Skip to main content

Posts

कविता : दिलसरा ( Call of Love )

सन्जय सिंजाली मगर ए दिलसरा, कता हो बाटो–बाटो ? भेना यता छ, तिमी उता, आउ न, गफ गरौँ पिरटीको । दिलसरा मुसुक्क हाँस्छे, भुतुक्क हुँदै पछौरीले मुख छोप्छे, लट्पटिँदै भेनाको छायाँमा आउँछे "छि ! यो भेना त, कति जानेको गम्न !" "हौ झोर्लाङ साली, भेना त अलिअलि जिस्केको पो त ! साली देखेपछि त मन नै च्याटच्याट हुन्छ । यो कुरकुर बैँसा त्यसै जाने भो, के र सालीज्यू ? मन गम्छ भने - आउ है !" "जान्न हो जान्न, भेना - म त डाक्टर बनेर मात्रै जान्छु !" "हैन नि साली, डाक्टर बनेर के गर्छेस् ? तँलाई त चिया पाउरोटी बेचेरै धाउँ दिन्छ !" "भेना, म त डाक्टर बन्ने हो फुपूको बुढेसकालको साहारा पो त !" भेना खित्का हाँस्दै भन्छ "कति जाँटी छ मेरी साली ! अर्को साल तँलाई लिन आम्छु है, छिट्टै !" पर्खि बस् ।

पर्वते भाषा नजान्दा खेप्नु परेको पीडा : " मेषी दण्ड "

सन्जय सिंजाली मगर मेषी दण्डको अध्ययन सकेपछि मनमा अनेक कुरा उब्जिन थाले। मनभित्र रहेका केही भ्रमहरू हटाउने प्रयास गरें। तर, थाहा हुँदाहुँदै पनि ती भ्रमकै पछि लागिरहेँ। यो कस्तो लत हो ? सामाजिक परिवेशमा बसेपछि समाजका सबै रीतिरिवाजहरू स्वीकार गर्नुपर्ने बाध्यता देखिन्छ। हिन्दू धर्मले थिचेको परिवेश र संस्कारले गिजोलेको समाज कस्ता थिए ? र तिनीहरू कस्ता हुनु पर्थ्यो ?  विज्ञानले समेत स्वीकार गर्यो’ भनेर भ्रम फैलाउनेहरू आजसम्म आधुनिक युगतर्फ किन उन्मुख हुन सकेनन् भन्ने विषयमा बहस र मन्थन नहुनु स्वयंमा एक रोचक विषय बनेको छ  ? यसको पछाडि कुनै गम्भीर कारण त छैन ? यस्तै प्रश्नहरूले यो चिन्तनलाई मलजल गरेका छन्। विचारहरू घुम्न थाल्छन् र मस्तिष्कले पनि मुटुको चालजस्तै भसभस धुन बजाउन थाल्छ। अब एकछिन खालिङ राईहरूलाई मेषी दण्डीत भएर भोग्नुपरेको पीडाबारे छोटो चर्चा गरौं। खालिङ थर राई जातिको एक उपथर हो, जुन आदिवासी जनजातिमा सूचीकृत छ। यी विशेषगरी पूर्वी पहाडी भेगका राम्चा गाउँमा बहुल रूपमा बसोबास थियो । उनीहरूको आफ्नै भाषा, धर्म, संस्कार र संस्कृति छन्, जसले उनीहरूलाई आफ्नै पहिचानमा सुरक्षित ब...

कविता : लेकै चरि

- सन्जय सिंजाली मगर लालीगुराँस फुल्यो ढकमक्क लेकै भरि मन हरायो डाँडाकाँडो हेर्दै, एकान्त शून्यतासँग चौरी रमायो देउराली भिरपाखामा अचानक आयो याद, मनको गहिराइ सरी । देउरालीमा भेटिएका ती थोरै क्षणहरू अझै पनि ओसिला छन्, आहा कति मिठा ती दृष्टि क्षण मन भन्छ यहीँ बसौं, यो सौन्दर्यको हृदयभरि । सुँगुरेका ती फुलहरूजस्तै हाम्रा सपनाहरू पहाडी हावामा फर्फराउँछन्, अग्ला बाँसघारीभित्र कतै गुम्सिएका तिमीले भनेका शब्दहरू अझै गुञ्जिरहेझैँ लाग्छ । टाढै देउरालीको कुना कुना तिम्रो हाँसोले भरिएको अनुभव हुन्छ, त्यही हाँसोले मन रित्तिएको क्षणमा म फेरि बाँच्न थाल्छु स्मृतिका फूल टिप्दै । घामले छोएको हरियो पाखोमा तिमी र म, अनि त्यो मौनता ती पलहरूमा समय पनि रोकिएजस्तो थियो, जसले प्रेम, पीडा र सुन्दरतालाई एकसाथ पस्केको थियो । यहीँ कतै मन हरायो फेरि, चुपचाप हेर्दै लालीगुराँसको खिलखिलाहट, र सम्झँदैछु तिमी बिना पनि, तिमी सँगसँगै भएकाजस्तो ।

गित : जाले रुमाल

सन्जय सिंजाली मगर जाले रुमाल मायाको पिरती लायौ माया अन्जानमा के साह्रो जाले रुमाल लाउँछौ भने लगाउँ है माया जुग जाने पिरती  जाले रुमाल लाउँन माया भो जुगजाने पिरती छोड्यौ भने रुन पर्ला एकहोरी जाले रुमाल पाईन मैले तिमी भित्र त्यो माया के गरूँ हौ, छोडुँ कि अँगालुँ तिमीलाई साँचो माया गरेर जाले रुमाल लाजै लाग्यो यो लाफाको कुरा सुनेर लान्छौ भने आउँन है लिन रित पुराएर जाले रुमाल म आउनेछु है हिउँदे बिदामा यसपाली त रित पुर्याई चढाउछु डोलीमा जाले रुमाल

मूलकी एन् र सत्ताको राजनीति : ‘जार’

 सन्जय सिंजाली मगर चलचित्र जार एक सशक्त आयमूलक र ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र हो, जसले नेपाली समाजमा जातीय विभाजन र सत्ताको खेल कसरी चलाइएको थियो भन्ने कुरा  दर्साउँछ । जाहानीय राणा शासनको बेला राज्यले शक्ति र प्रभुत्व जोगाउन जातीय समुदायहरू  विशेषगरी (  मगर र गुरुङ )   भरदारको रूपमा प्रयोग गरेर आपसमा लडाउने रणनीति अपनाएको देखिन्छ। चलचित्रले यो सत्ता  नीतिका परिणाम स्वरूप जातीय समुदायहरूमा विश्वासको संकट, पहिचानको मेटामेट, र ऐक्यबद्धताको क्षय कसरी भयो भन्ने कुरालाई गहिरो रूपमा चित्रण गर्छ। ' मुलकी एन्' को भूमिकाले देखाउँछ कि सत्ता कसरी जनताको मनोविज्ञानमा प्रभाव पार्दै उनीहरूलाई प्रयोग  गरिरहेका छन् । यसैले जार केवल एउटा ऐतिहासिक कथा होइन, यो जातीय चेतना, पहिचान र सामाजिक न्यायको सवाल उठाउने महत्वपूर्ण चलचित्र हो।  यसलाई सशक्त रूपमा उजागर गर्न इन्दु बहादुर राईले महत्वपूर्ण योगदान दिएका छन्।

रम्भा गाउँपालिका–५ ताहुमा तीन दिने अख्खालिपी प्रशिक्षण

  संजय सिञ्जाली मगर पाल्पा जिल्लाको रम्भा गाउँपालिका–५ ताहुमा २१, २२ र २३ गते मगर भाषा अख्खालिपी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। रम्भा गाउँपालिकाको आर्थिक सहयोगमा मगरात जोङ संस्थाद्वारा आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रममा मगर भाषा तथा लिपिको प्रयोग र संरक्षणबारे प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रमको समापनपछि मगर ढुट भाषा सिकाइसम्बन्धी अन्तरक्रिया पनि आयोजित गरिएको थियो। अन्तरक्रियाका क्रममा वक्ताहरूले मगर समुदायको संस्कार, संस्कृति र परम्परा जोगाउनुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूले मगर जनसंख्या उल्लेखनीय भए तापनि सामुदायिक चेतना कमजोर रहेको टिप्पणी गरे। गाउँपालिका उपाध्यक्ष राधा कुमारी श्रेष्ठले मगर भाषा संरक्षण आवश्यक रहेको उल्लेख गर्दै विद्यालयहरूमा मगर भाषाको पाठ्यक्रम पुर्‍याउने र भाषा सिकाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, मगरात जोङ संस्थाका अध्यक्षले मगर समुदाय व्यक्तिगत स्वार्थमा लागेको र समष्टिगत हितप्रति बेवास्ता गरेको आरोप लगाउँदै, अब राजनीतिक दलको पछाडि नलागी आफ्नो भाषा, संस्कार र संस्कृति जोगाउन जुट्नुपर्ने विचार राख्नुभयो...

कविता : लाहुरेको माया

-सन्जय सिंजाली मगर सुदूर देशमा बसे पनि, मन भने यहीँ छ। पहाडको हावा, घरको आँगन, मायाको झझल्को सँगै छ। हुलाकको चिठीमा लेखेको तिर्थयात्रा जस्तै हुन्छ माया। सन्देश बोक्ने बादल भै आकाशमा उडिरहन्छ चाहना। सपना सम्झेर म मुस्कुराउँछु, तिमी सम्झेर आँसु झर्छ। लाहुरे जीवनको यो कथा, तिम्रो  लागि समर्पण गर्छु ।