Skip to main content

Posts

हेल्लो " जुगजाने माया " भन्छन्

आज हामीसंग एकजन चर्चित मगर्नी गायिका गेष्टको रुपमा सामेल हुनुहुन्छ । उहाँ संग छोटो कुराकानी गर्न गहिरहेका छौं । उहाँको घर गण्डीकी प्रदेश, पर्वत जिल्लामा अवस्थितमा पर्दछ । पर्वत जिल्ला बिगतमा असुबिधायुक्त ठाउँ मानिन्छ, जहाँ शिक्षा, स्रोत साधन, बिजुली एकदम न्यून रुपमा उपलब्ध हुनेगर्दथ्यो । आज पर्वत जिल्ला उच्चगतिमा बिकास हुने क्रममा छ । हो पर्वत जिल्ला बाट एकजना गायिका पार्वती थापा मगर संग संर्घष अनि सांगितिक यात्राको बिषय बस्तुमा केन्द्रित रहेर कुराकानी गर्नगईरहेको छौ । आउनुहोस् सरल समधुर र आत्मिय शैलि स्वभाव भएका पार्वती थापा संग जीवनका सफलता, असफलता र संघर्षका पाना पल्टाउ । हामी मानिसहरु जन्मन्छौ हुर्कन्छौ र हुर्कदै जाँदा अनेककौ सपनाहरु देख्छौ । गायिका पार्वती थापाले पनि बचपनदेखी ठुलो हुँदासम्ममा आफुले कयौ सपनाहरु देखको बताउछिन् । पर्वतको मोदी गाउपालिका ४ हलहलेमा जन्मीनु भएको पार्वती, उनि घरकि कान्छि छोरी हुन् । बचपनदेखी पढाईमा धेरै रुचि राख्ने उनि कक्षामा सधै पहिलो हुन्थिन् । राम्रो पढाइकै कारण गाउँमा उनलाई धेरैले पछि गएर शिक्षीका बन्नुपर्छ है भनेर भन्थे । तर पार्वतीलाई स्कुले जिवनमा...

रामेछाप मगर होटलको च्वास्स स्वादिलो पोर्क सेकुवा

बिगत २ बर्ष अघि सञ्चालनमा आएको रामेछाप मगर होटल निरन्तर चालु अवस्थामा छ । सुरुमा सानो लगानी बाट थालनी भएको रामेछाप होटल को २ वर्षको यात्रा पूरा गरिसकेको छ, अब छिट्टै ३ बर्षे यात्रा तय गर्दैछ । यो अवधिमा होटलले हजारौं नेपाली पाहुनाको न्यानो घर’ को भूमिका निर्वाह गरिसकेको छ । प्राय सबै खाले होटलको वर्गीकरण पर्यटन विभाग द्धारा हुने गर्दछ। तर रामेछाप होटल सञ्चालनमा आउँदा उद्योग विभागमा दर्ता भएको थियो,’ कम्पनीका सञ्चालकले बताउँनु हुन्छ,  पछि ‘नेपाल होटल संघसंस्थामा आबद्ध भएको पनि जानकारी दिनुभयो।’ खास गरि नेपाली समुदायको मौलिक पहिचान बोकेको परिकार पाक्ने यस होटलमा तारे होटल सरह स्वच्छ छरितो खाना, खाजा पस्किने गर्दछ । यस होटल सानो कटेज सरह देखिए पनि भित्रि आकार भने ठुलो र बिभिन्न किसिम्का बिरुवाको सझावटले स्वाच्छ बातवरणले आकर्षित गरिरहेकै हुन्छ, जहाँ हामीले सहज रुपमा खाना सँगै आनन्द लिन सकिन्छ । यो होटलको मुख्य बिशेषता भनेको सबै बर्गले खाना सकुन भनेर खोलिएको बताउँछन् सञ्चालक । यहाँ दैनिक जसो सयौं को हारहारीमा खानाखाजा खानेको घुईचो हुने गर्दछ । यस होटलमा आफ्नै समय तालिका छ जस्ले गर्दा ता...

एकदिने मगर कला, तथा चलचित्रकर्मीहरुको भेला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

मगर चलचित्र संघको आयोजनमा भेटघाट तथा समिक्षा कार्यक्रम नेपाल मगर संघ केन्द्रिय समितिको प्राङ्गणमा सम्पन्न भएको छ । बिगत , बर्तमान र भबिष्य हुने चलचित्र भित्रका गतिबिधीलाई नियालेर चौथो महाधिबेशनको पुर्व सन्ध्यामा कार्यक्रम आयोजन गरिएको हो।  बिशेष गरि अहिेले बजारमा मगर विषय वस्तुको फिल्म, नाटक र साहित्यको जस्ता मगर विषयवस्तुमा आधारित फिल्म, साहित्य र नाटकको स्थिति सुखद यात्रा गरिरहेको छ । घरज्वाईले ५१ दिन मनाइसक्दा, खुश्मा प्रर्दशनको तयार छ, दिलसरा सामुदायिक हलहरुमा प्रदर्शन भइरहेको छ, नाटक सोरठीले दर्शकको न्यानो माया पाइरहेको अवस्थामा, नविन घर्तिमगरले भर्खर सर्वोत्तम म्युजिक भिडियो सम्पादक अवार्ड प्राप्त गर्नुभएको छ । यस्तै साहित्यमा पनि मदन पुरस्कार छनोटमा भावेश भूमरीजीको भावलिपि उत्कृष्ट पाँचमा छनोट भएको थियो ।  यसरी मगर चलचित्र संघलाई अझै अध्ययन, अनुसन्धान र मेहनत प्रशस्त गर्नुपर्ने जिम्मेवारी थपिएको अवस्था छ । मगर चलचित्रकर्मी संघ र मगर चलचित्रकर्मीहरु ले अझै संगठित भएर योगदान दिनुको बिकल्प छैन । मगर भित्रका बौद्धिक सृष्टाहरु को प्रगति र चुनौति बारे बिशेष चर्चा र उनीहरु प्र...

मगरको प्राचीन ईतिहास

सन्जय सिंजाली मगर मगर समुदाय नेपालको एक प्रमुख आदिवासी जनजाति हो, जसको आफ्नै समृद्ध संस्कृति, भाषा, र परम्परा छ। मगर संस्कृति विशेषतः पहाडी क्षेत्रहरूमा बसोबास गर्ने मगर समुदायको सामाजिक, धार्मिक, र सांस्कृतिक जीवनसँग सम्बन्धित छ। यो संस्कृति प्राकृतिक जीवनशैली, सरल जीवन र धार्मिक विश्वासमा आधारित छ। यहाँ मगर संस्कृतिबारे केही महत्वपूर्ण पक्षहरू उल्लेख गरिएका छन् । - भाषा र लिपि  मगरहरूको आफ्नै मगर भाषा छ, जसले तिब्बती/बर्मेली भाषासँग सम्बन्ध राख्छ। यद्यपि मगर भाषा विभिन्न क्षेत्रमा भिन्नतामा बोलिन्छ, प्रमुख तीन बोलीहरू  ढुट, खाम, काईके  हुन्। मगर भाषामा लेखनका लागि देवनागरी लिपिको प्रयोग गरिन्छ। - धार्मिक विश्वास । मगरहरूको धार्मिक जीवन मुख्य रूपमा प्राकृतिक पूजा र आफ्ना पूर्वजहरूको आदरमा आधारित छ। उनीहरू प्राचीन समयदेखि प्रकृतिको पूजा गर्ने  "बनज्यो " ( बनदेवी ) र " भूम्याले " ( पृथ्वी देवता ) जस्ता देवताहरूलाई मान्दै आएका छन्। मगर समुदायमा बुद्ध धर्म प्रति आस्था बढ्ने क्रम छ भने, हिन्दू धर्मको प्रभाव  कमै रहेको पाईन्छ । मगरहरू विभिन्न चाडपर्व मनाउँछन्, जसमध्य...

जनजाति र खपाङ्गीको सम्बन्ध : एकचर्चा

- सन्जय सिन्जाली मगर सन् २०१३/०४/२५ मा काठमाडौंमा भएको मोटरसाइकल दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेपछि अचेत गोरेबहादुर खपाङ्गी सन् २०१६/८/२७ मा खपाङ्गीको उपचारको क्रममा राजधानीको न्यूरो अस्पतालमा निधन भएको हो । २०५९ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भएका बेला राजाको हातबाट टीका थाप्नुलाई धेरैले खपाङ्गीको ‘टर्निङ पोइन्ट’ को रुपमा हेरे । शाही सरकारमा मन्त्री बनेका बेला खपाङ्गी राष्ट्रिय जनमुक्ति पार्टी ९ राजमुपा ० का महासचिव र मगर संघका अध्यक्ष थिए । तर मन्त्री भएयता भने दुवै संस्थासँग उनको सम्बन्ध चिसियो । लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकारमा मंन्त्री रहेकै बेला खपाङ्गी को नेतृत्वमा प्रजातान्त्रिक जनमुक्ति पार्टी जन्मभएको तर यो पार्टी ६ बर्ष पछि बिनासर्त राष्ट्रिय जनमुक्ति पार्टीमा बिलय गराइयो । अनि खपाङ्गी उक्त्त एकिकृत पार्टीको बरिष्ठ नेता हुनुभयो । राष्ट्रिय जनमुक्ति पार्टीको चौथो राष्ट्रिय महाधिबेशन २०६७ नवलपरासी मा खपाङ्गीले नेतृत्व लिन खोज्नु भयो । तर झिनो मतले एम।एस थापा संग पराजित हुनुभयो । त्यसपछि उहाँ फेरि पार्टी बाट क्रमश...

कविता : अब त उठ मगरजन

-सन्जय सिंजाली मगर उठ उठ मगरजन हो अब त उठ  आफ्नो भाषा, सँस्कृति, पहिचानलाई जोगाउँन  रितिरिवाज सँस्कृति, खन्की को छ धनी । लडे हिजो पुर्खाले अरुको साम्राज्य जोगाउँन बिरता र शाहसले बिश्व राष्ट्र हल्लाए  हिजो मगर सोझा थिए युद्धमोर्चमा होमीए आज मगर शिक्षित छ पूर्खाको निष्ठा जोगाउँन । यसरी हुन्न अब मगर दुई फ्याक भएर मगरको प्रतिष्ठा जोगाउन एकतामा बाधिएर जस्तो सुकै परिस्थितमा संगठित भई डट्नु छ, मिल्नु पर्छ अब मगर संगठित भएर । उठ उठ मगरजन हो अब त उठ  शिक्षितहरु कलम लिएर  बौद्धिकहरु राजनीतिक बिचार लिएर उठ ।

लघु कथा : ब्यापार संघर्ष

सन्जय सिंजाली मगर कृष्ण थापा, सानो गाउँमा जन्मिएका एक युवक, आफ्नो परिवारको आर्थिक अवस्थाले पिरोलिएका थिए। उनी किसान परिवारमा जन्मिएका थिए र सानैदेखि खेतबारीमा काम गर्नु उनको दिनचर्या थियो। तर, उनका आँखा धेरै टाढा थिए। उनलाई ठूला शहरको चहलपहल र जीवनमा केही ठूला कुरा गर्नुपर्ने सपनाहरू थिए। विद्यालयमा पढ्नका लागि पर्याप्त साधन थिएनन्, तर कृष्णले आफ्नो अध्ययनलाई कहिल्यै कमजोर बन्न दिएनन्। उनी साँझ खेतमा काम गर्थे र बिहान बिहान सबेरै उठेर विद्यालय जान्थे। साथीहरूले उनीमाथि हाँसे, गाउँलेहरूले उनलाई तिमीले के नै गर्न सक्छौ र भनेर खिसी गरे। तर, कृष्णको मनमा केही फरक योजना थियो। विद्यालय सकिएपछि उनी काठमाडौं जाने निर्णय गरे। घरमा कसैले उनलाई रोक्न चाहेनन्, तर सहयोग गर्ने कोही पनि थिएन। उनले आफ्नो सानो कोठरीमा रहेका केही सामानहरू बेचेर काठमाडौंका लागि यात्रा सुरु गरे। शहरमा उनले संघर्षको नयाँ आयाम भेटे रातभर जागिर, बिहान कलेज। कहिलेकाहीं खान नपाएर सुत्नुपर्थ्यो, तर उनले कहिल्यै हार मानेनन्। उनी हरेक सानोतिनो अवसरको खोजीमा रहन्थे। कहिलेकाहीं पैसाको अभावले गर्दा पुस्तक किन्न नसक्दा सार्वजनिक पुस्...