Skip to main content

Posts

धर्म होइन पहिचान संकट हो: मगर बौद्ध बनाउने प्रयासको रोचक प्रपञ्च

-संजय सिन्जाली मगर नेपालका आदिवासी जनजातिहरूमध्ये मगर समुदाय ऐतिहासिक, भाषिक, सांस्कृतिक र धार्मिक दृष्टिले विशिष्ट पहिचान बोकेको समूह हो। आफ्नै खाम ( शामानिक ) धर्म, प्रकृति र पूर्वजपूजामा आधारित जीवनशैली, मौलिक संस्कार, लोपोन्मुख भाषा, लिपि र परम्परागत ज्ञान बोकेको यो समुदायलाई पछिल्ला केही वर्षदेखि जबर्जस्ती बौद्ध धर्ममा सीमित गर्न खोजिने चलन देखा परेको छ। मगर धर्म भनेकै बौद्ध हो भन्ने एकपक्षीय र तथ्यविहीन दावीहरू विभिन्न संघ–संस्था, सामाजिक सञ्जाल, राजनीतिक अभिव्यक्तिहरू हुँदै आम जनमानसमा विस्तार गर्न खोजिँदैछ। यो प्रवृत्तिले मगर समुदायको मौलिक धार्मिक सांस्कृतिक संरचनामाथि गम्भीर हस्तक्षेप गर्दै आएको छ, जसले दीर्घकालमा सांस्कृतिक पहिचानको संकट निम्त्याउन सक्ने देखिन्छ। इतिहासको पुनर्लेखन होइन, यथार्थको सम्मान गरौं : मगरहरूको धार्मिक जीवनशैली प्राचीन कालदेखि नै कुनै संस्थागत धर्मको अनुकरणमा आधारित नभई प्रकृति, पुर्खा र आत्मिक विश्वाससँग सम्बन्धित स्वतन्त्र प्रणालीमा विकसित भएको हो। देवीदेवता, कुलपूजा, साम्दो, भुतपुर्वज, देउराली, ल्हो पद्धति, खाम र सामी संस्कारहरू मगर समुदायका आफ्नै...

सम्पादकीय : मगरातको सपना र नेतृत्वको चुनौती

- सन्जय सिन्जाली मगर नेपालको राजनीतिक इतिहासमा जब जब परिवर्तनका छालहरू उठे, मगर समुदाय सधैं अग्रपंक्तिमा थियो राणा शासनको अन्त्य, प्रजातान्त्रिक आन्दोलन, दश वर्षे सशस्त्र द्वन्द्व वा गणतन्त्र स्थापनासम्मका प्रत्येक मोडमा उनको भूमिका उल्लेखनीय रह्यो; तर ती योगदानका बाबजुद पनि मगरहरू राजनीतिक रूपमा आजसम्म एकजुट हुन नसक्नु विडम्बनापूर्ण तथ्य हो, जसको मूल कारण राजनीतिक बिखण्डन, साझा दृष्टिकोणको अभाव र नेतृत्वको दिशाहीनता हो, विभिन्न दलमा मगर नेताहरू भए पनि उनीहरू पार्टी सीमाभन्दा माथि उठेर समुदायको साझा हितका मुद्दा उठाउन असमर्थ छन्, जसका कारण भाषा, संस्कृति, शिक्षा, रोजगारी र प्रतिनिधित्वजस्ता मौलिक सवालहरू निरन्तर ओझेलमा परिरहेका छन्।  हजारौं मगर युवायुवती आज वैदेशिक रोजगारमा पलायन हुनुको कारण केवल आर्थिक हैन, स्वदेशमा सम्भावनाको संरचना नहुनु र राजनीतिक प्रतिनिधित्वको असक्षमता पनि हो। जबसम्म नीति निर्माण तहमा समुदायको आवाज पुग्दैन, तबसम्म राज्यका कार्यक्रम र योजनामा उनीहरूको सहभागिता सुनिश्चित हुँदैन।  थारू समुदायले राजनीतिक एकता प्रदर्शन गर्दै संविधानमा ‘थारुहट प्रदेश’को मागसहि...

ऐतिहासिक राष्ट्रिय दलित गोलमेच सम्मेलन, समावेशीताको खोजी र धार्मिक विद्रोहको चेतना

सन्जय सिंजाली मगर काठमाण्डौं - नेपालको समावेशी लोकतन्त्र, संघीयता र सामाजिक न्यायको अभ्यासको वास्तविक परीक्षण दलित समुदायको जीवनस्तरमा आएको परिवर्तनबाट मात्र सम्भव हुन्छ । यही यथार्थलाई आत्मसात् गर्दै आयोजित ऐतिहासिक राष्ट्रिय दलित गोलमेच सम्मेलनको मूल उद्देश्य भनेको राज्यसत्ता, समाज र नीति निर्माण प्रक्रियामा दलित समुदायको दिगो, समान र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै जातीय विभेद, सामाजिक बहिष्कार र शोषणको अन्त्य गर्ने स्पष्ट खाका तयार गर्नु हो । सम्मेलनले दलित समुदायले भोगिरहेको ऐतिहासिक उत्पीडन, अवसरबाट बहिष्कार र गरिबीको चक्रव्यूहको औपचारिक पहिचान गर्दै संवैधानिक, कानुनी र नीतिगत संरचनामा दलितको अधिकार आधारित उपस्थिति सुनिश्चित गर्न रणनीतिक संवादको थालनी मात्र होइन, सामाजिक न्यायप्रति राज्यको नैतिक उत्तरदायित्वसमेत जगाउने प्रयास गरेको छ । राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम र सरोकारवाला पक्षबीच ऐक्यबद्धता र साझा कार्यदिशा तय गर्दै दलित समुदायका माग, सपना र संकल्पलाई समग्र राष्ट्रिय एजेन्डाको केन्द्रमा स्थापित गर्ने यो सम्मेलन बौद्धिक, राजनीतिक र नैतिक प्रयासको प्...

संस्थागत पुनर्संरचना र बहुजातीय समावेशिता : नेपाल आदिवासी जनजाति चलचित्र महासंघको उत्तरदायित्व र सम्भावना

सन्जय सिंजाली मगर काठमाण्डौं - नेपालको विविध जातीय र सांस्कृतिक संरचनाभित्र कुनै पनि संस्थानको पुनर्संरचना र पुनरगमन प्रक्रियाले समावेशिताको मूल भाव बोकेर अघि बढ्नैपर्छ । यस सन्दर्भमा महासंघले सबै जातीय समुदायको सांस्कृतिक विरासत, परम्परा, भाषा, र जीवनशैलीलाई प्रतिनिधित्व गर्ने संरचना विकास गर्नु अत्यावश्यक हुन्छ । जातीय समूहहरू केवल सांस्कृतिक मौलिकताको वाहक मात्र होइनन्, उनीहरू सामाजिक रुपान्तरणका जीवित शक्ति पनि हुन् । संस्थागत प्रतिनिधित्वमा थारू, मगर, नेवार, लिम्बू, राई, गुरुङ, शेर्पा लगायतका समुदायको सहभागीता सुनिश्चित गर्नुले केवल संस्थाको लोकतान्त्रिक रूपलाई मजबुत बनाउँदैन, त्यो सामाजिक न्यायको ग्यारेन्टी पनि हुन्छ । त्यसैले महासंघले आन्तरिक कोटामा स्पष्टता ल्याई, साना तथा सीमान्तकृत जातजातिको सहभागिता र नेतृत्वलाई प्राथमिकता दिनुपर्छ । समावेशी प्रतिनिधित्वको सशक्तीकरण केवल संरचनागत मात्र होइन, कार्यगत तहमा समेत देखिनु आवश्यक छ । विविध जातीय समुदायका सदस्यहरू नीति निर्माण, कार्यक्रम संचालन, र बजेट वितरणको प्रत्येक तहमा सहभागी हुन सक्ने वातावरण सिर्जना गर्नुले संस्थाको कार्यक्षम...

नेवारीदेखि वेस्टर्न कल्चर फुडसम्म, नाङ्लो सेकुवा घरको विविध स्वाद

सन्जय सिंजाली मगर काठमाडौं, असार १ - चार वर्षअघि सामान्य सेकुवा पसलको रूपमा सुरु गरिएको “ नाङ्लो सेकुवा घर ” आज काठमाडौं उपत्यकामा स्वाद र सेवाको उत्कृष्ट संयोजनका कारण ब्राण्डको रूपमा स्थापित भइसकेको छ । नेपाली स्वादप्रेमीहरूको रोजाइमा पर्न सफल यस रेष्टुरेन्टले अब बफ, चिकेन, पोर्कदेखि ग्रिल फिस, ग्रिल चिकेन फिससम्मका विविध परिकार सहज मूल्यमा उपलब्ध गराउँदै आएको छ । सिर्फ सेकुवा मात्र होइन, यहाँ पिज्जा, बर्गर, सेन्डविच, बिर्यानीजस्ता आधुनिक खानाका विकल्प पनि छन्, जुन “कम्बो सेट” मार्फत ग्राहकले बढी स्वाद, कम मूल्यको अनुभव गर्न सक्नेछन् । नेपाली सांस्कृतिक स्वाद मन पराउने ग्राहकहरूका लागि भने “नेवारी खाजा सेट” विशेष आकर्षण बनेको छ । बारा, चटामुरी, सापु मिचा, गेडागुडी, अचार लगायतका परिकारहरू यहाँ अत्यन्तै सस्तो मूल्यमा पाइन्छन्, जसले परम्परागत स्वादलाई नयाँ पुस्तामा पुर्‍याउने उत्कृष्ट प्रयास गरिरहेको छ  । ग्राहकमैत्री सेवा विस्तारका क्रममै नाङ्लो सेकुवा घरले हाल २ किलोमिटर भित्रका ग्राहकलाई निःशुल्क होम डेलिभरी सेवा पनि सुरु गरेको छ, जसले घरमै बसी उच्च गुणस्तरको खाना स्वाद लिन सक्ने...

कविता : दिलसरा ( Call of Love )

सन्जय सिंजाली मगर ए दिलसरा, कता हो बाटो–बाटो ? भेना यता छ, तिमी उता, आउ न, गफ गरौँ पिरटीको । दिलसरा मुसुक्क हाँस्छे, भुतुक्क हुँदै पछौरीले मुख छोप्छे, लट्पटिँदै भेनाको छायाँमा आउँछे "छि ! यो भेना त, कति जानेको गम्न !" "हौ झोर्लाङ साली, भेना त अलिअलि जिस्केको पो त ! साली देखेपछि त मन नै च्याटच्याट हुन्छ । यो कुरकुर बैँसा त्यसै जाने भो, के र सालीज्यू ? मन गम्छ भने - आउ है !" "जान्न हो जान्न, भेना - म त डाक्टर बनेर मात्रै जान्छु !" "हैन नि साली, डाक्टर बनेर के गर्छेस् ? तँलाई त चिया पाउरोटी बेचेरै धाउँ दिन्छ !" "भेना, म त डाक्टर बन्ने हो फुपूको बुढेसकालको साहारा पो त !" भेना खित्का हाँस्दै भन्छ "कति जाँटी छ मेरी साली ! अर्को साल तँलाई लिन आम्छु है, छिट्टै !" पर्खि बस् ।

पर्वते भाषा नजान्दा खेप्नु परेको पीडा : " मेषी दण्ड "

सन्जय सिंजाली मगर मेषी दण्डको अध्ययन सकेपछि मनमा अनेक कुरा उब्जिन थाले। मनभित्र रहेका केही भ्रमहरू हटाउने प्रयास गरें। तर, थाहा हुँदाहुँदै पनि ती भ्रमकै पछि लागिरहेँ। यो कस्तो लत हो ? सामाजिक परिवेशमा बसेपछि समाजका सबै रीतिरिवाजहरू स्वीकार गर्नुपर्ने बाध्यता देखिन्छ। हिन्दू धर्मले थिचेको परिवेश र संस्कारले गिजोलेको समाज कस्ता थिए ? र तिनीहरू कस्ता हुनु पर्थ्यो ?  विज्ञानले समेत स्वीकार गर्यो’ भनेर भ्रम फैलाउनेहरू आजसम्म आधुनिक युगतर्फ किन उन्मुख हुन सकेनन् भन्ने विषयमा बहस र मन्थन नहुनु स्वयंमा एक रोचक विषय बनेको छ  ? यसको पछाडि कुनै गम्भीर कारण त छैन ? यस्तै प्रश्नहरूले यो चिन्तनलाई मलजल गरेका छन्। विचारहरू घुम्न थाल्छन् र मस्तिष्कले पनि मुटुको चालजस्तै भसभस धुन बजाउन थाल्छ। अब एकछिन खालिङ राईहरूलाई मेषी दण्डीत भएर भोग्नुपरेको पीडाबारे छोटो चर्चा गरौं। खालिङ थर राई जातिको एक उपथर हो, जुन आदिवासी जनजातिमा सूचीकृत छ। यी विशेषगरी पूर्वी पहाडी भेगका राम्चा गाउँमा बहुल रूपमा बसोबास थियो । उनीहरूको आफ्नै भाषा, धर्म, संस्कार र संस्कृति छन्, जसले उनीहरूलाई आफ्नै पहिचानमा सुरक्षित ब...

कविता : लेकै चरि

- सन्जय सिंजाली मगर लालीगुराँस फुल्यो ढकमक्क लेकै भरि मन हरायो डाँडाकाँडो हेर्दै, एकान्त शून्यतासँग चौरी रमायो देउराली भिरपाखामा अचानक आयो याद, मनको गहिराइ सरी । देउरालीमा भेटिएका ती थोरै क्षणहरू अझै पनि ओसिला छन्, आहा कति मिठा ती दृष्टि क्षण मन भन्छ यहीँ बसौं, यो सौन्दर्यको हृदयभरि । सुँगुरेका ती फुलहरूजस्तै हाम्रा सपनाहरू पहाडी हावामा फर्फराउँछन्, अग्ला बाँसघारीभित्र कतै गुम्सिएका तिमीले भनेका शब्दहरू अझै गुञ्जिरहेझैँ लाग्छ । टाढै देउरालीको कुना कुना तिम्रो हाँसोले भरिएको अनुभव हुन्छ, त्यही हाँसोले मन रित्तिएको क्षणमा म फेरि बाँच्न थाल्छु स्मृतिका फूल टिप्दै । घामले छोएको हरियो पाखोमा तिमी र म, अनि त्यो मौनता ती पलहरूमा समय पनि रोकिएजस्तो थियो, जसले प्रेम, पीडा र सुन्दरतालाई एकसाथ पस्केको थियो । यहीँ कतै मन हरायो फेरि, चुपचाप हेर्दै लालीगुराँसको खिलखिलाहट, र सम्झँदैछु तिमी बिना पनि, तिमी सँगसँगै भएकाजस्तो ।

गित : जाले रुमाल

सन्जय सिंजाली मगर जाले रुमाल मायाको पिरती लायौ माया अन्जानमा के साह्रो जाले रुमाल लाउँछौ भने लगाउँ है माया जुग जाने पिरती  जाले रुमाल लाउँन माया भो जुगजाने पिरती छोड्यौ भने रुन पर्ला एकहोरी जाले रुमाल पाईन मैले तिमी भित्र त्यो माया के गरूँ हौ, छोडुँ कि अँगालुँ तिमीलाई साँचो माया गरेर जाले रुमाल लाजै लाग्यो यो लाफाको कुरा सुनेर लान्छौ भने आउँन है लिन रित पुराएर जाले रुमाल म आउनेछु है हिउँदे बिदामा यसपाली त रित पुर्याई चढाउछु डोलीमा जाले रुमाल

मूलकी एन् र सत्ताको राजनीति : ‘जार’

 सन्जय सिंजाली मगर चलचित्र जार एक सशक्त आयमूलक र ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र हो, जसले नेपाली समाजमा जातीय विभाजन र सत्ताको खेल कसरी चलाइएको थियो भन्ने कुरा  दर्साउँछ । जाहानीय राणा शासनको बेला राज्यले शक्ति र प्रभुत्व जोगाउन जातीय समुदायहरू  विशेषगरी (  मगर र गुरुङ )   भरदारको रूपमा प्रयोग गरेर आपसमा लडाउने रणनीति अपनाएको देखिन्छ। चलचित्रले यो सत्ता  नीतिका परिणाम स्वरूप जातीय समुदायहरूमा विश्वासको संकट, पहिचानको मेटामेट, र ऐक्यबद्धताको क्षय कसरी भयो भन्ने कुरालाई गहिरो रूपमा चित्रण गर्छ। ' मुलकी एन्' को भूमिकाले देखाउँछ कि सत्ता कसरी जनताको मनोविज्ञानमा प्रभाव पार्दै उनीहरूलाई प्रयोग  गरिरहेका छन् । यसैले जार केवल एउटा ऐतिहासिक कथा होइन, यो जातीय चेतना, पहिचान र सामाजिक न्यायको सवाल उठाउने महत्वपूर्ण चलचित्र हो।  यसलाई सशक्त रूपमा उजागर गर्न इन्दु बहादुर राईले महत्वपूर्ण योगदान दिएका छन्।

रम्भा गाउँपालिका–५ ताहुमा तीन दिने अख्खालिपी प्रशिक्षण

  संजय सिञ्जाली मगर पाल्पा जिल्लाको रम्भा गाउँपालिका–५ ताहुमा २१, २२ र २३ गते मगर भाषा अख्खालिपी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। रम्भा गाउँपालिकाको आर्थिक सहयोगमा मगरात जोङ संस्थाद्वारा आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रममा मगर भाषा तथा लिपिको प्रयोग र संरक्षणबारे प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रमको समापनपछि मगर ढुट भाषा सिकाइसम्बन्धी अन्तरक्रिया पनि आयोजित गरिएको थियो। अन्तरक्रियाका क्रममा वक्ताहरूले मगर समुदायको संस्कार, संस्कृति र परम्परा जोगाउनुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूले मगर जनसंख्या उल्लेखनीय भए तापनि सामुदायिक चेतना कमजोर रहेको टिप्पणी गरे। गाउँपालिका उपाध्यक्ष राधा कुमारी श्रेष्ठले मगर भाषा संरक्षण आवश्यक रहेको उल्लेख गर्दै विद्यालयहरूमा मगर भाषाको पाठ्यक्रम पुर्‍याउने र भाषा सिकाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, मगरात जोङ संस्थाका अध्यक्षले मगर समुदाय व्यक्तिगत स्वार्थमा लागेको र समष्टिगत हितप्रति बेवास्ता गरेको आरोप लगाउँदै, अब राजनीतिक दलको पछाडि नलागी आफ्नो भाषा, संस्कार र संस्कृति जोगाउन जुट्नुपर्ने विचार राख्नुभयो...

कविता : लाहुरेको माया

-सन्जय सिंजाली मगर सुदूर देशमा बसे पनि, मन भने यहीँ छ। पहाडको हावा, घरको आँगन, मायाको झझल्को सँगै छ। हुलाकको चिठीमा लेखेको तिर्थयात्रा जस्तै हुन्छ माया। सन्देश बोक्ने बादल भै आकाशमा उडिरहन्छ चाहना। सपना सम्झेर म मुस्कुराउँछु, तिमी सम्झेर आँसु झर्छ। लाहुरे जीवनको यो कथा, तिम्रो  लागि समर्पण गर्छु ।

कविता : बिचरा को कुरा गर मसँग ?

बिचरा को कुरा गर मसँग, जसले जीवनको बोझ बोक्यो, जिन्दगीभर सपनाहरू खोज्यो, तर साँच्चै कहिल्यै बाँच्न सकेन। उसको आँखाले देखेका थुप्रै सपना, जसले कहिल्यै आकार पाएनन्, उसका पाइला जहिल्यै रोकिने, र आकाशमा उड्न चाहने पखेटा थाकिए। उसको घर जर्जर, तर मन गहिरो थियो, उसको हातले रगत बगायो, तर जिन्दगीमा खुशी कहिल्यै चुम्न पाएन। बिचरा को कुरा गर मसँग, जसले युद्धको मैदानमा शान्ति खोज्यो, जसले बाँच्नका लागि लडाइँ गर्‍यो, तर सधैं मृत्यु उसको साथी बन्यो। उसको कथा बिर्सिएको छ दुनियाँले, तर उसको चिहानले सधैं चिच्याउँछ, म पनि थिएँ यहाँ, म पनि बाँच्न चाहन्थेँ। अब भन्नू छ भने के ? कि बिचरा को कुरा गर मसँग।  - सन्जय सिंजाली मगर

पुस्तक समिक्षा ' आयो गोर्खाली '

- सञ्जय सिञ्जली मगर  टिम गुरुङ लेखकद्वारा लिखित 'आयो गोर्खाली' नेपालबाट जन्मिएका प्रख्यात योद्धा गोर्खाहरूको इतिहास, विरासत र प्रभावबारे विस्तृत जानकारीमूलक पुस्तक हो । यस विस्तृत आख्यानको माध्यमबाट गुरुङले गोर्खा पहिचानको सामाजिक राजनीतिक, सांस्कृतिक र ऐतिहासिक आयामहरूको अन्वेषण गरेका छन् र विश्वव्यापी सैन्य बलहरूमा विशेष गरी ब्रिटिश र भारतीय सेनामा उनीहरूको अद्वितीय योगदानमा जोड दिएका छन्। यस पुस्तकमा व्यक्तिगत कथा, ऐतिहासिक विश्लेषण र आज गोर्खा हुनुको अर्थ के हो भन्ने प्रतिबिम्बप्रस्तुत गरिएको छ । - ऐतिहासिक सन्दर्भ र उत्पत्ति गोर्खाहरूले आफ्नो जड हिमालयको भूपरिवेष्टित देश नेपालमा फेला पारेका छन्, जुन आफ्नो दुर्गम भूभाग र समृद्ध संस्कृतिको लागि चिनिन्छ। "गोर्खा" शब्दको उत्पत्ति गोरखा राज्यसँग जोडिएको छ, जुन १८ औं शताब्दीमा राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरणको सुरुवात गर्ने एक सानो राज्य हो। गोर्खाहरूले एङ्ग्लो-नेपाली युद्ध (१८१४-१८१६) को समयमा उनीहरूको उग्र युद्ध क्षमता र अदम्य भावनाको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरे, जहाँ उनीहरूले ब्रिटिश इस्ट...

कविता : जातिको सभ्यता नफेरिदेउँ

-सन्जय सिंजाली मगर हिजो सिन्धुबाट आएका हिन्दु मनुस्मृतिवादीहरू हो, जातजातिभित्र पर्ने मगर सभ्यतामा छिरेर मगरातको प्राकृत संगमस्थल ‘ रिडी’लाई ‘ रुरु’ भनी अपभ्रंश नगरिदेऊ। मगर जातिको आस्था रहेको सत्यवती थानलाई नाम मेटेर अन्याय नगरिदेऊ। किराँतीहरूको आस्थाको धरोहर मुकुम्लुङमाथि एकल जातिले निरन्तर प्रहार गरिरहेछ। त्यसैको फलस्वरूप हिजो– अस्ति काल्पनिक नाम ‘ पाथिभरा’ राखिएको छ। बिचार गर है, नश्लीय चिन्तन हो! विकासका नारा लगाएर राजनीति र छलछामको आडमा आज फेरि कुनै व्यापारीले मुकुम्लुङमा केबलकार परियोजना बनाउँदैछ रे! तर यसको प्रतिकारमा मटेयाग्रो खेलाएर विश्वयुद्ध लडेका किराँत जातिमाथि नबाझ। किराँती राई- लिम्बु जातिले नचाहेको दाबले छिनाएको भनेपछि छिनाइदिन्छन् रे!

कविता : आफन्तको मुखमा बुजो लाउन मन छ

-सन्जय सिंजाली मगर आफन्त भनिने ती आफ्नै कहाँ थिए, अझ पीरको भारी थप्नमै जुट्थे। सपना बुनेका ती आँखामा आँसु, सधैँ मेरो बाटो अन्धकारले लुट्थे। साँचो बोल्दा खपिन्थेन, दोषारोपण, सपना बताउँदा हाँसो हुन्थ्यो मन। सहारा दिने तिनले चोरिदिन्थे साथ, मनको बगैँचामा बिसाएर प्रभात। आफ्नै पीर भन्थे र, मेरो बुझ्थेनन्, दुख्दो छ यो मन, तर कसैलाई के। चिन्ता छ कि उनी, खुशी छन् कि छैनन्, मलाई उनीकै चिन्ता, उनीलाई के। मैले गल्ती गर्थें, विश्वास गर्थें, तर ती त मेरो भित्रैको चोट गर्थें। धेरै सहें, धेरै आँसुका बाढीमा, तैरिंदै बाँच्ने जुक्ति खोजें भित्रीमा। साँचो माया कति अपमान भयो होला, के सोच्थें, के भयो! जान्न नपाउँला। बुझाउन सकिनँ कि जीवनको बाटो, ती आफन्तहरूको गुम्यो परिपाटो। अब कोही पराजित ठानून् या नठानून्, मुखमा बुजो लाउँदै, मौनताको चिह्न। शब्दले नपुग्ने कुरा समयले भन्छ, साँचो प्रेमको मूल्य एक दिन बुझिन्छ। तर मनमा खल्लो छ, ती आफन्त हुन्, जसलाई चिसो नजरले हेर्नु कष्ट हो। तर अब बाँच्नुछ, आफूमा हराउँछु, मेरो मौनताले नै सबै कुरा सुनाउँछु।

' नेपालको राजनीतिक परिदृश्यले पारेको सामाजिक समस्या '

' प्राचीन मन्दिरहरू, सम्पदा स्थलहरू र स्मारकहरू, जुन देशको पहिचान र यसको पर्यटन उद्योग दुवैको लागि महत्त्वपूर्ण थिए, भग्नावशेषमा परिणत भए ' नेपाल अन्डर रुइन्स भन्नाले नेपालले सामना गर्नुपरेका भौतिक, राजनीतिक र सामाजिक–आर्थिक चुनौतीहरू, विशेषगरी २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका शासन र पुनस्र्थापनाका सङ्घर्षहरूलाई जनाउँछ । भूकम्पले ठूलो क्षति पु¥याएको, हजारौंको ज्यान लिएको, लाखौँ विस्थापित भएको र ऐतिहासिक स्थल तथा गाउँहरूलगायत महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त हुँदा देश अस्तव्यस्त भएको थियो। राजनीतिक अस्थिरता, पुनर्निर्माणको सुस्त प्रयास र व्यापक भ्रष्टाचारका कारण यो त्रासदी झनै चर्कियो, जसले गर्दा पुनस्र्थापनाको बाटो कठिन भयो। -सन्जय सिंजाली मगर अप्रभावकारी शासन व्यवस्था र अपर्याप्त अन्तर्राष्ट्रिय सहायता समन्वयका कारण नेपालको पुनरुत्थान सुस्त भएको छ । प्रारम्भिक विश्वव्यापी प्रतिक्रियाहरूले राहत प्रदान गरे तापनि दीर्घकालीन पुनरुत्थान परियोजनाहरूमा ढिलाइ भयो, जसले गर्दा धेरै परिवारहरू घरविहीन भए र शिक्षा, स्वास्थ्य सेवा र रोजगारीमा बाधा पुऱ्याउन संघर्ष गरिरहेका थिए। विशेष ...

मुकुम्लुङ क्षेत्रमा केबलकार निर्माण परियोजना नबन्नु उत्तम

-सन्जय सिंजाली मगर मुकुम्लुङ क्षेत्रमा केबलकार निर्माण गर्ने परियोजना निश्चित रूपमा त्यहाँको आदिवासी रैथाने जनजीवनमा प्रभाव पार्न सक्छ। यस विकास परियोजनाले उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक, र पर्यावरणीय सन्तुलनलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा असर पार्न हुँदा नबन्नु उत्तम हुन्छ । पहिलो कुरा, सामाजिक र सांस्कृतिक प्रभाव हेर्दा, केबलकार निर्माणले बाहिरी मानिसहरूको आउजाउलाई बढावा दिन्छ, जसका कारण स्थानीय संस्कृति र जीवनशैलीमा परिवर्तन आउन सक्छ। बाहिरी आगन्तुक र पर्यटकहरूका साथमा बाहिरी सांस्कृतिक मान्यताहरू पनि प्रवेश गर्ने सम्भावना हुन्छ, जसले आदिवासीहरूको मौलिक परम्परा र संस्कारलाई विस्थापित गर्न सक्छ। नयाँ पुस्ताले आफ्नो मौलिक सांस्कृतिक मूल्यलाई त्यागेर बाहिरी प्रभावलाई ग्रहण गर्ने सम्भावना रहन्छ। यसले समाजमा वैचारिक द्वन्द्वको स्थिति सिर्जना गर्न सक्ने सम्भावना पनि रहन्छ। आर्थिक प्रभावको सन्दर्भमा, केबलकारले केही हदसम्म रोजगारीका अवसरहरू सिर्जना गर्नेछ। आदिवासी र रैथाने समुदायका लागि नयाँ व्यवसाय र रोजगारीका सम्भावना हुन सक्छन्, विशेषगरी पर्यटन उद्योगमा। तर, यो अवसर मुख्यतः बाहि...

कविता : मुकुम्लुङको शिर झुक्दा निःशब्द छु

- लाङ्घाली लाफा ( सन्जय ) म मौन छु, निःशब्द बनेर, मुकुम्लुङको शिर झुकाउँदै, तिम्रा स्मृतिहरू सँगाल्दै, मनको कुना-चौतारा समेट्दै। अतितका ती गन्धहरूले भरिएको, यही मौन, तिम्रो प्रतीक्षामा छ, नयाँ सपनाहरू बोक्दै, नवीन आशाका उज्यालाहरू खोज्दै। सम्झनाको धुवाँलो बिचमा, हिँडिरहेछु तिम्रा पाइला खोज्दै, भाषाहीन प्रेमको स्वर बनेर, सुनाइरहेछु मौनतामा गीतहरू। म मौन छु आज, तर शब्दहरू बहिरहेछन् मबाट, मुकुम्लुङको शिर झुक्दा, तिम्रो माया सँगै, मेरो अस्तित्व हराउँदै। मलाई बचाउँ ! मेरा अस्तित्वहरु बचाउँ, नत्र म हराएर जाने छु ।

कविता : टुटेको दिल

-सन्जय सिंजाली मगर खोजेर कहाँ ल्याउँ हराएको माया बिगतका अथाह प्रसाब कहाँ समेटु  प्रिय, तिमी ढड्किने मुटुको डिलमा फेरी अडिन आउँनु त्यो घायल मुटलाई पुनारंगमन गर्नु छ । तिमी नै थियौ मेरो उज्यालो बिहानी, तर आज छायामा डुबेको छु म भुल्न खोज्छु झन् पूराना याद तर भावनाले सकिन । सपना पनि अब त केवल दु:खका साक्षी भए, टुटेको यो दिल कहिले जुड्ला, थाहा छैन् ।