Skip to main content

Posts

कविता : मुकुम्लुङको शिर झुक्दा निःशब्द छु

- लाङ्घाली लाफा ( सन्जय ) म मौन छु, निःशब्द बनेर, मुकुम्लुङको शिर झुकाउँदै, तिम्रा स्मृतिहरू सँगाल्दै, मनको कुना-चौतारा समेट्दै। अतितका ती गन्धहरूले भरिएको, यही मौन, तिम्रो प्रतीक्षामा छ, नयाँ सपनाहरू बोक्दै, नवीन आशाका उज्यालाहरू खोज्दै। सम्झनाको धुवाँलो बिचमा, हिँडिरहेछु तिम्रा पाइला खोज्दै, भाषाहीन प्रेमको स्वर बनेर, सुनाइरहेछु मौनतामा गीतहरू। म मौन छु आज, तर शब्दहरू बहिरहेछन् मबाट, मुकुम्लुङको शिर झुक्दा, तिम्रो माया सँगै, मेरो अस्तित्व हराउँदै। मलाई बचाउँ ! मेरा अस्तित्वहरु बचाउँ, नत्र म हराएर जाने छु ।

कविता : टुटेको दिल

-सन्जय सिंजाली मगर खोजेर कहाँ ल्याउँ हराएको माया बिगतका अथाह प्रसाब कहाँ समेटु  प्रिय, तिमी ढड्किने मुटुको डिलमा फेरी अडिन आउँनु त्यो घायल मुटलाई पुनारंगमन गर्नु छ । तिमी नै थियौ मेरो उज्यालो बिहानी, तर आज छायामा डुबेको छु म भुल्न खोज्छु झन् पूराना याद तर भावनाले सकिन । सपना पनि अब त केवल दु:खका साक्षी भए, टुटेको यो दिल कहिले जुड्ला, थाहा छैन् ।

कविता : चखेवाको प्रेम

 -सन्जय सिंजाली मगर चखेवाको प्रेममा न छ दूरी न त छ कुनै डर, सानो तालमा डुबेर रम्ने, जस्तो आशक्ति, त्यस्तै असर। चाखेरको जोडी सधैँ संगै, बिस्तारै भेटी हेराउँछन् नजर, संसारले देखोस् नदेखोस्, सिर्जिन्छ उनीहरूकै नयाँ सफर।

कविता : बैगुनीको माया

-सन्जय सिंजाली मगर बैगुनीको माया, तीता मिठा याद , बिर्सन खोज्दा पनि, आउँछ त्यो मोरीको झझल्को , मनको कुनामा अझै बाँकी छ ती पुराना सम्झनाको झरीमा निथ्रुक्क रुझेको । थाहा थियो, उसको माया बैगुनी थियो, तर कति सपनाहरु, उसैसँगै हरायो, सम्झनाको डोरीले तानिरहन्छ, अल्झिएको यो मन, उसैको बाटो खोजिरहन्छ।

कविता : बलिहाङ पर्व

  -समर शर्मा घिमिरे सम्झना छ भन भन भाई हो भैलीनिको  याद आउँछ बत्ती र त्यो झिलिमिलीको  अरु पर्व त त्यस्तै हो, बत्तीको यो पर्व  रातो र चिप्लो बाटो भन्दै  लाग्छ गर्व । विचित्रको चाडपर्व हाम्रो भाइलाई बाँध्ने दिदीबहिनीबाट  चरा, चौपायलाई पुज्ने हामी, बुझ्ने हामी रक्षा उनीबाट  खेल्दै नखेल्ने पनि पुग्छन् कौडा र पासाको जुवामा मेटाउँछन् पिर चिन्ता द्वेष , जोड्ने भाइचारा आशामा । अझ धेरै आउँछ याद बालापनको देउसुरेको  जम्मा गरेका ती दान हामीले, जान्थ्यो वनभोजको सम्झना छ भन भन भाइ हो भैलेनीको  याद आउँछ बत्ती र त्यो झिलिमिलीको ।

राष्ट्रिय जनमुक्ति पार्टीको बिधानलाई स्मरण गर्दै ।

राष्ट्रिय जनमुक्ति पार्टी नेपालमा सन् १९९० को दशकमा स्थापित एउटा प्रमुख दल हो जसले जनजाति, आदिवासी, महिला र पिछडिएका समुदायहरूको अधिकारका लागि आवाज उठाउँदै आएको छ। यो पार्टीले समावेशी लोकतन्त्र, सामाजिक न्याय, र संघीय शासन व्यवस्थाको पक्षमा जोड दिन्छ। यसको राजनीतिक सिद्धान्तहरू प्रगतिशील समाजवाद, जनसमुदायको सशक्तीकरण, र भौगोलिक तथा जातीय विविधताको संरक्षणमा आधारित छन्। जनजाति समुदायहरू, विशेष गरी तमु ९गुरुङ० समुदायमा यसको व्यापक प्रभाव देखिन्छ। राष्ट्रिय जनमुक्ति पार्टीले नेपालको विविध सांस्कृतिक पहिचानलाई सशक्त पार्नुपर्ने कुरामा जोड दिएको छ। यसले नेपालको राजनीतिमा आदिवासी मुद्दाहरूको प्रतिनिधित्व गर्दै संविधान संशोधन, संघीय प्रणालीमा सुधार, तथा आत्मनिर्णयको अधिकारका पक्षमा आवाज उठाउँदै आएको छ। हालको अवस्थामा, पार्टीले सत्तामा भएको विकेन्द्रीकरणको पक्षमा बोल्दै स्थानीय तहहरूमा जनसमुदायको भूमिका बढाउनुपर्ने कुरामा जोड दिएको छ। अन्य प्रमुख दलहरूसँगको सहकार्य र आफ्नै जनताका अधिकारको संरक्षण तथा प्रगतिशील राजनीतिक दृष्टिकोणका कारण राष्ट्रिय जनमुक्ति पार्टी नेपालको राजनीतिक परिदृश्यमा एक व...

कविता : सिक्किमको सुन्दर प्रेमी

-सन्जय सिंजाली मगर सिक्किमको त्यो सुन्दर परी, हिमाल र बोटबिरुवा बीच बसेकी, सक्छिन त्यो हरियालीमा रम्न, हावामा छरिन्छ उनको मादक मुस्कान। छालहरू बग्छन्, नदीले गीत गाऊँछ, सिक्किमको त्यो सुरम्य फूलहरू सँग नाच्छिन्। घामको किरणले उनलाई झल्काउँछ, र उनले सिक्किमलाई सुन्दरता थप्छिन्। वर्षा, हिमपात, र बदलिँदो मौसमसँग, सधैं मुस्कुराउँछिन्, त्यो हिमालकी रानी। हरेक मुटुमा बस्छिन् उनी, सिक्किमकी अप्सरा, हाम्रो सिक्किमकी परी।