्कृति र परम्परा जोगाउनुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूले मगर जनसंख्या उल्लेखनीय भए तापनि सामुदायिक चेतना कमजोर रहेको टिप्पणी गरे। गाउँपालिका उपाध्यक्ष राधा कुमारी श्रेष्ठले मगर भाषा संरक्षण आवश्यक रहेको उल्लेख गर्दै विद्यालयहरूमा मगर भाषाको पाठ्यक्रम पुर्‍याउने र भाषा सिकाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, मगरात जोङ संस्थाका अध्यक्षले मगर समुदाय व्यक्तिगत स्वार्थमा लागेको र समष्टिगत हितप्रति बेवास्ता गरेको आरोप लगाउँदै, अब राजनीतिक दलको पछाडि नलागी आफ्नो भाषा, संस्कार र संस्कृति जोगाउन जुट्नुपर्ने विचार राख्नुभयो...

कविता : लाहुरेको माया

-सन्जय सिंजाली मगर सुदूर देशमा बसे पनि, मन भने यहीँ छ। पहाडको हावा, घरको आँगन, मायाको झझल्को सँगै छ। हुलाकको चिठीमा लेखेको तिर्थयात्रा जस्तै हुन्छ माया। सन्देश बोक्ने बादल भै आकाशमा उडिरहन्छ चाहना। सपना सम्झेर म मुस्कुराउँछु, तिमी सम्झेर आँसु झर्छ। लाहुरे जीवनको यो कथा, तिम्रो  लागि समर्पण गर्छु ।

कविता : बिचरा को कुरा गर मसँग ?

बिचरा को कुरा गर मसँग, जसले जीवनको बोझ बोक्यो, जिन्दगीभर सपनाहरू खोज्यो, तर साँच्चै कहिल्यै बाँच्न सकेन। उसको आँखाले देखेका थुप्रै सपना, जसले कहिल्यै आकार पाएनन्, उसका पाइला जहिल्यै रोकिने, र आकाशमा उड्न चाहने पखेटा थाकिए। उसको घर जर्जर, तर मन गहिरो थियो, उसको हातले रगत बगायो, तर जिन्दगीमा खुशी कहिल्यै चुम्न पाएन। बिचरा को कुरा गर मसँग, जसले युद्धको मैदानमा शान्ति खोज्यो, जसले बाँच्नका लागि लडाइँ गर्‍यो, तर सधैं मृत्यु उसको साथी बन्यो। उसको कथा बिर्सिएको छ दुनियाँले, तर उसको चिहानले सधैं चिच्याउँछ, म पनि थिएँ यहाँ, म पनि बाँच्न चाहन्थेँ। अब भन्नू छ भने के ? कि बिचरा को कुरा गर मसँग।  - सन्जय सिंजाली मगर

पुस्तक समिक्षा ' आयो गोर्खाली '

- सञ्जय सिञ्जली मगर  टिम गुरुङ लेखकद्वारा लिखित 'आयो गोर्खाली' नेपालबाट जन्मिएका प्रख्यात योद्धा गोर्खाहरूको इतिहास, विरासत र प्रभावबारे विस्तृत जानकारीमूलक पुस्तक हो । यस विस्तृत आख्यानको माध्यमबाट गुरुङले गोर्खा पहिचानको सामाजिक राजनीतिक, सांस्कृतिक र ऐतिहासिक आयामहरूको अन्वेषण गरेका छन् र विश्वव्यापी सैन्य बलहरूमा विशेष गरी ब्रिटिश र भारतीय सेनामा उनीहरूको अद्वितीय योगदानमा जोड दिएका छन्। यस पुस्तकमा व्यक्तिगत कथा, ऐतिहासिक विश्लेषण र आज गोर्खा हुनुको अर्थ के हो भन्ने प्रतिबिम्बप्रस्तुत गरिएको छ । - ऐतिहासिक सन्दर्भ र उत्पत्ति गोर्खाहरूले आफ्नो जड हिमालयको भूपरिवेष्टित देश नेपालमा फेला पारेका छन्, जुन आफ्नो दुर्गम भूभाग र समृद्ध संस्कृतिको लागि चिनिन्छ। "गोर्खा" शब्दको उत्पत्ति गोरखा राज्यसँग जोडिएको छ, जुन १८ औं शताब्दीमा राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरणको सुरुवात गर्ने एक सानो राज्य हो। गोर्खाहरूले एङ्ग्लो-नेपाली युद्ध (१८१४-१८१६) को समयमा उनीहरूको उग्र युद्ध क्षमता र अदम्य भावनाको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरे, जहाँ उनीहरूले ब्रिटिश इस्ट...