Skip to main content

Posts

ऐतिहासिक राष्ट्रिय दलित गोलमेच सम्मेलन, समावेशीताको खोजी र धार्मिक विद्रोहको चेतना

सन्जय सिंजाली मगर काठमाण्डौं - नेपालको समावेशी लोकतन्त्र, संघीयता र सामाजिक न्यायको अभ्यासको वास्तविक परीक्षण दलित समुदायको जीवनस्तरमा आएको परिवर्तनबाट मात्र सम्भव हुन्छ । यही यथार्थलाई आत्मसात् गर्दै आयोजित ऐतिहासिक राष्ट्रिय दलित गोलमेच सम्मेलनको मूल उद्देश्य भनेको राज्यसत्ता, समाज र नीति निर्माण प्रक्रियामा दलित समुदायको दिगो, समान र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै जातीय विभेद, सामाजिक बहिष्कार र शोषणको अन्त्य गर्ने स्पष्ट खाका तयार गर्नु हो । सम्मेलनले दलित समुदायले भोगिरहेको ऐतिहासिक उत्पीडन, अवसरबाट बहिष्कार र गरिबीको चक्रव्यूहको औपचारिक पहिचान गर्दै संवैधानिक, कानुनी र नीतिगत संरचनामा दलितको अधिकार आधारित उपस्थिति सुनिश्चित गर्न रणनीतिक संवादको थालनी मात्र होइन, सामाजिक न्यायप्रति राज्यको नैतिक उत्तरदायित्वसमेत जगाउने प्रयास गरेको छ । राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम र सरोकारवाला पक्षबीच ऐक्यबद्धता र साझा कार्यदिशा तय गर्दै दलित समुदायका माग, सपना र संकल्पलाई समग्र राष्ट्रिय एजेन्डाको केन्द्रमा स्थापित गर्ने यो सम्मेलन बौद्धिक, राजनीतिक र नैतिक प्रयासको प्...

संस्थागत पुनर्संरचना र बहुजातीय समावेशिता : नेपाल आदिवासी जनजाति चलचित्र महासंघको उत्तरदायित्व र सम्भावना

सन्जय सिंजाली मगर काठमाण्डौं - नेपालको विविध जातीय र सांस्कृतिक संरचनाभित्र कुनै पनि संस्थानको पुनर्संरचना र पुनरगमन प्रक्रियाले समावेशिताको मूल भाव बोकेर अघि बढ्नैपर्छ । यस सन्दर्भमा महासंघले सबै जातीय समुदायको सांस्कृतिक विरासत, परम्परा, भाषा, र जीवनशैलीलाई प्रतिनिधित्व गर्ने संरचना विकास गर्नु अत्यावश्यक हुन्छ । जातीय समूहहरू केवल सांस्कृतिक मौलिकताको वाहक मात्र होइनन्, उनीहरू सामाजिक रुपान्तरणका जीवित शक्ति पनि हुन् । संस्थागत प्रतिनिधित्वमा थारू, मगर, नेवार, लिम्बू, राई, गुरुङ, शेर्पा लगायतका समुदायको सहभागीता सुनिश्चित गर्नुले केवल संस्थाको लोकतान्त्रिक रूपलाई मजबुत बनाउँदैन, त्यो सामाजिक न्यायको ग्यारेन्टी पनि हुन्छ । त्यसैले महासंघले आन्तरिक कोटामा स्पष्टता ल्याई, साना तथा सीमान्तकृत जातजातिको सहभागिता र नेतृत्वलाई प्राथमिकता दिनुपर्छ । समावेशी प्रतिनिधित्वको सशक्तीकरण केवल संरचनागत मात्र होइन, कार्यगत तहमा समेत देखिनु आवश्यक छ । विविध जातीय समुदायका सदस्यहरू नीति निर्माण, कार्यक्रम संचालन, र बजेट वितरणको प्रत्येक तहमा सहभागी हुन सक्ने वातावरण सिर्जना गर्नुले संस्थाको कार्यक्षम...

नेवारीदेखि वेस्टर्न कल्चर फुडसम्म, नाङ्लो सेकुवा घरको विविध स्वाद

सन्जय सिंजाली मगर काठमाडौं, असार १ - चार वर्षअघि सामान्य सेकुवा पसलको रूपमा सुरु गरिएको “ नाङ्लो सेकुवा घर ” आज काठमाडौं उपत्यकामा स्वाद र सेवाको उत्कृष्ट संयोजनका कारण ब्राण्डको रूपमा स्थापित भइसकेको छ । नेपाली स्वादप्रेमीहरूको रोजाइमा पर्न सफल यस रेष्टुरेन्टले अब बफ, चिकेन, पोर्कदेखि ग्रिल फिस, ग्रिल चिकेन फिससम्मका विविध परिकार सहज मूल्यमा उपलब्ध गराउँदै आएको छ । सिर्फ सेकुवा मात्र होइन, यहाँ पिज्जा, बर्गर, सेन्डविच, बिर्यानीजस्ता आधुनिक खानाका विकल्प पनि छन्, जुन “कम्बो सेट” मार्फत ग्राहकले बढी स्वाद, कम मूल्यको अनुभव गर्न सक्नेछन् । नेपाली सांस्कृतिक स्वाद मन पराउने ग्राहकहरूका लागि भने “नेवारी खाजा सेट” विशेष आकर्षण बनेको छ । बारा, चटामुरी, सापु मिचा, गेडागुडी, अचार लगायतका परिकारहरू यहाँ अत्यन्तै सस्तो मूल्यमा पाइन्छन्, जसले परम्परागत स्वादलाई नयाँ पुस्तामा पुर्‍याउने उत्कृष्ट प्रयास गरिरहेको छ  । ग्राहकमैत्री सेवा विस्तारका क्रममै नाङ्लो सेकुवा घरले हाल २ किलोमिटर भित्रका ग्राहकलाई निःशुल्क होम डेलिभरी सेवा पनि सुरु गरेको छ, जसले घरमै बसी उच्च गुणस्तरको खाना स्वाद लिन सक्ने...

कविता : दिलसरा ( Call of Love )

सन्जय सिंजाली मगर ए दिलसरा, कता हो बाटो–बाटो ? भेना यता छ, तिमी उता, आउ न, गफ गरौँ पिरटीको । दिलसरा मुसुक्क हाँस्छे, भुतुक्क हुँदै पछौरीले मुख छोप्छे, लट्पटिँदै भेनाको छायाँमा आउँछे "छि ! यो भेना त, कति जानेको गम्न !" "हौ झोर्लाङ साली, भेना त अलिअलि जिस्केको पो त ! साली देखेपछि त मन नै च्याटच्याट हुन्छ । यो कुरकुर बैँसा त्यसै जाने भो, के र सालीज्यू ? मन गम्छ भने - आउ है !" "जान्न हो जान्न, भेना - म त डाक्टर बनेर मात्रै जान्छु !" "हैन नि साली, डाक्टर बनेर के गर्छेस् ? तँलाई त चिया पाउरोटी बेचेरै धाउँ दिन्छ !" "भेना, म त डाक्टर बन्ने हो फुपूको बुढेसकालको साहारा पो त !" भेना खित्का हाँस्दै भन्छ "कति जाँटी छ मेरी साली ! अर्को साल तँलाई लिन आम्छु है, छिट्टै !" पर्खि बस् ।

पर्वते भाषा नजान्दा खेप्नु परेको पीडा : " मेषी दण्ड "

सन्जय सिंजाली मगर मेषी दण्डको अध्ययन सकेपछि मनमा अनेक कुरा उब्जिन थाले। मनभित्र रहेका केही भ्रमहरू हटाउने प्रयास गरें। तर, थाहा हुँदाहुँदै पनि ती भ्रमकै पछि लागिरहेँ। यो कस्तो लत हो ? सामाजिक परिवेशमा बसेपछि समाजका सबै रीतिरिवाजहरू स्वीकार गर्नुपर्ने बाध्यता देखिन्छ। हिन्दू धर्मले थिचेको परिवेश र संस्कारले गिजोलेको समाज कस्ता थिए ? र तिनीहरू कस्ता हुनु पर्थ्यो ?  विज्ञानले समेत स्वीकार गर्यो’ भनेर भ्रम फैलाउनेहरू आजसम्म आधुनिक युगतर्फ किन उन्मुख हुन सकेनन् भन्ने विषयमा बहस र मन्थन नहुनु स्वयंमा एक रोचक विषय बनेको छ  ? यसको पछाडि कुनै गम्भीर कारण त छैन ? यस्तै प्रश्नहरूले यो चिन्तनलाई मलजल गरेका छन्। विचारहरू घुम्न थाल्छन् र मस्तिष्कले पनि मुटुको चालजस्तै भसभस धुन बजाउन थाल्छ। अब एकछिन खालिङ राईहरूलाई मेषी दण्डीत भएर भोग्नुपरेको पीडाबारे छोटो चर्चा गरौं। खालिङ थर राई जातिको एक उपथर हो, जुन आदिवासी जनजातिमा सूचीकृत छ। यी विशेषगरी पूर्वी पहाडी भेगका राम्चा गाउँमा बहुल रूपमा बसोबास थियो । उनीहरूको आफ्नै भाषा, धर्म, संस्कार र संस्कृति छन्, जसले उनीहरूलाई आफ्नै पहिचानमा सुरक्षित ब...

कविता : लेकै चरि

- सन्जय सिंजाली मगर लालीगुराँस फुल्यो ढकमक्क लेकै भरि मन हरायो डाँडाकाँडो हेर्दै, एकान्त शून्यतासँग चौरी रमायो देउराली भिरपाखामा अचानक आयो याद, मनको गहिराइ सरी । देउरालीमा भेटिएका ती थोरै क्षणहरू अझै पनि ओसिला छन्, आहा कति मिठा ती दृष्टि क्षण मन भन्छ यहीँ बसौं, यो सौन्दर्यको हृदयभरि । सुँगुरेका ती फुलहरूजस्तै हाम्रा सपनाहरू पहाडी हावामा फर्फराउँछन्, अग्ला बाँसघारीभित्र कतै गुम्सिएका तिमीले भनेका शब्दहरू अझै गुञ्जिरहेझैँ लाग्छ । टाढै देउरालीको कुना कुना तिम्रो हाँसोले भरिएको अनुभव हुन्छ, त्यही हाँसोले मन रित्तिएको क्षणमा म फेरि बाँच्न थाल्छु स्मृतिका फूल टिप्दै । घामले छोएको हरियो पाखोमा तिमी र म, अनि त्यो मौनता ती पलहरूमा समय पनि रोकिएजस्तो थियो, जसले प्रेम, पीडा र सुन्दरतालाई एकसाथ पस्केको थियो । यहीँ कतै मन हरायो फेरि, चुपचाप हेर्दै लालीगुराँसको खिलखिलाहट, र सम्झँदैछु तिमी बिना पनि, तिमी सँगसँगै भएकाजस्तो ।

गित : जाले रुमाल

सन्जय सिंजाली मगर जाले रुमाल मायाको पिरती लायौ माया अन्जानमा के साह्रो जाले रुमाल लाउँछौ भने लगाउँ है माया जुग जाने पिरती  जाले रुमाल लाउँन माया भो जुगजाने पिरती छोड्यौ भने रुन पर्ला एकहोरी जाले रुमाल पाईन मैले तिमी भित्र त्यो माया के गरूँ हौ, छोडुँ कि अँगालुँ तिमीलाई साँचो माया गरेर जाले रुमाल लाजै लाग्यो यो लाफाको कुरा सुनेर लान्छौ भने आउँन है लिन रित पुराएर जाले रुमाल म आउनेछु है हिउँदे बिदामा यसपाली त रित पुर्याई चढाउछु डोलीमा जाले रुमाल